मिका ५:१-१५

  • ती शासक, जसको महानता पृथ्वीभरि फैलिनेछ (१-६)

    • ती शासक बेतलेहेमबाट आउनेछन्‌ ()

  • बाँकी रहेकाहरू शीतजस्तै र सिहंजस्तै हुनेछन्‌ (७-९)

  • भूमिलाई शुद्ध पारिनेछ (१०-१५)

५  “हे आक्रमणमा परेकी छोरी, तिमीले आफ्नै शरीरमा घाउ बनाइरहेकी छ्यौ; शत्रुहरूले हामीलाई घेरा हालेका छन्‌।+ तिनीहरू इस्राएलका न्यायकर्तालाई छडीले गालामा हिर्काउँछन्‌।+  २  अनि हे बेतलेहेम एप्राता,+ तिमी जो यहुदाका हजारौँमध्ये* सबैभन्दा सानो छौ, तिमीबाट मेरो निम्ति एक जना आउनेछ, जसले इस्राएलमा शासन गर्नेछ,+ जसको सुरुवात प्राचीनकालमा, युगौँअघि भएको थियो।  ३  त्यसैले जन्म दिने त्यस स्त्रीको जन्माउने बेला नभएसम्म परमेश्‍वरले तिनीहरूलाई त्याग्नुहुनेछ। अनि बाँकी रहेका तिनका दाजुभाइहरू इस्राएलका मानिसहरूकहाँ फर्केर आउनेछन्‌।  ४  तिनी उठ्‌नेछन्‌ र यहोवाबाट बल पाएर आफ्ना परमेश्‍वर यहोवाको महान्‌ नाममा गोठालोको काम गर्नेछन्‌।+ अनि तिनीहरू ढुक्कसित बस्नेछन्‌+ किनकि त्यसपछि तिनको महानता पृथ्वीको कुनाकुनासम्म फैलिनेछ।+  ५  अनि तिनले शान्ति ल्याउनेछन्‌।+ अस्सेरियालीहरूले हाम्रो भूमिमा आक्रमण गरेर हाम्रा बलिया किल्लाहरूलाई कुल्चिए भने पनि+ हामी तिनीहरूको विरुद्धमा मानिसहरूबाट सात जना गोठाला, हो, आठ जना शासक* खडा गर्नेछौँ।  ६  तिनीहरूले अस्सेरियाविरुद्ध तरबार उठाउनेछन्‌+ अनि निम्रोदको देशको+ मूलढोकाहरूमा तरबार चलाउनेछन्‌। अस्सेरियालीहरूले हाम्रो भूमिमा आक्रमण गरेर हाम्रा इलाकाहरूलाई कुल्चँदा तिनले हामीलाई अस्सेरियालीहरूको हातबाट छुटाउनेछन्‌।+  ७  याकुबका बाँकी रहेका मानिसहरू जातिजातिको बीचमा रहनेछन्‌। तिनीहरू यहोवाले पार्नुभएको शीतजस्तै हुनेछन्‌, बोटबिरुवामा परेको झरीजस्तै हुनेछन्‌, जो मानिसमा भर पर्दैनन्‌ र मानिसका सन्तानको बाटो हेर्दैनन्‌।  ८  याकुबका बाँकी रहेका मानिसहरू राष्ट्रहरूमाझ रहनेछन्‌, तिनीहरू जातिजातिको बीचमा रहनेछन्‌। जङ्‌गलका जनावरहरूको बीचमा रहेको सिंहजस्तै, भेडाको बगालमाझ भएको जवान सिंहजस्तै तिनीहरू हुनेछन्‌, जो तिनीहरूको बीचबाट भएर जान्छन्‌ अनि तिनीहरूलाई झम्टेर टुक्राटुक्रा पार्छन्‌; तिनीहरूलाई बचाउन सक्ने कोही हुनेछैन।  ९  तिमीले आफ्ना शत्रुहरूमाथि हात उठाउनेछौ र तिम्रा सबै शत्रु नाश हुनेछन्‌।” १०  यहोवा घोषणा गर्नुहुन्छ, “त्यो दिन म तिमीहरूका घोडाहरूलाई नाश गर्नेछु र रथहरूलाई टुक्राटुक्रा पारिदिनेछु। ११  तिमीहरूको देशमा भएका सहरहरू म नाश गरिदिनेछु र तिमीहरूका किल्लाहरू ढालिदिनेछु। १२  तिमीहरूले गर्ने टुनामुनाको म अन्त गरिदिनेछु, तिमीहरूमाझ कोही पनि जादुगर बाँकी रहनेछैन।+ १३  तिमीहरूका मूर्तिहरू र थामहरू म चकनाचुर पारिदिनेछु, आफ्नै हातले बनाएका कुराहरूलाई तिमीहरूले कहिल्यै ढोग्नेछैनौ।+ १४  तिमीहरूका पवित्र खामाहरू * म उखेलिदिनेछु+ र तिमीहरूका सहरहरू तहसनहस पारिदिनेछु। १५  रिस र क्रोधका साथ म अटेरी राष्ट्रहरूसित बदला लिनेछु।”

फुटनोटहरू

वा “कुलमध्ये।”
वा “नाइके।”
शब्दावली हेर्नुहोस्‌।