यसैया ४०:१-३१
४० तिमीहरूका परमेश्वर यसो भन्नुहुन्छ, “मेरा मानिसहरूलाई सान्त्वना देओ! सान्त्वना देओ!+
२ यरुसलेमलाई सान्त्वना देओ।उसका दुःखका दिनहरू* सकिएका छन्र उसले आफ्नो गल्तीको मोल चुकाइसकेको छ भनेर उसलाई बताओ।+यहोवाको हातबाट उसले आफ्ना पापहरूको पूरा* हिसाब पाइसकेको छ।”+
३ उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ,“यहोवाको बाटो तयार पार!+हाम्रा परमेश्वरका लागि मरुभूमिमा सम्म परेको* मूलबाटो बनाऊ।+
४ हरेक बेँसी अग्लो बनाइयोस्।हरेक पहाड र हरेक डाँडा होच्याइयोस्।खाल्टाखुल्टी परेको बाटो सम्म पारियोस्र खल्ड्याङखुल्डुङ परेको जमिनलाई समतल बनाइयोस्।+
५ यहोवाको महिमा प्रकट हुनेछ।+सबै मानिसले त्यो देख्नेछन्+किनकि यहोवाले नै यो कुरा भन्नुभएको हो।”
६ सुन! कोही यसो भन्दै छ: “घोषणा गर!”अर्कोले भन्छ: “म के घोषणा गरूँ?”“सबै मानिस हरिया घाँसजस्तै छन्।तिनीहरूको अटल प्रेम मैदानको फूलजस्तै छ।+
७ जब यहोवाको सास त्यसमाथि पर्छ,तब हरियो घाँस सुक्छर फूल ओइलाउँछ।+साँच्चै, मानिसहरू हरिया घाँस मात्र हुन्।
८ हरियो घाँस सुकेर जान्छर फूल ओइलाइहाल्छतर हाम्रा परमेश्वरको वचन सदासर्वदै रहिरहन्छ।”+
९ ए सियोनका लागि शुभसमाचार ल्याउने स्त्री!+अग्लो पर्वतमा उक्ल।ए यरुसलेमका लागि शुभसमाचार ल्याउने स्त्री!ठूलठूलो स्वरले भन।नडराऊ, आफ्नो आवाज ठूलो पार!यहुदाका सहरहरूलाई यसो भन: “हेर! तिमीहरूका परमेश्वर यहाँ हुनुहुन्छ।”+
१० हेर! ब्रह्माण्डका मालिक यहोवा आफ्नो पराक्रमका साथ आउनुहुनेछ।उहाँको बाहुलीले उहाँको तर्फबाट शासन गर्नेछ।+हेर! उहाँ इनाम लिएर आउँदै हुनुहुन्छअनि उहाँले दिनुहुने ज्याला उहाँसितै छ।+
११ गोठालोले झैँ उहाँले आफ्नो बगालको हेरचाह गर्नुहुनेछ।+आफ्नो पाखुराले उहाँले पाठाहरूलाई जम्मा गर्नुहुनेछर तिनीहरूलाई आफ्नो छातीमा बोक्नुहुनेछ।दूध खुवाइरहेका माउहरूलाई चाहिँ उहाँले बिस्तारै-बिस्तारै डोऱ्याउनुहुनेछ।+
१२ कसले समुद्रको पानीलाई आफ्नो अँजुलीमा नापेको छ?+अनि कसले आकाशलाई आफ्नो बित्ताले* नापेको छ?कसले पृथ्वीको धुलोलाई नाप्ने भाँडोमा जम्मा गरेको छ?+अथवा कसले पहाडहरूलाई तराजुमा तौलेको छ?अनि कसले डाँडाहरूलाई जोखेको छ?
१३ कसले यहोवाको शक्तिलाई नापेको छ?*अनि उहाँको सल्लाहकार बनेर कसले उहाँलाई निर्देशन दिन सक्छ?+
१४ समझ पाउन उहाँले कसको सल्लाह लिनुभयो?अथवा कसले उहाँलाई न्यायको मार्गमा चल्न सिकायो?कसले उहाँलाई ज्ञान दियो?कसले उहाँलाई सही समझको मार्ग देखायो?+
१५ हेर! राष्ट्रहरू त उहाँको लागि बाल्टिनबाट चुहिएको पानीको थोपाजस्तै छन्;उहाँको नजरमा तिनीहरू तराजुमा टाँसिएको धुलोजस्तै छन्।+हेर! उहाँ टापुहरूलाई मसिनो धुलोलाई झैँ उठाउनुहुन्छ।
१६ लेबनानका सारा रूखहरू काटे पनि वेदीको आगो बालिरहन पुग्दैनन त त्यहाँका सारा जङ्गली जनावर अग्निभेटी चढाउनलाई पुग्छ।
१७ सारा राष्ट्रहरू उहाँको नजरमा केही पनि होइनन्;+उहाँको लागि तिनीहरू व्यर्थका छन्, मानौँ तिनीहरूको कुनै अस्तित्व नै छैन।+
१८ तिमीहरू कोसित परमेश्वरको तुलना गर्छौ?+उहाँको बराबरीमा आउन सक्ने कोही छ र?+
१९ कालिगडले धातु पगालेर मूर्ति बनाउँछ।सुनारले त्यसलाई सुनले मोहोर्छ+अनि त्यसका लागि चाँदीका सिक्रीहरू बनाउँछ।
२० मानिसले मूर्ति बनाउन किराले नखाने रूख छान्छ+अनि नढलीकन बस्ने मूर्ति बनाउनउसले निपुण कालिगड खोज्छ।+
२१ के तिमीहरूलाई थाह छैन?के तिमीहरूले सुनेका छैनौ?के तिमीहरूलाई सुरुदेखि नै बताइएको थिएन र?पृथ्वीको जग बसालिएको समयदेखि नै साबित भएको कुरा के तिमीहरूले बुझेका छैनौ?+
२२ परमेश्वर पृथ्वीको घेराभन्दा* माथि विराजमान हुनुहुन्छ+र उहाँको नजरमा पृथ्वीका बासिन्दाहरू फट्याङ्ग्राजस्तै छन्।उहाँ आकाशलाई पातलो पर्दाझैँ फिँजाउनुहुन्छर त्यसलाई पालझैँ फैलाउनुहुन्छ।+
२३ उहाँले उच्च अधिकारीहरूलाई तल झार्नुहुन्छर पृथ्वीका न्यायाधीशहरूलाई* धुलोको कण तुल्याइदिनुहुन्छ।
२४ तिनीहरूलाई रोप्न नपाउँदै,तिनीहरूलाई छर्न नपाउँदै,तिनीहरूले माटोमा जरा गाड्न नपाउँदैतिनीहरूलाई बतासले हान्छ र तिनीहरू सुकिहाल्छन्।हावाले तिनीहरूलाई ठोसोलाई झैँ उडाएर लैजान्छ।+
२५ पवित्र परमेश्वर यसो भन्नुहुन्छ, “तिमीहरू कोसित मेरो तुलना गर्छौ? कसलाई मेरो बराबरी सम्झन्छौ?
२६ आफ्नो आँखा उठाएर आकाशतिर हेर।यी सब कसले बनाएका हुन्?+उहाँले नै होइन र, जसले तिनीहरूका सेनालाई गन्ती गरेर बोलाउनुहुन्छ?उहाँले तिनीहरूलाई नाम काढेरै बोलाउनुहुन्छ।+उहाँको अथाह शक्ति र विस्मयकारी सामर्थ्यले गर्दा+तिनीहरूमध्ये एउटै हराउँदैन।
२७ ए याकुब! तिमी किन यसो भन्छौ,अनि ए इस्राएल! तिमी किन यस्तो घोषणा गर्छौ,‘मेरो मार्ग यहोवादेखि लुकेको छ।मैले परमेश्वरबाट इन्साफ पाएकै छैनँ’?+
२८ के तिमीलाई थाह छैन? के तिमीले सुनेका छैनौ?पृथ्वीमा भएका सबै थोक बनाउनुहुने यहोवा सदाको लागि* परमेश्वर हुनुहुन्छ।+उहाँ कहिल्यै थाक्नुहुन्न न त कहिल्यै गल्नुहुन्छ।+उहाँको समझलाई कसैले बुझ्न सक्दैन।+
२९ उहाँ थकितहरूलाई बल दिनुहुन्छर निर्बलहरूलाई शक्तिले भरिपूर्ण पार्नुहुन्छ।+
३० ठिटाहरू थाकेर शिथिल हुनेछन्र युवकहरू ठक्कर खाएर लड्नेछन्।
३१ तर यहोवामा आशा राख्नेहरूले भने फेरि बल पाउनेछन्।तिनीहरू चीलझैँ पखेटा फिँजाएर माथि-माथि उड्नेछन्।+तिनीहरू दगुर्नेछन् तर थाक्नेछैनन्;तिनीहरू हिँड्नेछन् तर गल्नेछैनन्।”+
फुटनोटहरू
^ शा., “अनिवार्य सेवाका दिनहरू।”
^ वा “दोबर।”
^ वा “सोझो।”
^ अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
^ वा सम्भवतः “बुझेको छ।”
^ वा “परिधिभन्दा।”
^ वा “शासकहरूलाई।”
^ वा “युगौँयुगको।”