हितोपदेश २२:१-२९
२२ प्रशस्त धनसम्पत्तिभन्दा राम्रो नाम कमाउनु बेस हो;+
सुनचाँदीभन्दा इज्जत* कमाउनु उत्तम हो।
२ धनी र गरिबबीच एउटा कुरा मिल्दोजुल्दो छ:
दुवैलाई सृष्टि गर्नुहुने यहोवा हुनुहुन्छ।+
३ चतुर मानिस खतरा आएको देखेर लुक्छ
तर अनुभवहीन मानिस भने सरासर अघि बढ्छ र दुःख* पाउँछ।
४ नम्र र यहोवाको डर मान्ने मानिसले
धनसम्पत्ति, सम्मान र जीवन पाउँछ।+
५ टेढो मानिसको बाटोमा काँडा र पासोहरू हुन्छन्
तर आफ्नो जीवनलाई माया गर्ने मानिस यी कुराहरूदेखि टाढै रहन्छ।+
६ बालकलाई सही बाटोमा लगाऊ;+
बुढेसकालमा पनि उसले त्यो त्याग्नेछैन।+
७ धनीले गरिबमाथि हैकम चलाउँछ
अनि सापटी लिने मानिसचाहिँ सापटी दिनेको दास बन्छ।+
८ जसले कुकर्म छर्छ, उसले विनाशको कटनी गर्नेछ+
अनि उसको अत्याचारको लाठो भाँचिनेछ।+
९ उदार मानिसले आशिष् पाउँछ
किनभने उसले आफ्नो भोजन गरिबसँग बाँडचुँड गर्छ।+
१० खिसी गर्ने मानिसलाई हटाऊ,
तब झगडा सुल्झिन्छ
अनि किचलो* र गाली बन्द हुन्छ।
११ जसको हृदय चोखो छ र जसले दयालु वचन बोल्छ,
ऊसित राजाले समेत मित्रता गाँस्छ।+
१२ यहोवाले बुद्धिको* रक्षा गर्नुहुन्छ
तर छली मानिसको कुरालाई उहाँ विफल तुल्याइदिनुहुन्छ।+
१३ अल्छीले भन्छ: “बाहिर सिंह छ!
त्यसले मलाई चोकमै मारिहाल्छ!”+
१४ छाडा* स्त्रीको बोली गहिरो खाडल हो।+
यहोवाले दोषी ठहराउनुभएकाहरू त्यसमा पर्नेछन्।
१५ बालकको हृदयमा मूर्खताले जरा गाडेको हुन्छ;+
अनुशासनको छडीले त्यसलाई उखेलिदिन्छ।+
१६ जो गरिबलाई ठगेर धनी बन्छ+
अनि जसले धनीलाई उपहार दिन्छ,
ती दुवै कङ्गाल हुनेछन्।
१७ बुद्धिमान् मानिसले के भन्छ, कान थापेर सुन;+
तब मैले सिकाएको कुरामा तिमीले मन लगाउन सक्नेछौ+
१८ किनभने ती मनमा राख्यौ भने तिमी आनन्दित हुनेछौ+
अनि ती सधैँ तिम्रो ओठमा रहनेछन्।+
१९ तिमीले यहोवालाई भरोसा गर्न सक भनेर
मैले यी कुराहरू आज तिमीलाई बताएँ।
२० मैले तिमीलाई धेरै कुरा लेखिसकेँ,
सरसल्लाह र निर्देशन दिइसकेँ
२१ किनभने म तिमीलाई सत्य र भरोसायोग्य कुरा सिकाउन चाहन्छु
ताकि जसले तिमीलाई पठायो, उसलाई तिमीले सही कुरा बताउन सक्नेछौ।
२२ गरिब मानिसलाई ऊ गरिब छ भन्दैमा नलुट;+
सहरको मूलढोकामा गरिबलाई थिचोमिचो नगर।+
२३ किनभने यहोवाले नै तिनीहरूको मुद्दा लड्नुहुनेछ;+
तिनीहरूलाई लुट्नेहरूको ज्यान उहाँले लिनुहुनेछ।
२४ गरम मिजासको मानिससित सङ्गत नगर
अनि सानो कुरामा पनि जङ्गिने मानिससित नबस।
२५ नत्र त तिमीले उनीहरूको सिको गर्नेछौ
अनि आफै पासोमा पर्नेछौ।+
२६ तिमी ती मानिसहरूजस्ता नहोऊ, जो अरूले ऋण लिँदा
हात मिलाएर जमानी बस्छन्।+
२७ नत्र त तिमीसित तिर्ने कुरा केही भएन भने
मानिसहरूले तिमी सुतिराखेको ओछ्यानसमेत खोसेर लैजानेछन्!
२८ तिम्रा पुर्खाले राखेको
पुरानो साँध-सिमाना नसार।+
२९ के तिमीले आफ्नो काममा सिपालु मानिस देखेका छौ?
उसले साधारण मानिसको होइन,
राजाको सेवा गर्नेछ।+