सीधै सामग्रीमा जाने

के परमेश्‍वरको नजरमा बहुविवाह स्वीकार्य छ?

के परमेश्‍वरको नजरमा बहुविवाह स्वीकार्य छ?

बाइबलको जवाफ

 परमेश्‍वरले केही समयको लागि बहुविवाह गर्ने चलन रहिरहन दिनुभएको थियो। (उत्पत्ति ४:१९; १६:१-४; २९:१८–२९) तर यो चलन परमेश्‍वरले सुरु गर्नुभएको थिएन। उहाँले आदमको लागि एक जना मात्र पत्नी दिनुभएको थियो।

 विवाहसम्बन्धी यो स्तर परिवर्तन भएको छैन भनेर मानिसहरूलाई बुझाउन यहोवाले येशूलाई अख्तियार दिनुभयो। (यूहन्‍ना ८:२८) विवाहबारे सोधिएको प्रश्‍नको जवाफमा येशूले यसो भन्‍नुभयो, “जसले मानिस सृष्टि गर्नुभयो, उहाँले सुरुदेखि नै नर र नारी बनाउनुभयो र भन्‍नुभयो: ‘यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌नेछ अनि आफ्नी पत्नीसित बस्नेछ र ती दुई एउटै शरीर हुनेछन्‌।’”—मत्ती १९:४, ५.

 येशूका एक जना चेलाले परमेश्‍वरको प्रेरणा पाएर यस्तो लेखे: “हरेक पुरुषको आफ्नै पत्नी अनि हरेक स्त्रीको आफ्नै पति होस्‌।” (१ कोरिन्थी ७:२) विवाहित पुरुष ख्रीष्टियन मण्डलीमा विशेष जिम्मेवारी पाउन चाहन्छन्‌ भने तिनी “एकै जना स्त्रीको पति” हुनुपर्छ भनेर पनि बाइबलमा बताइएको छ।—१ तिमोथी ३:२, १२.