सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १५१

जिउनेछन्‌ मृतक फेरि

जिउनेछन्‌ मृतक फेरि

(अय्युब १४:१३-१५)

  1. १. जिन्दगी यो कर्कलाको पानी

    एकैछिनमा बिलाउँछ।

    जे छ आज त्यो सबै गुम्दछ।

    दुःख निराशा छाउँछ।

    मरेको मानिस फेरि जिउँछ र?

    वाचा याहको यस्तो छ:

    (कोरस)

    जिउनेछन्‌ मृतक लौ फेरि

    याहको आवाज सुनी।

    इच्छा हो यो याहको

    आफ्नो जन हेर्ने फेरि।

    साँच्चै हो, शङ्‌का नगर

    याहले ब्युँताउनेछन्‌।

    बाँच्छौँ हामी सदालाई

    याहको प्यारो बनी।

  2. २. याहका मित्र बिते पनि आज

    बिर्सनेछैनन्‌ उनले।

    जो छन्‌ आज याहको सम्झनामा

    ब्युँताउनेछन्‌ है उनले।

    पाउनेछौँ अनि साँच्चैको जीवन

    सुन्दर संसारमा सदा।

    (कोरस)

    जिउनेछन्‌ मृतक लौ फेरि

    याहको आवाज सुनी।

    इच्छा हो यो याहको

    आफ्नो जन हेर्ने फेरि।

    साँच्चै हो, शङ्‌का नगर

    याहले ब्युँताउनेछन्‌।

    बाँच्छौँ हामी सदालाई

    याहको प्यारो बनी।

(युह. ६:४०; ११:११, ४३; याकु. ४:१४ पनि हेर्नुहोस्‌)