मानिसको डरको पासोमा नपर्नुहोस्
प्रेषितहरू किन मानिसको डरको पासोमा परे?
-
तिनीहरू अतिविश्वस्त भए। पत्रुसले त आफू येशूप्रति अरू प्रेषितहरूभन्दा पनि वफादार रहनेछु भन्ने सोचेका थिए
-
तिनीहरू जागा रहेनन् र प्रार्थना गरेनन्
येशू पुनर्जीवित हुनुभएपछि पश्चात्तापी प्रेषितहरूलाई मानिसको डरको पासोमा नपर्न र विरोधको बाबजुद प्रचार गर्न केले मदत गऱ्यो?
-
तिनीहरूले येशूको चेतावनीलाई आफ्नो मनमा राखे, यसले गर्दा तिनीहरू विरोध र सतावटको लागि तयार रहन सके
-
तिनीहरू यहोवामा भर परे र प्रार्थना गरे।—प्रे ४:२४, २९
हामीले कस्ता अवस्थाहरूमा साहस देखाउनुपर्ने हुन सक्छ?