भजनसङ्‌ग्रह ११:१-७

  • यहोवामा शरण लिने

    • “यहोवा आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ” ()

    • हत्याहिंसा मन पराउनेलाई परमेश्‍वर घृणा गर्नुहुन्छ ()

निर्देशकलाई; दाउदको रचना। ११  मैले यहोवामा शरण लिएको छु।+ तिमीले कसरी मलाई यसो भन्‍न सक्यौ: “चराजस्तै तिमीहरू आफ्नो पहाडतिर भाग!  २  दुष्टले धनुमा ताँदो चढाएको हेर।सिधासादा मानिसलाई अँध्यारोबाट बाण हान्‍नतिनीहरू निसाना ताक्दै छन्‌।  ३  न्यायको जग भत्काइँदाधर्मीहरूले के नै गर्न सक्छन्‌ र?”  ४  यहोवा आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ।+यहोवाको सिंहासन स्वर्गमा छ।+उहाँले आफ्नै आँखाले, आफ्नो तेजिलो आँखालेमानिसहरूलाई जाँच्नुहुन्छ।+  ५  यहोवा धर्मी अनि दुष्ट दुवैलाई जाँच्नुहुन्छ;+हत्याहिंसा मन पराउनेलाई उहाँ घृणा गर्नुहुन्छ।+  ६  दुष्टलाई पक्रन उहाँ जताततै पासो* थाप्नुहुन्छ;तिनीहरूको कचौरामा आगो र गन्धक+ अनि तातो हावा भर्नुहुन्छ।  ७  यहोवा न्यायी हुनुहुन्छ;+ उहाँलाई न्यायोचित काम मन पर्छ।+सोझाहरूले उहाँको मुहार देख्नेछन्‌।*+

फुटनोटहरू

वा सम्भवतः “बलिरहेको कोइला।”
वा “उहाँको निगाह पाउनेछन्‌।”