दोस्रो कोरिन्थी ५:१-२१
५ हामीलाई थाह छ, जब हाम्रो पार्थिव घर अर्थात् पालजस्तो यो शरीर रहँदैन,*+ तब हामीले परमेश्वरबाट स्वर्गमा सधैँ रहिरहने एउटा यस्तो भवन पाउनेछौँ, जुन हातले बनाइएको होइन।+
२ किनकि यस घरमा* हामी साँच्चै सुस्केरा हाल्छौँ र स्वर्गमा हाम्रो निम्ति जे तयार पारिएको छ, त्यो* धारण गर्ने तीव्र इच्छा गर्छौँ +
३ अनि त्यो धारण गरेपछि हामी नाङ्गो भेटिनेछैनौँ।
४ वास्तवमा हामी जो यस पालमा छौँ, बोझले दबिएर सुस्केरा हाल्छौँ किनकि हामी यो फुकाल्न होइन तर अर्को धारण गर्न चाहन्छौँ + ताकि जे मरणशील छ, त्यसलाई जीवनले निलोस्।+
५ यसको लागि हामीलाई तयार पार्ने परमेश्वर नै हुनुहुन्छ,+ जसले हामीलाई आउँदै गरेको कुराको बैनास्वरूप* पवित्र शक्ति दिनुभयो।+
६ यसकारण हामी सधैँ विश्वस्त छौँ र हामीलाई यो थाह छ कि यो घर—हाम्रो शरीरमा बास होउन्जेल हामी प्रभुबाट टाढा हुन्छौँ +
७ किनकि हामी विश्वासले हिँडिरहेका छौँ, दृष्टिले होइन।
८ तर हामी विश्वस्त छौँ र यस शरीरमा रहनभन्दा प्रभुसित बास गर्न चाहन्छौँ।+
९ त्यसैले हाम्रो बास उहाँसित होस् वा नहोस्, उहाँका लागि ग्रहणयोग्य हुने लक्ष्य हामीले राखेका छौँ।
१० किनकि हामी सबै ख्रिष्टको न्यायासनसामु हाजिर हुनै पर्छ ताकि हरेकले आफ्नो शरीरमा छँदा गरेका कामहरूको प्रतिफल पाओस्, चाहे ती असल काम होऊन् वा खराब।+
११ यसकारण प्रभुको डर मान्नुको अर्थ के हो, त्यो थाह भएकोले हामी मानिसहरूलाई हाम्रो कुरा सुन्न मनाइरहन्छौँ। हामी कस्ता मानिसहरू हौँ भनेर परमेश्वरलाई राम्ररी थाह छ तर तिमीहरूको अन्तस्करणलाई पनि हामी कस्ता मानिसहरू हौँ भनी राम्ररी थाह छ भन्ने आशा मैले गरेको छु।
१२ हामीले फेरि आफूलाई तिमीहरूसामु सिफारिस गरेको होइन बरु तिमीहरूलाई हाम्रो विषयमा घमन्ड गर्न उत्प्रेरित गर्ने हेतुले यी कुरा भन्दै छौँ ताकि हृदय नहेरी बाहिरी रूप मात्र हेरेर घमन्ड गर्नेहरूलाई+ तिमीहरूले जवाफ दिन सक।
१३ किनकि यदि हामी बौलाएका थियौँ भने+ परमेश्वरकै निम्ति बौलाएका थियौँ; यदि हामी सद्दे थियौँ भने तिमीहरूकै निम्ति सद्दे थियौँ।
१४ ख्रिष्टको प्रेमले हामीलाई बाध्य पार्छ किनकि हामी यस्तो निष्कर्षमा पुगेका छौँ: सबैका लागि एक जना मानिस मर्नुभयो;+ भनौँ भने सबै जना मरेका थिए।
१५ अनि उहाँ सबैका लागि यसकारण मर्नुभयो कि बाँच्नेहरू अबउसो आफ्नो लागि होइन+ तर उहाँकै लागि बाँचून्, जो तिनीहरूका लागि मर्नुभयो र ब्युँताइनुभयो।
१६ यसकारण अबउसो हामी कुनै मानिसलाई शारीरिक दृष्टिकोणले हेर्दैनौँ।+ हामीले ख्रिष्टलाई कुनै समय शारीरिक दृष्टिकोणले हेरेको भए तापनि अहिले भने त्यसरी हेर्दैनौँ।+
१७ यसकारण यदि कोही ख्रिष्टसँग एकतामा छ भने ऊ नयाँ सृष्टि हो;+ पुराना थोकहरू बितिसकेका छन्, हेर, नयाँ थोकहरू अस्तित्वमा आएका छन्।
१८ तर सबै थोक परमेश्वरबाट आएका हुन्, जसले हामीलाई ख्रिष्टद्वारा आफूसित मिलाप गराउनुभयो+ र मिलापको सेवा सुम्पनुभयो+
१९ अर्थात् यो घोषणा गर्ने सेवा: परमेश्वरले ख्रिष्टद्वारा संसारलाई आफूसित मिलाप गराउनुभयो,+ तिनीहरूको अपराधको लेखा लिनुभएन+ र हामीलाई मिलापको वचन सुम्पनुभयो।+
२० त्यसैले हामी ख्रिष्टको सट्टामा काम गर्ने+ राजदूतहरू हौँ,+ मानौँ परमेश्वरले हामीमार्फत बिन्ती गरिरहनुभएको छ। ख्रिष्टको सट्टामा काम गर्नेहरूको रूपमा हामी यस्तो आग्रह गर्छौँ: “परमेश्वरसित मिलाप गर।”
२१ हामी ख्रिष्टद्वारा परमेश्वरको नजरमा धर्मी ठहरिन सकौँ+ भनेर परमेश्वरले ख्रिष्ट, जसले कहिल्यै पाप गर्नुभएन,+ उहाँलाई नै हाम्रो निम्ति पापभेटी* तुल्याउनुभयो।
फुटनोटहरू
^ वा “नष्ट हुन्छ।”
^ वा “निवासस्थानमा।”
^ वा “स्वर्गको निवासस्थान।”
^ वा “ग्यारेन्टीस्वरूप।”