गोपनीयता सेटिङहरू

साइट एकदमै राम्रोसँग चलोस् भनेर हामीले कुकीज् र त्यस्तै अरू प्रविधि प्रयोग गर्छौँ। केही कुकीज्‌ हाम्रो वेबसाइट चल्न आवश्यक भएकोले त्यसलाई इन्कार गर्न सकिँदैन। वेबसाइट चलाउन सजिलो बनाउनको लागि मात्र प्रयोग गरिने थप कुकीज्‌को प्रयोगलाई भने तपाईँले स्विकार्न वा अस्वीकार गर्न सक्नुहुन्छ। यसको कुनै पनि जानकारी बिक्री गरिनेछैन न त मार्केटिङ गर्न नै प्रयोग गरिनेछ। थप जानकारी पाउन कुकीज् र त्यस्तै अरू प्रविधिको प्रयोगबारे विश्वव्यापी नीति पढ्नुहोस्। तपाईँ कुनै पनि बेला गोपनीयता सेटिङहरूमा गएर आफ्नो रुचिअनुसार सेटिङ मिलाउन सक्नुहुन्छ।

सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १३९

नयाँ संसारको जीवन कल्पना गरौँ!

नयाँ संसारको जीवन कल्पना गरौँ!

(प्रकाश २१:१-५)

  1. १. कल्पिहेर आफ्नो मनले

    नयाँ र शान्तिमय त्यो संसार।

    कल्पिहेर कस्तो होला,

    शान्ति र साँचो स्वतन्त्रता।

    हुनेछैन दुष्ट कोही,

    सफल हुन्छ याहको शासन।

    पृथ्वीको नयाँ सुरुवात हुनेछ,

    हरेकले मनदेखि

    प्रशंसा गाउनेछ:

    (कोरस)

    “धन्यवाद छ हे, यहोवा बुबा;

    ख्रिष्टको शासनले भयो सब नयाँ;

    हृदयको खुसी पोखाउँछौँ गीतबाटै;

    महिमा, आदर, प्रशंसा हुन्‌ सब तिम्रै।”

  2. २. कल्पिहेर आफ्नो मनले

    आउँदै गरेको त्यो नयाँ संसार।

    हुनेछैन डरको आभास,

    बितिसकेको हुनेछ त्रास।

    पूरा हुन्छ याहको वाचा,

    दिनेछन्‌ याहले सुरक्षा।

    ब्युँताउनेछन्‌ उनले मृत सबैलाई

    गाउनेछन्‌ तिनले पनि

    स्वरमा स्वर मिलाई:

    (कोरस)

    “धन्यवाद छ हे, यहोवा बुबा;

    ख्रिष्टको शासनले भयो सब नयाँ;

    हृदयको खुसी पोखाउँछौँ गीतबाटै;

    महिमा, आदर, प्रशंसा हुन्‌ सब तिम्रै।”

 

नयाँ संसारको जीवन कल्पना गरौँ!