गीत ३८
यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ
-
१. यहोवाले किन सत्य सिकाएर
ज्योतितर्फ तिमीलाई डोऱ्याए?
खोजी गरी उनको सत्यलाई अङ्गाल्ने
उत्कट इच्छा तिम्रो मनमा देखे।
वाचा गऱ्यौ इच्छा गर्ने याहको;
पैले झैँ ऐले नि मदत उनको।
(कोरस)
किने याहले तिमीलाई
येसुको रगतले।
पार्नेछन् तिमीलाई
अटल र बलियो।
डोऱ्याउँछन् र जोगाउँछन्
सधैँ नै तिमीलाई।
पार्नेछन् तिमीलाई
अटल र बलियो।
-
२. छोरा दिए आफ्नै तिमीलाई बचाउन।
उद्धार तिम्रो सम्भव होस् है भनी।
तिम्रो लागि आफ्नो छोरा नै दिनेले
मदत तिम्लाई नदेलान् कसरी?
बिर्सँदैनन् है काम र प्रेम तिम्रो!
सधैँ ख्याल राख्नेछन् उनले तिम्रो!
(कोरस)
किने याहले तिमीलाई
येसुको रगतले।
पार्नेछन् तिमीलाई
अटल र बलियो।
डोऱ्याउँछन् र जोगाउँछन्
सधैँ नै तिमीलाई।
पार्नेछन् तिमीलाई
अटल र बलियो।
(रोमी ८:३२; १४:८, ९; हिब्रू ६:१०; १ पत्रु. २:९ पनि हेर्नुहोस्)