हृदय
प्रतीकात्मक हृदय भनेको हाम्रो सोचाइ, मनसाय, गुण र भावना मुछिएको भित्री व्यक्तित्व हो भनेर बाइबलले कसरी देखाउँछ?
भज ४९:३; हित १६:९; लुका ५:२२; प्रे २:२६
व्य १५:७; भज १९:८ पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
लुका ९:४६-४८—येसुले आफ्ना प्रेषितहरूको हृदयमा अहम् भावना भएको देख्नुभएपछि तिनीहरूलाई सच्याउनुभयो
-
हामीले किन आफ्नो हृदयलाई सुरक्षित राख्नुपर्छ?
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
उत्प ६:५-७—मानिसको हृदयमा भएको दुष्टताले गर्दा हिंसा बढ्यो, जसले गर्दा परमेश्वरले पृथ्वीभरि जलप्रलय ल्याउनुभयो
-
१रा ११:१-१०—राजा सुलेमानले हृदयलाई सुरक्षित राख्न सकेनन्; तिनले विदेशी स्त्रीहरूसित विवाह गरे र उनीहरूले तिनको हृदय यहोवादेखि बहकाइदिए
-
मर्कु ७:१८-२३—येसुले मानिसलाई परमेश्वरको नजरमा अशुद्ध बनाउने सबै कुरा हृदयबाटै निस्कन्छ भनेर बताउनुभयो
-
हामी कसरी हृदयलाई सुरक्षित राख्न सक्छौँ?
भज १९:१४; हित ३:३-६; लुका २१:३४; फिलि ४:८
एज्रा ७:८-१०; भज ११९:११ पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
एफि ६:१४-१८; १थि ५:८—प्रेषित पावलले आध्यात्मिक हातहतियारबारे वर्णन गरे; कवचले मुटुलाई जोगाएझैँ धार्मिकता, विश्वास र प्रेमले हाम्रो प्रतीकात्मक हृदयलाई जोगाउँछ भनी तिनले बताए
-
हाम्रो प्रतीकात्मक हृदयमा समस्या छ भनेर कसरी थाह पाउन सक्छौँ?
हित ६:१२-१४ पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
२इ २५:१, २, १७-२७—राजा अमस्याहले केही समयको लागि परमेश्वरको नजरमा जे सही छ, त्यही गरिरहे तर पूर्ण हृदयले त होइन; पछि तिनी अहङ्कारी र विश्वासघाती भए र त्यसको दुःखद नतिजा भोगे
-
मत्ति ७:१७-२०—खराब रूखले बिग्रेको फल फलाएझैँ हाम्रो हृदयको अवस्था खराब छ भने हाम्रो आचरण पनि खराबै हुन्छ भनेर येसुले बताउनुभयो
-
हामीले किन आफ्नो हृदय असल कुराहरूले भर्नुपर्छ र हामी कसरी त्यसो गर्न सक्छौँ?
भज ११९:९७, १०४; रोमी १२:९-१६; १ति १:५ पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
२रा २०:१-६—राजा हिजकियाह मर्नै लाग्दा तिनले यहोवालाई आफूले पूर्ण हृदयले उहाँको सेवा गरेको कुरा सम्झन र कृपा देखाउन बिन्ती गरे
-
मत्ति २१:२८-३२—येसुले मानिसको हृदयमा भएको कुरा तिनको बोलीमा मात्र होइन, काममा पनि देखिन्छ भनेर बुझाउन उदाहरण चलाउनुभयो
-
यहोवा हाम्रो हृदय जाँच्नुहुन्छ भनेर थाह पाउनु किन आश्वासनदायी कुरा हो?
१स २:३ पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
१स १६:१-१३—भविष्यवक्ता समुएलले यहोवा मानिसको बाहिरी रूप नभई भित्री हृदय हेर्नुहुन्छ भनेर बुझे
-
२इ ६:२८-३१—मन्दिर समर्पणको बेला राजा सुलेमानले गरेको प्रार्थनाबाट यहोवा मानिसको हृदयमा के छ भनी राम्ररी जान्नुहुन्छ र कृपा देखाउनुहुन्छ भनेर प्रस्ट हुन्छ
-