सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

“ती नै कुराहरूको विचार गरिरहो”

“ती नै कुराहरूको विचार गरिरहो”

कस्ता कुराहरूको? फिलिप्पी ४:८ मा सत्य, गम्भीरतासाथ ध्यान दिन लायकका, असल, चोखा, प्रेम गर्न योग्यका, राम्रो नाम कमाएका, सद्‌गुण भएका र प्रशंसायोग्य कुराहरूको विचार गर्न भनिएको छ। पक्कै पनि ख्रिष्टियनहरूले चौबीसै घण्टा बाइबलआधारित कुराहरूबारे मात्रै सोच्नुपर्छ भन्‍ने छैन। तर हामी जे सोच्छौँ, त्यो यहोवालाई खुसी बनाउने किसिमको हुनुपर्छ। उहाँप्रति वफादार रहने हाम्रो सङ्‌कल्पलाई कमजोर बनाउने कुराहरूबारे हामीले सोच्नु हुँदैन।—भज १९:१४.

खराब विचारहरूदेखि जोगिनु चुनौतीपूर्ण छ। हामी आफ्नो त्रुटिपूर्ण झुकावसित मात्र होइन, “यस युगको ईश्‍वर” सैतानले ल्याउने प्रलोभनहरूसित पनि लड्‌नुपर्छ। (२को ४:४) सैतानले यस संसारको सञ्चार माध्यमलाई आफ्नो इशारामा नचाइरहेको छ। त्यसैले टेलिभिजन, रेडियो, इन्टरनेट र पत्रपत्रिकामा दिइने प्रायजसो जानकारी पतित हुन्छ। आफ्नो दिमागमा के भर्ने भनी राम्ररी छानेनौँ भने हाम्रो सोचाइ भ्रष्ट हुन्छ र त्यसले हाम्रो व्यवहारमा पनि असर गर्छ।—या १:१४, १५.

अवफादार बनाउने कुराहरूलाई त्याग्नुहोस्‌—अनुचित मनोरञ्जन भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • भिडियोमा देखाइएका भाइले फोनमा के हेरिरहेका थिए र त्यसले तिनलाई कस्तो असर गरिरहेको थियो?

  • तिनलाई गलाती ६:७, ८भजन ११९:३७ ले कस्तो मदत गऱ्‍यो?