भाग ३ बाट तपाईँले के सिक्नुभयो?
आफ्नो बाइबल अध्ययन सञ्चालकसित यी प्रश्नहरू छलफल गर्नुहोस्:
१. हितोपदेश २७:११ पढ्नुहोस्।
तपाईँ किन यहोवाप्रति वफादार रहन चाहनुहुन्छ?
(पाठ ३४ हेर्नुहोस्।)
२. बाइबलले कुनै विषयमा तोकेरै आज्ञा दिएको छैन भने पनि तपाईँ कसरी सही निर्णय गर्न सक्नुहुन्छ?
(पाठ ३५ हेर्नुहोस्।)
३. तपाईँ कसरी सबै कुरामा इमानदार हुन सक्नुहुन्छ?
(पाठ ३६ हेर्नुहोस्।)
४. मत्ति ६:३३ पढ्नुहोस्।
‘परमेश्वरको राज्यलाई पहिलो स्थान दिइरहन’ तपाईँ काम र रुपैयाँ-पैसाप्रति कसरी सन्तुलित दृष्टिकोण राख्न सक्नुहुन्छ?
(पाठ ३७ हेर्नुहोस्।)
५. तपाईँ कसरी यहोवाले जस्तै जीवनको कदर गरेको देखाउन सक्नुहुन्छ?
(पाठ ३८ हेर्नुहोस्।)
६. प्रेषित १५:२९ पढ्नुहोस्।
यहोवाले रगतसम्बन्धी दिनुभएको आज्ञा तपाईँ कसरी पालन गर्न सक्नुहुन्छ?
के तपाईँलाई उहाँका आज्ञाहरू व्यावहारिक छन् जस्तो लाग्छ?
(पाठ ३९ हेर्नुहोस्।)
७. दोस्रो कोरिन्थी ७:१ पढ्नुहोस्।
शारीरिक र नैतिक रूपमा स्वच्छ रहनु भनेको के हो?
(पाठ ४० हेर्नुहोस्।)
८. पहिलो कोरिन्थी ६:९, १० पढ्नुहोस्।
बाइबलले यौनप्रति कस्तो दृष्टिकोण राख्छ? के तपाईँ त्यसमा सहमत हुनुहुन्छ?
बाइबलले रक्सीको प्रयोगबारे कस्तो सल्लाह दिन्छ?
९. मत्ति १९:४-६, ९ पढ्नुहोस्।
परमेश्वरले विवाहको लागि कस्तो स्तर तोक्नुभएको छ?
विवाह र सम्बन्धविच्छेद किन कानुनी रूपमा दर्ता भएको हुनुपर्छ?
(पाठ ४२ हेर्नुहोस्।)
१०. के-कस्ता चाडपर्व र उत्सवले यहोवालाई अप्रसन्न तुल्याउँछ? किन?
(पाठ ४४ हेर्नुहोस्।)
११. युहन्ना १७:१६ र प्रेषित ५:२९ पढ्नुहोस्।
तपाईँ कसरी तटस्थ रहन सक्नुहुन्छ?
मानिसको नियम र परमेश्वरको नियम आपसमा बाझिँदा तपाईँ के गर्नुहुन्छ?
(पाठ ४५ हेर्नुहोस्।)
१२. मर्कुस १२:३० पढ्नुहोस्।
तपाईँ यहोवालाई प्रेम गरेको कसरी देखाउन सक्नुहुन्छ?