के सधैँभरि जीवनको आनन्द उठाउन सम्भव छ?
तपाईँ के भन्नुहुन्छ? . . .
छ।
छैन।
हुन सक्छ।
बाइबलले के भन्छ?
“धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन् र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्।”—भजन ३७:२९.
यो कुरा थाह पाउँदा तपाईँलाई कस्तो फाइदा हुन्छ?
परिवार र साथीभाइसित शान्तिमय र उज्ज्वल भविष्यको आनन्द उठाउन सक्नुहुनेछ।—यर्मिया २९:११.
केही समयको लागि मात्र होइन तर सधैँभरि जीवनको आनन्द उठाउन सक्नुहुनेछ।—भजन २२:२६.
के हामी बाइबलका प्रतिज्ञाहरूमा विश्वास गर्न सक्छौँ?
अवश्य! यसको कारण थाह पाउन यस पुस्तिकाका तीन वटा पाठमा भएको प्रमाण केलाउनुहोस्। ती पाठहरू हुन्: