ख्रीष्टियन जीवन
योनाको किताबबाट सिक्न सकिने पाठ
हामीलाई महत्त्वपूर्ण पाठ सिकाउन यहोवाले बाइबलमा वफादार पुरुष र स्त्रीको जीवनी साँचेर राख्नुभएको छ। (रोमी १५:४) तपाईंले योनाको किताबबाट कस्तो पाठ सिक्नुभयो? पारिवारिक उपासना: योना—यहोवाको कृपाबाट पाठ सिक्ने भिडियो हेर्नुहोस् र निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
भिडियोमा देखाइएका तीन जना प्रकाशकले कस्ता चुनौतीहरूको सामना गरे?
-
हामीले अनुशासन पाउँदा अथवा सेवाको सुअवसर गुमाउँदा योनाको किताबबाट कस्तो मदत पाउन सक्छौं? (१श १६:७; योना ३:१, २)
-
हाम्रो इलाकाका मानिसहरूप्रति सकारात्मक दृष्टिकोण राख्न योनाको विवरणले कसरी मदत गर्छ? (योना ४:११; मत्ती ५:७)
-
दीर्घकालीन रोगको सामना गर्नुपर्दा योनाको उदाहरणबाट कस्तो सान्त्वना पाउन सक्छौं? (योना २:१, २, ७, ९)
-
बाइबल पढाइ र मननको महत्त्वबारे यस भिडियोबाट के सिक्नुभयो?