गीत ४१
मेरो बिन्ती सुनिदिनुहोस्
(भजन ५४)
-
१. प्यारो बुबा, सुन न बिन्ती।
मेरा प्रभु, हुँ तिम्रै सृष्टि।
छ तिम्रो नाम सर्वोच्च कति।
(कोरस)
दयालु याह, सुन बिन्ती।
-
२. कृतज्ञ छु; नयाँ दिन दियौ,
जीवन दियौ, बाटो देखायौ।
म त तिम्रै काखमा रम्छु नि!
(कोरस)
दयालु याह, सुन बिन्ती।
-
३. तिम्रो इच्छा, मेरो तिर्सना;
गर मदत, यै हो चाहना।
बल देऊ न बोझ सहन भनी।
(कोरस)
दयालु याह, सुन बिन्ती।
(प्रस्थ. २२:२७; भज. १०६:४; याकु. ५:११ पनि हेर्नुहोस्)