सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १३७

वफादार बहिनीहरू

वफादार बहिनीहरू

(रोमी १६:२)

  1. १. सारा, एस्तर, रुथ, मरियम र अरू;

    हुन्‌ सब यी वफादार, दक्ष बहिनी।

    यिनको लागि मुख्य याहको भक्‍ति।

    थाहा पायौँ नाम यी सबै बैनीको।

    अरूले नि गरे यस्तै विश्‍वास,

    प्यारो ठाने याहले यी सबै बैनीलाई।

  2. २. भलाइ, अटल प्रेम, साहस अनि दया,

    मानिसमा हुने अरू सद्‌गुण पनि,

    यी सबको आदर्श थिए ती बैनी।

    कदर गर्छौँ हामी ती सब बैनीको।

    तिनको पाइला पछ्याउने बैनीले

    बसाले उदा’रण हाम्रो लागि पनि।

  3. ३. आमा, बहिनी, पत्नी, विधवा हो!

    खुसीले गर्दै छौ मेहनत तिमी।

    अधीनमा बसी चल्दछौ नम्र भै।

    याहको मदत छ नडराऊ कैल्यै।

    याहले पारून्‌ ए बैनी तिमीलाई

    बलियो विश्‍वासमा; आशिष्‌ देऊन्‌ चाँडै।