गीत ९१
प्रेमले उत्प्रेरित भई गरेको मेहनत
-
१. आजको दिन हे याह;
प्रार्थना गर्छौँ मनदेखि।
दियौ अनुमोदन र सम्मान,
प्रशस्तै गरी!
मेहनतमाथि हाम्रो
बर्सियो है आशिष् तिम्रो।
बन्यो सुन्दर भवन हातले यो,
प्रमाण आशिष्को।
(कोरस)
सुअवसर हो याह यो हाम्रो,
सक्यौँ बनाउन भवन यो।
गरिरहन सकौँ सेवा जीवनभरि,
महिमा गरौँ याह तिम्रो।
-
२. खुसी छन् सबै आज,
प्यारा साथीमाझ हुँदा!
सधैँ सम्झनेछौँ यो क्षणलाई,
भुल्दैनौँ कैल्यै!
एक भै काम गर्न सक्यौँ
तिम्रो शक्तिले गर्दा नै।
भयो तिम्रो नामको महिमा,
इनाम यै हाम्रो।
(कोरस)
सुअवसर हो याह यो हाम्रो,
सक्यौँ बनाउन भवन यो।
गरिरहन सकौँ सेवा जीवनभरि,
महिमा गरौँ याह तिम्रो।
(भज. ११६:१; १४७:१; रोमी १५:६ पनि हेर्नुहोस्)