सीधै सामग्रीमा जाने

बाइबलले विवाह नगरी सँगै बस्नेबारे के भन्छ?

बाइबलले विवाह नगरी सँगै बस्नेबारे के भन्छ?

बाइबलको जवाफ

मानिसहरू “अवैध यौनसम्बन्धबाट अलग” रहेको परमेश्‍वर चाहनुहुन्छ भनी बाइबल बताउँछ। (१ थिस्सलोनिकी ४:३) बाइबलमा प्रयोग गरिएको “अवैध यौनसम्बन्ध” भन्‍ने अभिव्यक्‍तिमा पति वा पत्नीबाहेक अरूसित राखिने यौनसम्बन्ध, समलिङ्‌गी यौनसम्बन्ध र विवाह नगरेका पुरुष र स्त्रीबीच राखिने यौनसम्बन्ध पनि समावेश छ।

 कुनै पुरुष र स्त्री रोमान्टिक सम्बन्ध गाँस्न र सँगै बस्न चाहन्छन्‌ भने तिनीहरूले विवाह गरेको परमेश्‍वर किन चाहनुहुन्छ?

  • विवाहको सुरुवात परमेश्‍वरले गर्नुभएको हो। पहिलो मानव जोडी सृष्टि गर्नुहुँदा उहाँले विवाहको सुरुवात गर्नुभयो। (उत्पत्ति २:२२-२४) विवाह गर्ने उद्देश्‍य नै नराखी पुरुष र स्त्री सँगै बसेको परमेश्‍वर चाहनुहुन्‍नथ्यो।

  • मानिसको लागि सबैभन्दा उत्तम कुरा के हो भनी परमेश्‍वरलाई थाह छ। विवाह पुरुष र स्त्रीबीचको स्थायी बन्धन होस्‌ र परिवारको सबै सदस्यको भलाइ र सुरक्षा होस्‌ भनेर उहाँले विवाहको सुरुवात गर्नुभएको थियो। एउटा सरल उदाहरण विचार गर्नुहोस्‌। कम्पनीले तयार पारेको निर्देशिकाले कुनै सामानको पार्टपुर्जा कसरी जोड्‌ने भनेर बुझ्न मदत गरेझैँ परमेश्‍वरले दिनुहुने निर्देशनले पारिवारिक सम्बन्ध कसरी सुखमय बनाउने भनेर बुझ्न मदत गर्छ। परमेश्‍वरका स्तरहरू पालन गर्ने व्यक्‍तिले सधैँ त्यसबाट लाभ उठाउँछन्‌।—यसैया ४८:१७, १८.

    कम्पनीले तयार पारेको निर्देशिकाले कुनै सामानको पार्टपुर्जा कसरी जोड्‌ने भनेर बुझ्न मदत गर्छ। परमेश्‍वरले दिनुहुने निर्देशनले पारिवारिक सम्बन्ध कसरी सुखमय बनाउने भनेर बुझ्न मदत गर्छ

  • विवाहअघि नै यौनसम्बन्ध राख्दा गम्भीर समस्याहरू निम्तिन सक्छ। जस्तै, नचाहँदा नचाहँदै गर्भ बस्न सक्छ, यौनजन्य रोग लाग्न सक्छ र भावनात्मक पीडा भोग्नुपर्ने हुन सक्छ।

  • परमेश्‍वरले यौनद्वारा पुरुष र स्त्रीलाई छोराछोरी जन्माउने क्षमता दिनुभयो। परमेश्‍वर जीवनलाई पवित्र ठान्‍नुहुन्छ र छोराछोरी जन्माउने क्षमता उहाँले दिनुभएको अनमोल उपहार हो। विवाहलाई आदरणीय ठानेर परमेश्‍वरले दिनुभएको यो उपहारको हामीले कदर गरेको उहाँ चाहनुहुन्छ।—हिब्रू १३:४.

 मिलेर बस्न सकिन्छ कि सकिँदैन भनी जाँच्न विवाह नगरी सँगै बस्नेबारे के भन्‍न सकिन्छ?

वैवाहिक जीवन सुखमय बनाउन विवाह नै नगरी केही समय सँगै बसेर एकअर्कालाई जाँच्नुपर्छ भन्‍ने छैन। बरु त्यसको लागि दुवै जना एकअर्काप्रति वचनबद्ध हुनुपर्छ र कुनै पनि समस्यामाथि जित हासिल गर्न मिलेर काम गर्ने सङ्‌कल्प गर्नुपर्छ। त्यस्तो वचनबद्धतालाई विवाहले अझ बलियो बनाउँछ।—मत्ति १९:६.

 दम्पतीहरूले आफ्नो वैवाहिक सम्बन्धलाई कसरी बलियो बनाउन सक्छन्‌?

सबैको वैवाहिक सम्बन्धमा कहिलेकाहीँ समस्या आउन सक्छ। तर बाइबलको सल्लाह लागू गऱ्‍यो भने दम्पतीहरूले वैवाहिक जीवन सुखमय बनाउन सक्छन्‌। केही सल्लाह विचार गर्नुहोस्‌: