गीत ८
यहोवा हाम्रो शरण
(भजन ९१)
-
१. यहोवा हाम्रो शरण,
ईश्वर भरोसाको।
उनैको छायामुनि
निवास सदा हाम्रो।
गर्छौँ भरोसा याहको:
गर्छन् रक्षा वफादारको।
यहोवा हाम्रो किल्ला,
वफादार अनि छन् सच्चा।
-
२. हजारौँ ढले पनि
हाम्रो दायाँ बायाँ;
वफादार जनहरूलाई
जोगाउँछन् यहोवा।
छुनेछैन विपत्तिले
किन डराउनु र हामी।
फिँजाई ती पखेटा
गर्नेछन् रक्षा हामीलाई।
-
३. पासो छ बाटोभरि;
छ त्रास राती पनि;
दिनमा काँड चले पनि;
जोगाउँछन् यहोवा।
डर त्रास हुनेछैन केही,
ढुक्क भै हिँड्छौँ जाँ पनि।
यहोवा हाम्रो शरण,
हाम्रो रक्षा गर्छन् सदा।
(भज. ९७:१०; १२१:३, ५; यसै. ५२:१२ पनि हेर्नुहोस्)