“हामी हरेस खाँदैनौँ”
कल्पना गर्नुहोस्, एउटा पुरानो घरमा दुई परिवार बहालमा बस्छन्। यस्तो घरमा जीवन बिताउनु परेकोले एउटा परिवार दुःखी छ। तर अचम्मको कुरा, अर्को परिवार भने आनन्दित छ। किन? किनभने तिनीहरू चाँडै आफ्नो नयाँ र सुन्दर घरमा सर्नेछन्।
“सारा सृष्टि अहिलेसम्म एकसाथ सुस्केरा हाल्दै पीडाले छटपटाइरहेको” भए तापनि परमेश्वरका सेवकहरूलाई भने एउटा आशाले सम्हालिरहेको छ। (रोमी ८:२२) हामीले अहिले भोगिरहेको दुःखकष्ट होस् या दशकौँदेखि भोग्दै आएको दुःखकष्ट, परमेश्वरले ल्याउनुहुने नयाँ संसारमा हामीले पाउने अनन्त जीवनको तुलनामा ती दुःखकष्ट “क्षणिक र हलुका” लाग्नेछन्। भविष्यमा परमेश्वरको राज्यमा पाइने असल कुराहरूमा ध्यान केन्द्रित गर्दा हामीले हरेस खानेछैनौँ बरु आनन्दित भइरहन सक्नेछौँ।