गोपनीयता सेटिङहरू

साइट एकदमै राम्रोसँग चलोस् भनेर हामीले कुकीज् र त्यस्तै अरू प्रविधि प्रयोग गर्छौँ। केही कुकीज्‌ हाम्रो वेबसाइट चल्न आवश्यक भएकोले त्यसलाई इन्कार गर्न सकिँदैन। वेबसाइट चलाउन सजिलो बनाउनको लागि मात्र प्रयोग गरिने थप कुकीज्‌को प्रयोगलाई भने तपाईँले स्विकार्न वा अस्वीकार गर्न सक्नुहुन्छ। यसको कुनै पनि जानकारी बिक्री गरिनेछैन न त मार्केटिङ गर्न नै प्रयोग गरिनेछ। थप जानकारी पाउन कुकीज् र त्यस्तै अरू प्रविधिको प्रयोगबारे विश्वव्यापी नीति पढ्नुहोस्। तपाईँ कुनै पनि बेला गोपनीयता सेटिङहरूमा गएर आफ्नो रुचिअनुसार सेटिङ मिलाउन सक्नुहुन्छ।

सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ६

महा-जलप्रलयबाट हामी के सिक्न सक्छौँ?

महा-जलप्रलयबाट हामी के सिक्न सक्छौँ?

परमेश्‍वरले दुष्टहरूलाई नाश गर्नुभयो तर नुह र उनको परिवारलाई बचाउनुभयो। उत्पत्ति ७:११, १२, २३

जहाज पानीमा तैरिन्छ, सबै दुष्टहरू मर्छन्‌ र परमेश्‍वरको विरोध गर्ने स्वर्गदूतहरू मान्छेको रूप त्याग्छन्‌

चालीस दिन र चालीस रात पानी पऱ्‍यो र पृथ्वी जलमग्न भयो। दुष्ट मानिसहरू सबै मरे।

परमेश्‍वरको विरोध गर्ने स्वर्गदूतहरू मान्छेको रूप त्यागेर स्वर्ग फर्के। तिनीहरू नै प्रेतहरू भए।

नुह, उनको परिवार र जनावरहरू जहाजबाट निस्कन्छन्‌ र आकाशमा इन्द्रेनी देखा पर्छ

जहाजभित्र भएकाहरू बचे। हुनत पछि नुह र उनको परिवार मरे, तैपनि परमेश्‍वरले उनीहरूलाई सधैँभरि बाँच्ने आशासहित जीवित पार्नुहुनेछ।

परमेश्‍वरले दुष्टहरूलाई फेरि नाश गर्नुहुनेछ र असल मानिसहरूलाई बचाउनुहुनेछ। मत्ति २४:३७-३९

सैतान र त्यसका प्रेतहरूले मानिसहरूलाई बहकाउन विभिन्‍न उपाय रच्छन्‌

सैतान र त्यसका प्रेतहरूले मानिसहरूलाई अझै बहकाइरहेका छन्‌।

नुहको पालामा जस्तै अहिले पनि थुप्रै मानिसले परमेश्‍वरको मायालु निर्देशन वास्ता गर्दैनन्‌। छिट्टै यहोवा परमेश्‍वरले सबै दुष्टलाई नाश गर्नुहुनेछ।—२ पत्रुस २:५, ६.

यहोवाका साक्षीहरू बाइबल चलाएर एक पुरुषलाई प्रचार गर्दै; एक पुरुष बाइबल पढ्‌दै

अहिले पनि कोही-कोही नुहजस्तै छन्‌। तिनीहरू परमेश्‍वरको कुरा सुन्छन्‌ र उहाँले भनेको मान्छन्‌। तिनीहरू यहोवाका साक्षीहरू हुन्‌।