भजनसङ्‌ग्रह १९:१-१४

  • परमेश्‍वरको सृष्टि र नियमले साक्षी दिन्छ

    • “आकाशले परमेश्‍वरको महिमा गर्छ” ()

    • परमेश्‍वरको नियमले थकितहरूलाई बल दिन्छ ()

    • “मैले अनजानमा गरेको पाप” (१२)

निर्देशकलाई; दाउदले रचेको भजन। १९  आकाशले परमेश्‍वरको महिमा गर्छ;+ गगनले परमेश्‍वरको हातको कामको वर्णन गर्छ।+  २  हरदिन तिनीहरू खुलेर कुरा गर्छन्‌,हररात तिनीहरू परमेश्‍वरको ज्ञान प्रकट गर्छन्‌।  ३  तिनीहरूको कुनै भाषा छैन, तिनीहरूको कुनै शब्द छैन;तिनीहरूको कुनै स्वर सुनिँदैन।  ४  तर तिनीहरूको स्वर* सारा पृथ्वीभरि गुञ्जिएको छ;अनि तिनीहरूको सन्देश पृथ्वीको* कुनाकाप्चासम्म सुनिएको छ।+परमेश्‍वरले आकाशमा सूर्यको लागि पाल फैलाउनुभएको छ।  ५  त्यसको चमक दुलहीको कोठाबाट निस्केको दुलहाको मुहारजस्तै छ;त्यो दौडमा निस्केको वीर मानिसजस्तै रमाउँछ।  ६  त्यो आकाशको एक छेउबाट उदाउँछर घुम्दै अर्को छेउमा अस्ताउँछ।+त्यसको तापबाट कुनै कुरा लुक्न सक्दैन।  ७  यहोवाको व्यवस्था पूर्ण छ,+ त्यसले थकितहरूलाई बल दिन्छ।+यहोवाको सम्झौटा भरोसायोग्य छ,+ त्यसले अज्ञानीलाई ज्ञानी बनाउँछ।+  ८  यहोवाको आदेश न्यायी छ, त्यसले मनलाई आनन्दित बनाउँछ।+यहोवाको आज्ञा चोखो छ, त्यसले आँखालाई चमक दिन्छ।+  ९  यहोवाको भय+ पवित्र छ, त्यो कहिल्यै टलेर जाँदैन।यहोवाका फैसलाहरू सत्य छन्‌, ती न्यायोचित छन्‌।+ १०  ती सुनभन्दा प्रिय छन्‌,निखुर* सुनभन्दा पनि प्रिय,+महभन्दा गुलियो,+ माहुरीको चाकाबाट तपतप चुहिने महभन्दा पनि गुलियो। ११  यीबाटै तपाईँको दासले चेतावनी पाउँछ;+यी पालन गरे प्रशस्तै इनाम पाइन्छ।+ १२  आफ्नो गल्ती कसले देख्छ र?+मैले अनजानमा गरेको पापको लागि मलाई दोषी नठहराउनुहोस्‌। १३  तपाईँको दासलाई अहङ्‌कारी हुनदेखि रोक्नुहोस्‌;+अहङ्‌कारले ममाथि हैकम जमाउन नपाओस्‌।+तब म पूर्ण हुनेछु,+घोर पापबाट निर्दोष रहनेछु। १४  हे यहोवा, मेरा चट्टान+ र मेरा उद्धारक,+मेरो मुखको वचन र मेरो मनको चिन्तनले तपाईँलाई खुसी तुल्याओस्‌।+

फुटनोटहरू

वा सम्भवतः “नाप्ने डोरी।”
वा “उर्वर भूमिको।”
वा “खारिएको।”