गीत ५९
यहोवाको गुणगान गाऔँ!
-
१. गुणगान गाऔँ
यहोवाको!
जीवन अनि सास दिने बुबाको।
प्रशंसा होस्
याह नाउँको;
मूल उनी शक्ति र प्रेम दुवैको।
इस्तुति गर्छौँ उनको नाउँको।
-
२. गुणगान गाऔँ
याह प्रभुको।
बिन्ती सुनी उनले टार्छन् खाँचो।
निर्धालाई बल
दिन्छन् उनी।
नम्रलाई दिन्छन् पवित्र शक्ति।
बखान गर्छौँ उनको सधैँभरि।
-
३. गुणगान गाऔँ
न्यायी छन् याह।
भर पर्दा उनमा पाउँछौँ सान्त्वना।
उनी नै हुन्,
सब सच्याउने,
निको पार्ने, थुप्रै आशिष् दिने।
प्रशंसा गरौँ आऊ खुसीले।
(भज. ९४:१८, १९; १४५:२१; १४७:१; १५०:२; प्रेषि. १७:२५ पनि हेर्नुहोस्)