ख्रीष्टियन जीवन
यहोवाको प्रतिज्ञामा तपाईंको विश्वास कत्तिको बलियो छ?
यहोवाले गर्नुभएको प्रतिज्ञा एउटा पनि विफल भएको छैन भनी यहोशू र सुलेमानले बताए। (यहो २३:१४; १रा ८:५६) यी दुई जना भरपर्दा साक्षीहरूले दिएको प्रमाणले हामीलाई आफ्नो विश्वास बलियो बनाउन मदत गर्छ।—२को १३:१; ती १:२.
यहोशूको पालामा यहोवाले आफ्नो प्रतिज्ञा कसरी पूरा गर्नुभयो? परिवारसँग मिलेर “एउटा कुरा पनि फरक परेको छैन” भन्ने भिडियो हेर्नुहोस्। त्यसपछि निम्न प्रश्नहरूबारे विचार गर्नुहोस्: (१) तपाईं राहाबको विश्वास कसरी अनुकरण गर्न सक्नुहुन्छ? (हिब्रू ११:३१; या २:२४-२६) (२) जानाजानी आज्ञा उल्लङ्घन गर्दा त्यसले विनाश निम्त्याउँछ भन्ने कुरा आकानको उदाहरणले कसरी देखाउँछ? (३) गिबोनीहरू वीर योद्धा भए तापनि यहोशूलाई ढाँटेर किन इस्राएलीहरूसित शान्ति सम्झौता गरे? (४) पाँच जना एमोरी राजाहरूले इस्राएललाई धम्क्याउँदा यहोवाले बोल्नुभएको कुरा कसरी पूरा भयो? (यहो १०:५-१४) (५) यहोवाको राज्य र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिंदा तपाईंले उहाँबाट कस्तो आशिष् पाउनुभएको छ?—मत्ती ६:३३.
यहोवाले विगतमा गर्नुभएको, अहिले गरिरहनु भएको अनि भविष्यमा गर्नुहुने कुराहरूमा मनन गर्दा उहाँले गर्नुभएको प्रतिज्ञामाथि हाम्रो विश्वास अझै बलियो हुन्छ।—रोमी ८:३१, ३२.
के यहोशूको जस्तै तपाईंको विश्वास बलियो छ?