होसे १४:१-९

  • यहोवाकहाँ फर्कने आग्रह (१-३)

    • ओठको प्रशंसा चढाउँछन्‌ ()

  • इस्राएल फेरि विश्‍वासघाती हुनेछैन (४-९)

१४  “हे इस्राएल, तिमीहरू यहोवा तिमीहरूका परमेश्‍वरकहाँ फर्क+ किनकि तिमीहरूले आफ्ना गल्तीहरूका कारण ठेस खाएका छौ।  २  यहोवा परमेश्‍वरकहाँ फर्क र यसो भन, ‘हाम्रा सबै गल्ती क्षमा गरिदिनुहोस्‌+ र जे असल छ, त्यो स्विकार्नुहोस्‌ अनि बहर चढाएजस्तै हामी तपाईँलाई ओठको प्रशंसा चढाउनेछौँ।+  ३  अस्सेरियाले हामीलाई बचाउनेछैन,+ हामी घोडामा सवार हुनेछैनौँ+ अनि हामी आफ्नै हातको कामलाई “हे हाम्रो देवता!” पनि भन्‍नेछैनौँ किनकि तपाईँले मात्र अनाथहरूलाई* दया देखाउनुहुन्छ।’+  ४  म तिनीहरूलाई निको पार्नेछु र तिनीहरू फेरि कहिल्यै विश्‍वासघाती हुनेछैनन्‌।+ म राजीखुसीले तिनीहरूलाई माया गर्नेछु+ किनकि तिनीहरूप्रतिको मेरो रिस शान्त भएको छ।+  ५  म इस्राएलको लागि शीतजस्तै हुनेछु; ऊ लिली फूलजस्तै फुल्नेछ अनि लेबनानका रूखहरूले जस्तै उसले आफ्नो जरा जमिनको गहिराइसम्म फैलाउनेछ।  ६  उसका हाँगाहरू फैलिनेछन्‌, उसको वैभव जैतुनको रूखको जस्तै हुनेछ अनि उसको सुगन्ध लेबनानको जस्तै हुनेछ।  ७  तिनीहरू फेरि उहाँको छायामा रहनेछन्‌। तिनीहरूले अनाज उब्जाउनेछन्‌ अनि तिनीहरू अङ्‌गुरको बोटजस्तै फस्टाउनेछन्‌।+ अनि उसले लेबनानको मद्यको जस्तै नाम* कमाउनेछ।  ८  एप्रैमले भन्‍नेछ, ‘अब मूर्तिहरूसित मेरो के सरोकार?’+ म उसलाई जवाफ दिनेछु र ऊमाथि नजर राख्नेछु।+ म हराभरा धुपीको रूखजस्तै हुनेछु। मबाट नै तिमीहरूले फल पाउनेछौ।”  ९  जो बुद्धिमान्‌ छ, उसले यी कुराहरू बुझोस्‌। जो विश्‍वासी छ, उसले यी कुराहरू जानोस्‌ किनकि यहोवाको मार्ग सही छ।+ अनि धर्मीहरू त्यसमा हिँड्‌नेछन्‌; तर अपराधीहरूले त्यसमा ठक्कर खानेछन्‌।

फुटनोटहरू

वा “बुबा गुमाएका बच्चाहरूलाई।”
शा., “सम्झना।”