सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | लूका ८-९

मेरो पछि लाग—यो आज्ञा पालन गर्नुमा के समावेश छ?

मेरो पछि लाग—यो आज्ञा पालन गर्नुमा के समावेश छ?

९:६२

खेत जोत्दा सीधा-सीधा लहर बनाउने हो भने खेतालाले पछाडि फर्केर हेर्नु हुँदैन किनकि त्यसो गर्दा तिनको ध्यान बिथोलिन सक्छ। त्यसैगरि, ख्रीष्टियनहरू पनि आफूले त्यागेर आएका संसारका कुराहरू सम्झेर अलमलिनु हुँदैन।—फिलि ३:१३.

गाह्रो अवस्था आइपर्दा, आफूले सत्य सिक्नुअघिका दिनहरू कत्ति राम्रा थिए भन्‍ने भावना सजिलै आउन सक्छ। त्यसरी पहिलेका दिनहरू सम्झँदा हामी अक्सर आफूले अनुभव गरेका राम्रा-राम्रा कुराहरूको बढाइचढाइ गर्छौँ तर समस्याहरू भने खासै सम्झँदैनौँ। मिश्र छोडेर आएका इस्राएलीहरूको सन्दर्भमा पनि यही कुरा लागू भएको थियो। (गन्ती ११:५, ६) यदि हामी त्यस्तै सोचाइ मनमा खेलाएर बस्छौँ भने पुरानै जीवनशैलीतर्फ फर्कने सम्भावना धेरै हुन्छ। त्यसैले आफूले अहिले पाइरहेको र भविष्यमा परमेश्‍वरको राज्यअन्तर्गत पाउने आशिष्‌हरूबारे मनन गर्नु बेस हो।—२को ४:१६-१८.