सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अगस्त २५-३१

हितोपदेश २८

अगस्त २५-३१

गीत १५० र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. दुष्ट र धर्मीबीचको भिन्‍नता

(१० मि.)

दुष्ट डरपोक हुन्छ तर धर्मी आँटिलो हुन्छ (हित २८:१; w९३-E ५/१५ पृ. २६ अनु. २)

दुष्ट सही निर्णयमा पुग्न सक्दैन तर धर्मीले भने सही निर्णय गर्न सक्छ (हित २८:५; w९७ ३/१५ पृ. १३ अनु. ५)

दुष्ट मानिस धनी भए पनि उसको कुनै मोल हुँदैन तर धर्मी मानिस गरिब भए पनि यहोवाको नजरमा अनमोल हुन्छ (हित २८:६; it-1-E पृ. १२११ अनु. ४)

२. बहुमूल्य रत्न

(१० मि.)

  • हित २८:१४—यस पदमा कस्तो चेतावनी पाइन्छ? (w०१ १२/१ पृ. ११ अनु. ३)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। युद्ध र हिंसा अन्त हुनेबारे बताउनुहोस्‌। (lmd पाठ ५ बुँदा ५)

५. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। युद्ध र हिंसा अन्त हुनेबारे बताउनुहोस्‌। (lmd पाठ ५ बुँदा ४)

६. कुराकानी थाल्नुहोस्‌

(२ मि.) सार्वजनिक साक्षीकार्य। युद्ध र हिंसा अन्त हुनेबारे बताउनुहोस्‌। (lmd पाठ १ बुँदा ४)

७. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। युद्ध र हिंसा अन्त हुनेबारे बताउनुहोस्‌। (lmd पाठ २ बुँदा ४)

ख्रिष्टियन जीवन

गीत ११२

८. के तपाईँ हिंसालाई घृणा गर्नुहुन्छ?

(६ मि.) छलफल।

हिंसाको सुरुवात सैतानले गरेको हो। त्यसकारण येसुले त्यसलाई “हत्यारा” भन्‍नुभयो। (युह ८:४४) स्वर्गदूतहरूले सैतानलाई त्यसको विद्रोहमा साथ दिएपछि हिंसा यत्ति चर्किन थाल्यो कि परमेश्‍वरको नजरमा पृथ्वी भ्रष्ट भयो। (उत्प ६:११) हिंसाले भरिएको सैतानको संसारको अन्त नजिकिँदै जाँदा मानिसहरू झन्‌झन्‌ निष्ठुर र असंयमित भइरहेका छन्‌।—२ति ३:१, ३.

भजन ११:५ पढ्‌नुहोस्‌ त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • हत्याहिंसा मन पराउनेलाई यहोवा कस्तो ठान्‍नुहुन्छ र किन?

  • कुनै-कुनै लोकप्रिय खेलकुद र मनोरञ्जनबाट मानिसहरू हिंसा मन पराउँछन्‌ भनेर कसरी देखिन्छ?

हितोपदेश २२:२४, २५ पढ्‌नुहोस्‌ त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • हामीले छान्‍ने मनोरञ्जन र साथीसङ्‌गतले हिंसाप्रतिको हाम्रो दृष्टिकोणलाई कसरी असर गर्छ?

  • हामीले छान्‍ने मनोरञ्जनबाट हामी हिंसा मन पराउने व्यक्‍ति हौँ भनेर कसरी देखिन्छ?

९. सेप्टेम्बर महिनामा विशेष अभियान

(९ मि.)

सेवा निरीक्षकद्वारा भाषण। अभियानको लागि उत्सुकता जगाउनुहोस्‌ र स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्‌।

शान्ति सधैँलाई! (२०२२ अधिवेशनको गीत) भिडियो देखाउनुहोस्‌

१०. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ १२-१३

समापन टिप्पणी (३ मि.) | गीत ११३ र प्रार्थना