गीत ५६
सत्यमै जिउनू
-
१. सत्यको बाटो छ यो अति नै उत्तम;
तर हिँड्ने जिम्मा तिम्रै हो।
त्यसैले तिमी याहको कुरा सुन।
अङ्गाल है सत्य उनको।
(कोरस)
सत्यमै जिउनू।
विश्वास काममा झल्काउनू।
सत्यमा चल्दा
मन हुन्छ खुसी;
यही नै याहको देन हो।
-
२. याह र उनको राज्यको लागि तिम्ले
खर्चेको हरपल र हर कोसिस
जाँदैन खेर, जीवन पाउँछौ सदालाई;
पाउनेछौँ प्रशस्तै आशिष्।
(कोरस)
सत्यमै जिउनू।
विश्वास काममा झल्काउनू।
सत्यमा चल्दा
मन हुन्छ खुसी;
यही नै याहको देन हो।
-
३. याहका हामी साना केटाकेटीझैँ;
चाहिन्छ है उनको डोऱ्याइ।
हिँडौँ त्यसैले प्यारो बुबा सँगसँगै;
अनि पाउँछौँ आशिष् धेरै।
(कोरस)
सत्यमै जिउनू।
विश्वास काममा झल्काउनू।
सत्यमा चल्दा
मन हुन्छ खुसी;
यही नै याहको देन हो।
(भज. २६:३; हितो. ८:३५; १५:३१; युह. ८:३१, ३२ पनि हेर्नुहोस्)