सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

एलिपजले जसरी सान्त्वना नदिनुहोस्‌

एलिपजले जसरी सान्त्वना नदिनुहोस्‌

मानिसहरूले परमेश्‍वरलाई कुनै पनि हालतमा प्रसन्‍न बनाउन सक्दैनन्‌ भनेर एलिपजले अय्युबलाई बताए (अयु १५:१४-१६; w०५ ९/१५ पृ. २६ अनु. ४-५)

एलिपजले अय्युब दुष्ट भएकोले दुःख भोगिरहेका छन्‌ भन्‍न खोजे (अयु १५:२०)

एलिपजको कुराबाट अय्युबले कुनै सान्त्वना पाएनन्‌ (अयु १६:१, २)

एलिपजले अय्युबलाई भनेको कुरा झूटो थियो। यहोवाको सेवा गर्न हामीले गरेको प्रयासको उहाँ मोल गर्नुहुन्छ। (भज १४९:४) धर्मी मानिसले पनि दुःखकष्ट झेल्नुपर्ने हुन सक्छ।—भज ३४:१९.

मननका लागि: हामी कसरी ‘निराश भएकाहरूसित सान्त्वनादायी कुरा’ गर्न सक्छौँ?—१थि ५:१४; w१५ २/१५ पृ. ९ अनु. १६.