भजनसङ्ग्रह ११८:१-२९
११८ यहोवालाई धन्यवाद चढाओ किनकि उहाँ भला हुनुहुन्छ;+उहाँको अटल प्रेम कहिल्यै टल्दैन।
२ अब इस्राएलले भनोस्:“उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”
३ अब हारुनको घरानाले भनोस्:“उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”
४ अब यहोवाको डर मान्नेहरूले भनून्:“उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”
५ सङ्कष्टमा पर्दा मैले याहलाई* पुकारेँ;याहले मलाई जवाफ दिनुभयो र सुरक्षित ठाउँमा* ल्याउनुभयो।+
६ यहोवा मेरो साथमा हुनुहुन्छ; म डराउनेछैनँ।+मानिसले मलाई के गर्न सक्छ र?+
७ यहोवा मेरो साथमा हुनुहुन्छ, उहाँ मेरो मदतगार हुनुहुन्छ;*+मलाई घृणा गर्नेहरूको पराजय मैले देख्नेछु।+
८ मानिसमा भरोसा गर्नुभन्दायहोवामा शरण लिनु उत्तम हो।+
९ शासकहरूमा भरोसा गर्नुभन्दायहोवामा शरण लिनु उत्तम हो।+
१० सबै राष्ट्रले मलाई घेरेतर यहोवाको नाममामैले तिनीहरूलाई खेदेँ।+
११ तिनीहरूले मलाई घेरे, हो, चारैतिरबाट घेरेतर यहोवाको नाममामैले तिनीहरूलाई खेदेँ।
१२ मौरीले घेरेझैँ तिनीहरूले मलाई घेरेका थिएतर काँडा-घारीको आगो तुरुन्तै निभेझैँ तिनीहरू निभिहाले।यहोवाको नाममा
मैले तिनीहरूलाई खेदेँ।+
१३ मलाई लडाउन बेसरी धक्का दिइयो*तर यहोवाले मलाई मदत गर्नुभयो।
१४ याह मेरो शरण र मेरो बल हुनुहुन्छ,उहाँ मेरो उद्धारक हुनुभएको छ।+
१५ धर्मीहरूको उद्धार* भएको छ;त्यसैले तिनीहरूको पालमा जयजयकारको आवाज सुनिन्छ।यहोवाको दाहिने हातले आफ्नो शक्ति प्रकट गरेको छ।+
१६ यहोवाको दाहिने हात माथि उचालिएको छ;यहोवाको दाहिने हातले आफ्नो शक्ति प्रकट गरेको छ।+
१७ अहँ, म मर्दिनँ, म बाँच्नेछुर याहका कामहरूको घोषणा गर्नेछु।+
१८ याहले मलाई कडा अनुशासन दिनुभयो+तर उहाँले मलाई मृत्युको हातमा सुम्पनुभएन।+
१९ मेरो लागि धार्मिकताको ढोका खोलिदिनुहोस्।+म त्यहाँबाट प्रवेश गर्नेछु र याहको प्रशंसा गर्नेछु।
२० यो यहोवाको ढोका हो।धर्मीहरू यसबाट प्रवेश गर्नेछन्।+
२१ म तपाईँको प्रशंसा गर्नेछु किनकि तपाईँले मलाई जवाफ दिनुभयो+र तपाईँ मेरो उद्धारक हुनुभयो।
२२ जुन ढुङ्गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने,त्यही ढुङ्गो नै कुनाको शिरढुङ्गो बनेको छ।+
२३ यहोवाले त्यसो गर्नुभएको हो;+यो हाम्रो नजरमा साह्रै अचम्मको छ।+
२४ यो दिन यहोवाले नै तोक्नुभएको हो;हामी हर्ष र आनन्द मनाउनेछौँ।
२५ हे यहोवा, कृपा गरी हामीलाई बचाउनुहोस्, बिन्ती छ!हे यहोवा, बिन्ती छ, हामीलाई विजयी तुल्याउनुहोस्!
२६ यहोवाको नाममा आउने धन्यका हुन्;+यहोवाको भवनबाट हामी तिमीहरूलाई आशिष् दिन्छौँ।
२७ यहोवा परमेश्वर हुनुहुन्छ;उहाँले हामीलाई ज्योति दिनुहुन्छ।+हातमा हाँगाहरू लिएर हामीसँगै चाडको जुलुसमा आओ,+हामी वेदीको सिङसम्मै जाऔँ।+
२८ तपाईँ मेरा परमेश्वर हुनुहुन्छ र म तपाईँको प्रशंसा गर्नेछु;मेरा परमेश्वर, म तपाईँको जयजयकार गर्नेछु।+
२९ यहोवालाई धन्यवाद चढाओ+ किनकि उहाँ भला हुनुहुन्छ;उहाँको अटल प्रेम कहिल्यै टल्दैन।+
फुटनोटहरू
^ “याह,” यहोवा नामको छोटो रूप हो।
^ वा “फराकिलो ठाउँमा।”
^ वा सम्भवतः “मलाई मदत गर्नेहरूसँगै हुनुहुन्छ।”
^ वा सम्भवतः “तैँले मलाई बेसरी धकेलिस्।”
^ वा “विजय।”