रहौँ शान्तिमा!
डाउनलोड:
१. हरेक मोडमा गर्छु सामना, आउँछ हरदिन परीक्षा।
पीडै पीडा छ याँ सबैलाई दुष्ट यो संसारमा।
तर सम्झन्छु याहको वचन, ‘होऊ शान्त धीरजी।’
गर्छु प्रार्थना हर चुनौतीमा, याह शान्ति देऊ मलाई।
(कोरस)
शान्ति चाहन्छु भन्न सजिलो काँ छ र सोचे जस्तो।
तर कल्पना गर्दा शान्त त्यो संसार सक्नेछौँ गर्न हरप्रयास।
२. गर्छु मेहनत पाल्न परिवार तर आउँछ चुनौती।
एकैछिनमा बिथोलिन्छ, गुम्छ शान्ति सजिलै।
आखिर कसलाई पो छ र सजिलो, चोट सबको गहिरो।
रुखो बोलीमा लुकेको पीडा छ, चाहिँदो हो सान्त्वना।
(कोरस)
शान्ति चाहन्छु भन्न सजिलो काँ छ र सोचे जस्तो।
तर कल्पना गर्दा शान्त त्यो संसार सक्नेछौँ गर्न हरप्रयास।
(ब्रिज)
नहुन यो संसारको
छैन सोचेझैँ सजिलो।
हृदय तिम्रो जोगाउनलाई
शान्तिका याह छन् साथ तिम्रो।
३. जान्छौँ घरघरमा साक्षी दिनलाई, याहको वचन सुनाउन।
थाह छ बाधा विरोध धेरै आउनेछ, सुन्नुपर्छ धम्की त्यो।
विवाद गर्दैनौँ, शान्त रहन्छौँ, गर्दैनौँ है प्रतिकार।
देख्छन् नम्रले असल व्यवहार, सुन्नेछन् सुसमाचार।