ख्रिष्टियन जीवन
प्रेम साँचो ख्रिष्टियनहरूको चिनारी हो—हामीबीचको अमूल्य एकता जोगाउनुहोस्
यसो गर्नु किन महत्त्वपूर्ण छ: आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात येसुले आफ्ना चेलाहरू “पूर्णतया एकतामा होऊन्” भनेर प्रार्थना गर्नुभयो। (युह १७:२३) एकतामा रहनको लागि हामीले प्रेम देखाउनै पर्छ, जसले “खराबीको हिसाब राख्दैन।”—१को १३:५.
हामी कसरी यसो गर्न सक्छौँ?
-
अरूमा राम्रो कुरा खोजेर यहोवाको अनुकरण गर्नुहोस्
-
खुला मनले क्षमा दिनुहोस्
-
मतभेद सुल्झिसकेपछि त्यो कुरा फेरि नकोट्ट्याउनुहोस्।—हित १७:९
‘आपसमा प्रेम गर्नुहोस्’—खराबीको हिसाब नराख्नुहोस् भन्ने भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
-
भिडियोको पहिलो भागमा, हेलेन बहिनीले ‘खराबीको हिसाब राखेको’ कसरी देखाइन्?
-
भिडियोको दोस्रो भागमा, हेलेन बहिनीले कसरी नकारात्मक सोचाइ हटाइन् र सकारात्मक मनोवृत्ति देखाइन्?
-
हेलेन बहिनीले कसरी मण्डलीको एकतामा योगदान पुऱ्याइन्?