प्रश्न ६
बाइबलले मसीहबारे कस्तो भविष्यवाणी गरेको थियो?
भविष्यवाणी
“हे बेतलेहेम एप्राता, . . . तिमीबाट मेरो निम्ति एक जना आउनेछ, जसले इस्राएलमा शासन गर्नेछ।”
पूर्ति
“हेरोद राजाको पालामा यहुदियाको बेतलेहेममा येसुको जन्म भएपछि हेर! पूर्वबाट ज्योतिषीहरू यरुसलेम आए।”
भविष्यवाणी
“मैले लगाइराखेको लुगा तिनीहरू आपसमा भाग लगाउँछन् अनि मेरो जीउको कपडा तिनीहरू गोला हालेर लिन्छन्।”
पूर्ति
“अब येसुलाई खम्बामा टाँगिसकेपछि सैनिकहरूले उहाँको लुगा चार भाग लगाएर एक-एक भाग लिए। उहाँले त्यसभित्र लगाउनुभएको लुगा . . . सिउनी नभएको माथिदेखि तलसम्म बुनिएको सग्लो लुगा थियो। त्यसैले तिनीहरूले आपसमा भने: ‘यसलाई चाहिँ नच्यातौँ बरु कसको भागमा पर्छ, गोला हालेर हेरौँ।’”
भविष्यवाणी
“उहाँले उसका सबै हड्डीको रक्षा गर्नुहुन्छ; उसको एउटै हड्डी भाँचिएको छैन।”
पूर्ति
“येसुकहाँ पुग्दा तिनीहरूले उहाँलाई मरिसकेको पाए। त्यसैले तिनीहरूले उहाँको खुट्टा भाँचेनन्।”
भविष्यवाणी
“हाम्रो अपराधको लागि उसको शरीर छेडियो।”
पूर्ति
“एक जना सैनिकले उहाँको कोखामा भाला घोप्यो अनि उत्तिखेरै त्यहाँबाट रगत र पानी निस्क्यो।”
भविष्यवाणी
“तिनीहरूले मलाई ३० टुक्रा चाँदी ज्याला दिए।”
पूर्ति
“तब ती १२ जनामध्ये एक, जसको नाम यहुदा इस्करियोत हो, तिनी मुख्य पुजारीहरूकहाँ गए र भने: ‘मैले उहाँलाई धोका दिएर तपाईँहरूको हातमा सुम्पेँ भने तपाईँहरू मलाई के दिनुहुन्छ?’ तिनीहरूले तिनलाई ३० टुक्रा चाँदी दिने कबुल गरे।”