सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जागा रहो!

अचेल मानिसहरू किन शिष्ट व्यवहार गर्दैनन्‌?—⁠यसबारे बाइबल के भन्छ?

अचेल मानिसहरू किन शिष्ट व्यवहार गर्दैनन्‌?—⁠यसबारे बाइबल के भन्छ?

 शिष्टचार दिनप्रतिदिन हराउँदै गइरहेको छ। बिरामीहरू डाक्टरहरूसित अभद्र व्यवहार र गाली गर्छन्‌; रेस्टुराँहरूमा मानिसहरू वेटरहरूलाई अनादरपूर्ण व्यवहार गर्छन्‌; हवाईजहाजमा यात्रीहरू विमान परिचारकहरूलाई दुर्व्यवहार र आक्रमण गर्छन्‌; केटाकेटीहरू स्कुलमा शिक्षकहरूलाई गिज्याउँछन्‌, धम्की दिन्छन्‌ र हातपात गर्छन्‌ अनि केही राजनैतिक नेताहरू निन्दनीय आचरण देखाउँछन्‌ भने अरू कतिपयचाहिँ आफू शिष्ट भएको कुरामा बढाइचढाइ गर्छन्‌।

 शिष्ट व्यवहार गर्नुको अर्थबारे बाइबलले सिकाउने कुरा भरपर्दो छ। अचेल मानिसहरू किन शिष्ट व्यवहार गर्दैनन्‌ भनेर पनि यसमा बताइएको छ।

अचेल मानिसहरू किन शिष्ट व्यवहार गर्दैनन्‌?

 शिष्ट व्यवहार गर्नु भनेको अरूसित असल, नैतिक र भद्र व्यवहार गर्नु हो। तर अहिले संसारभरि मानिसहरूले त्यस्तो व्यवहार गरेको कमै देखिन्छ।

  •   हालैको एउटा सर्वेक्षणमा अमेरिकीहरूले आफ्नो देशको नैतिक मूल्यमान्यता विगत २२ वर्षमा भन्दा खस्केको कुरा मानिलिएका छन्‌।

  •   अर्को सर्वेक्षणमा २८ देशका ३२ हजारभन्दा धेरै सहभागीमध्ये ६५ प्रतिशतले अहिले मानिसहरू पहिलेभन्दा धेरै अशिष्ट भएको कुरा बताएका छन्‌।

 अहिलेका मानिसहरूको व्यवहारबारे बाइबलमा पहिल्यै भविष्यवाणी गरिएको थियो।

  •   “तर अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइराख। किनकि मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्‌कारी, निन्दा गर्ने, आमाबुबाको आज्ञा पालन नगर्ने, कृतघ्न, . . . असंयमित [र] निष्ठुर [हुनेछन्‌।]”—२ तिमोथि ३:१-३.

 बाइबलका भविष्यवाणीहरू कसरी पूरा हुँदै छन्‌ भन्‍नेबारे थप जानकारीको लागि “के बाइबलले अहिलेका मानिसहरूको सोचाइ र व्यवहारबारे भविष्यवाणी गरेको छ?” अङ्‌ग्रेजी लेख हेर्नुहोस्‌।

शिष्ट व्यवहार गर्नेबारे भरपर्दो डोऱ्‍याइ

 शिष्टचार हराउँदै गइरहेको यस संसारमा लाखौँ मानिसले शिष्ट व्यवहार देखाउनेबारे बाइबलमा उत्कृष्ट सुझाव पाएका छन्‌। यसमा भएका नैतिकतासम्बन्धी सुझावहरू “भरपर्दा छन्‌, अहिले र सदासर्वदा।” (भजन १११:८) केही उदाहरण विचार गरौँ:

  •   बाइबल के भन्छ? “मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”—मत्ति ७:१२.

     अर्थ: हामीले अरूसित दयालु र आदरपूर्ण व्यवहार गर्नुपर्छ किनभने अरूले पनि हामीसित त्यस्तै व्यवहार गरेको चाहन्छौँ।

  •   बाइबल के भन्छ? “तिमीहरूले छलकपट त्यागिसकेको हुनाले अब तिमीहरू हरेकले आफ्नो छिमेकीसित सत्य बोल।”—एफिसी ४:२५.

     अर्थ: हामी आफ्नो बोली र काममा इमानदार हुनुपर्छ।

 थप जानकारीको लागि कृपया यी लेखहरू पढ्‌नुहोस्‌: