दोस्रो इतिहास ४:१-२२

  • वेदी, ‘समुद्र’ र बाटाहरू (१-६)

  • पानसहरू, टेबुलहरू र चोकहरू (७-११क)

  • मन्दिरका सरसामान बनाउने काम सिद्धिन्छ (११ख-२२)

४  त्यसपछि तिनले तामाको वेदी बनाए।+ त्यसको लम्बाइ २० हात, चौडाइ २० हात र उचाइ १० हात थियो। २  तिनले धातु* ढालेर एउटा विशाल खड्‌कुँलो बनाए,+ जसलाई ‘समुद्र’ भन्‍ने नाम दिइयो। त्यो गोलाकार थियो। त्यसको मुखको व्यास १० हात र गोलाइ ३० हात थियो।* त्यसको उचाइ ५ हात थियो।+ ३  खड्‌कुँलोको मुखको तलतिर दुई लहर खरबुजाजस्तो देखिने ससाना फलका आकृतिहरू थिए।+ खड्‌कुँलोको चारैतिर एक-एक हातभित्र दस-दस वटा त्यस्ता आकृतिहरू थिए। यी आकृतिहरू खड्‌कुँलोसँगै ढालेर बनाइएका थिए। ४  त्यो खड्‌कुँलोलाई १२ वटा साँढेमाथि+ अड्‌याइएको थियो। तीन वटा साँढे उत्तरतिर, तीन वटा पश्‍चिमतिर, तीन वटा दक्षिणतिर र तीन वटा पूर्वतिर फर्केका थिए। ती सबै साँढेको पछिल्तिरको भाग भित्रपट्टि फर्केको थियो। त्यस खड्‌कुँलोलाई ती साँढेहरूमाथि अड्‌याइएको थियो। ५  त्यो खड्‌कुँलो चार अङ्‌गुल* बाक्लो थियो। त्यसको मुख कचौराको मुखजस्तो थियो; त्यो फक्रेको लिली फूलजस्तै देखिन्थ्यो। त्यस खड्‌कुँलोमा ३ हजार बाथ* पानी अटाउँथ्यो। ६  तिनले सरसफाइको लागि १० वटा बाटा पनि बनाए। तिनले पाँच वटा बाटा दायाँतिर र बाँकी पाँच वटा बायाँतिर राखे।+ अग्निभेटी+ चढाउँदा प्रयोग गरिने सरसामान ती बाटाहरूमा पखालिन्थ्यो। तर ‘समुद्र’ भनिने विशाल खड्‌कुँलोको पानीचाहिँ पुजारीहरूले हातखुट्टा धुन प्रयोग गर्थे।+ ७  त्यसपछि तिनले आफूलाई दिइएको नमुनाअनुसारै+ सुनका १० वटा पानस बनाए+ र त्यसलाई मन्दिरमा राखे। तिनले पाँच वटा दायाँतिर र बाँकी पाँच वटा बायाँतिर राखे।+ ८  त्यसपछि तिनले १० वटा टेबुल बनाए र त्यसलाई मन्दिरमा राखे। तिनले पाँच वटा दायाँतिर र बाँकी पाँच वटा बायाँतिर राखे।+ तिनले सुनका १०० वटा कचौरा पनि बनाए। ९  अनि तिनले पुजारीहरूको चोक बनाए।+ तिनले ठूलो चोक+ र त्यसका ढोकाहरू पनि बनाए। तिनले ती ढोकाहरू तामाले मोहोरे। १०  तिनले ‘समुद्र’ भनिने विशाल खड्‌कुँलोलाई चाहिँ दायाँतिर, दक्षिण-पूर्व दिशामा राखे।+ ११  हिरामले कोइला राख्ने भाँडाहरू, साबेलहरू र कचौराहरू पनि बनाए।+ यसरी हिरामले साँचो परमेश्‍वरको भवनमा ती सबै काम गरिसिद्‌ध्याए, जुन राजा सुलेमानले उनलाई दिएका थिए। उनले यी सबै थोक बनाए:+ १२  दुई वटा खम्बा+ र ती खम्बाहरूका शिरहरू, जुन कचौरा आकारका थिए; ती कचौरा आकारका शिरहरूलाई सिङ्‌गार्न दुई वटा जाली;+ १३  ती दुई वटा जालीको निम्ति ४०० वटा अनारका आकृति;+ प्रत्येक जालीको निम्ति दुई लहर अनारका आकृति, जसले खम्बाहरूका शिरलाई सिँगारेका थिए;+ १४  दस वटा ठेलागाडा र ठेलागाडामा राखिने १० वटा बाटा;+ १५  ‘समुद्र’ भनिने विशाल खड्‌कुँलो र त्यसमुनि भएका १२ वटा साँढे+ १६  अनि कोइला राख्ने भाँडाहरू, साबेलहरू, काँटाहरू+ र सबै सरसामान, जुन टल्काइएका तामाले बनाइएका थिए। राजा सुलेमानले भनेअनुसारै हिराम-अबिभले+ यहोवा परमेश्‍वरको भवनको निम्ति सबै सरसामान बनाएका थिए। १७  राजाले यी सबथोक यर्दनको इलाकामा सुक्कोथ+ र जेरेदाहको बीचमा बनाए। यी सबथोक माटाका साँचाहरूमा ढालेर बनाइएका थिए। १८  सुलेमानले असाध्यै धेरै भाँडाकुँडा बनाएका थिए। त्यसैले ती सब बनाउन कति तामा लाग्यो भनेर थाह पाउन सम्भव थिएन।+ १९  सुलेमानले साँचो परमेश्‍वरको भवनको निम्ति यी सब सरसामान बनाए:+ सुनको वेदी;+ भेटीको रोटी* राख्न टेबुलहरू;+ २०  निखुर सुनका पानसहरू र त्यसका दियोहरू,+ जुन नियमअनुसार भित्री कोठाको अगाडिपट्टि बालिन्थ्यो; २१  फूलहरू, दियोहरू र चिम्टाहरू—यी सबै निखुर सुनले बनाइएका थिए; २२  सलेदो निभाउने साधनहरू, कचौराहरू, प्यालाहरू र सलेदोदानीहरू*—यी सबै निखुर सुनले बनाइएका थिए; साथै महापवित्र कोठाका+ र मन्दिरका* ढोकाहरू, जुन सुनका थिए।+

फुटनोटहरू

वा “तामा।”
वा “त्यसलाई एक फन्को लगाउन ३० हात लामो डोरी चाहिन्थ्यो।”
चार अङ्‌गुल भनेको लगभग ७.४ सेन्टिमिटर (२.९ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
एक बाथ भनेको २२ लिटर हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
बलिसकेको सलेदो राख्ने भाँडो।
यहाँ “मन्दिर”-ले पवित्र कोठालाई जनाउँछ।