सहनशीलता
के यहोवाका सेवकहरू सहनशील हुनुपर्छ?
मानिसहरूले सुसमाचार सुन्न इन्कार गरेको वा हाम्रो विरोध गरेको किन आशा गर्न सक्छौँ?
मत्ति १०:२२; युह १५:१८, १९; २को ६:४, ५
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
२प २:५; उत्प ७:२३; मत्ति २४:३७-३९—मानिसहरूले “धार्मिकताबारे प्रचार गर्ने नुह”-को कुरा सुनेनन् अनि तिनी र तिनको परिवार मात्र जलप्रलयबाट बचे
-
२ति ३:१०-१४—आफूले लामो समयसम्म सहनशीलता देखाएको कुरा बताएर प्रेषित पावलले तिमोथिलाई सहनशील हुन प्रोत्साहन दिए
-
हामी किन परिवारबाट विरोध आउने आशा गर्न सक्छौँ?
मत्ति १०:२२, ३६-३८; लुका २१:१६-१९
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
उत्प ४:३-११; १यु ३:११, १२—कयिनले आफ्नो भाइको हत्या गरे किनभने तिनी दुष्ट थिए तर हाबिल धर्मी थिए
-
उत्प ३७:५-८, १८-२८—युसुफले दाइहरूलाई यहोवाले देखाउनुभएको सपनाबारे बताएपछि उनीहरूले तिनलाई झन् धेरै घृणा गर्न थाले र दासको रूपमा बेचिदिए
-
हामीले सतावट भोग्दा किन मृत्युदेखि डराउनु पर्दैन?
प्रका २:१० पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
दा ३:१-६, १३-१८—सद्रक, मेसक र अबेद्नेगो मृत्युदण्ड भोग्न तयार भए तर मूर्तिपूजा गरेनन्
-
प्रे ५:२७-२९, ३३, ४०-४२—प्रेषितहरूलाई मृत्युको धम्की आए तापनि तिनीहरू साक्षीकार्यमा लागिरहे र सहनशीलता देखाए
-
हामीले अनुशासन पाएको बेला यहोवाप्रति वफादार रहिरहन कुन कुराले मदत गर्छ?
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
गन २०:९-१२; व्य ३:२३-२८; ३१:७, ८—यहोवाबाट अनुशासन पाउँदा मोसा निराश भए तर तिनले उहाँको सेवा गर्न छोडेनन्
-
२रा २०:१२-१८; २इ ३२:२४-२६—राजा हिजकियाहले पाप गर्दा यहोवाको भविष्यवक्ताले तिनलाई सुधारे तर तिनले नम्र भई अनुशासन स्विकारे अनि यहोवाको सेवा गरिरहे
-
अरूले यहोवाको सेवा गर्न छोड्दा कसरी हाम्रो सहनशीलताको जाँच हुन सक्छ?
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
भज ७३:२-२४—दुष्टहरूको जीवनमा शान्ति र संवृद्धि छाएको देख्दा भजनरचयिताको मनमा सहनशील भई यहोवाको सेवा गर्नुको के फाइदा भन्ने प्रश्न उठ्यो
-
युह ६:६०-६२, ६६-६८—धेरै मानिस येसुलाई छोडेर गए तर प्रेषित पत्रुस भने वफादार भई उहाँको पछि लागिरहे
-
हामीलाई सहनशील हुन कुन कुराले मदत गर्छ?
यहोवासितको घनिष्ठता
बाइबल अध्ययन र मनन गरेर हासिल गरेको परमेश्वरको ज्ञान
यहोवालाई मनैदेखि नियमित रूपमा गरिने प्रार्थना
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
दा ६:४-११—भविष्यवक्ता दानिएलको जीवन नै खतरामा परे तापनि तिनले खुल्लमखुल्ला नियमित रूपमा यहोवालाई प्रार्थना गरे
-
मत्ति २६:३६-४६; हिब्रू ५:७—येसुले पार्थिव जीवनको अन्तिम रातमा व्यग्र प्रार्थना गर्नुभयो अनि अरूलाई पनि त्यसै गर्न आग्रह गर्नुभयो
-
भाइबहिनीसित मिलेर चढाइने उपासना
यहोवाले प्रतिज्ञा गर्नुभएको इनाममा गरिने मनन
यहोवा, ख्रिष्टियन भाइबहिनी र धार्मिकताप्रतिको बलियो प्रेम
बलियो विश्वास
दुःखकष्ट आइपर्दा राखिने सकारात्मक मनोवृत्ति
सहनशील हुनुका केही फाइदाहरू के-के हुन्?
यहोवाको महिमा हुन्छ
हित २७:११; युह १५:७, ८; १प १:६, ७
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
अयु १:६-१२; २:३-५—सैतानले अय्युबको निष्ठामाथि प्रश्न उठाएर यहोवालाई चुनौती दियो अनि त्यसलाई गलत प्रमाणित गर्न अय्युब यहोवाप्रति वफादार र सहनशील हुनुपर्थ्यो
-
रोमी ५:१९; १प १:२०, २१—आदमजस्तो नभई येसुले अन्तसम्मै सहनशीलता देखाउनुभएर यो महत्त्वपूर्ण प्रश्नको जवाफ दिनुभयो: के कुनै त्रुटिरहित मानिसले कठिन परीक्षामा आफ्नो सत्यनिष्ठा कायम राख्न सक्छ?
-
अरूले पनि सहनशील हुन प्रोत्साहन पाउँछन्
सहनशीलताले क्षेत्र सेवामा सफल हुन मदत गर्छ
हामी यहोवाको अनुमोदन र आशिष् पाउँछौँ
मत्ति २४:१३; लुका २१:१९; १को १५:५८; हिब्रू १०:३६
रोमी २:६, ७; या १:१२ पनि हेर्नुहोस्