शिक्षण पेटी ९घ
कैद र पुनर्स्थापनासम्बन्धी भविष्यवाणीहरू
यहुदीहरू पुरातन बेबिलोनको कैदमा लगिनेबारे गरिएका थुप्रै भविष्यवाणीको दोस्रो अर्थात् व्यापक पूर्ति धेरै पछि ख्रिष्टियन मण्डली महान् बेबिलोनको कैदमा पर्दा भयो। केही उदाहरण विचार गर्नुहोस्।
१. चेतावनी |
२. कैद |
३. पुनर्स्थापना |
|
---|---|---|---|
पहिलो पूर्ति |
ई.पू. ६०७ अघि—यसैया, यर्मिया र इजकिएल यहोवा परमेश्वरका मानिसहरूलाई चेतावनी दिन्छन्, तैपनि धर्मत्याग फैलिन्छ |
ई.पू. ६०७—यरुसलेम विनाश हुन्छ; परमेश्वरका मानिसहरूलाई बेबिलोनको कैदमा लगिन्छ |
ई.पू. ५३७ र त्यसपछि—बाँकी रहेका वफादार मानिसहरू यरुसलेम फर्कन्छन्, मन्दिर पुनर्निर्माण गर्छन् र फेरि शुद्ध उपासना चढाउन थाल्छन् |
व्यापक पूर्ति |
इ.सं. प्रथम शताब्दी—येसु, पावल र युहन्ना मण्डलीलाई चेतावनी दिनुहुन्छ, तैपनि धर्मत्याग फैलिन्छ |
इ.सं. दोस्रो शताब्दीदेखि—साँचो ख्रिष्टियनहरू महान् बेबिलोनको कैदमा पर्छन् |
इ.सं. १९१९ र त्यसपछि—येसुको शासनअन्तर्गत वफादार अभिषिक्त ख्रिष्टियनहरूले आफूहरू आध्यात्मिक कैदबाट मुक्त भएको र शुद्ध उपासना पुनर्स्थापित भएको अनुभव गर्छन् |