प्रोत्साहन
परमेश्वरका सेवकहरूले किन एकअर्कालाई प्रोत्साहन दिनुपर्छ?
यहोवा किन एल्डरहरूले भाइबहिनीलाई प्रोत्साहन दिएको चाहनुहुन्छ?
मत्ति ११:२८-३० पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
व्य ३:२८; ३१:७, ८—यहोवाको निर्देशन पाएर मोसाले तिनीपछिका नाइके यहोसुलाई प्रोत्साहन दिए र बलियो बनाए
-
प्रे ११:२२-२६; १४:२२—प्रेषित पावल र बर्णाबासले एन्टिओकका ख्रिष्टियनहरूमाथि सतावट आइपर्दा प्रोत्साहन दिए
-
हामीले अरूलाई प्रोत्साहन दिँदा किन साँचो मनले प्रशंसा गर्नुपर्छ?
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
न्या ११:३७-४०—इस्राएली ठिटीहरू हरेक वर्ष यिप्तहकी छोरीको आत्मत्यागी सेवाको लागि तिनको प्रशंसा गर्न वासस्थानमा जाने गर्थे
-
प्रका २:१-४—येसुले एफिसी मण्डलीका ख्रिष्टियनहरूलाई तिनीहरूले सुधार्नुपर्ने कुरा बताउनुका साथै तिनीहरूको राम्रो पक्षको प्रशंसा पनि गर्नुभयो
-
यहोवाका वफादार सेवकहरूले कसरी एकअर्कालाई प्रोत्साहन दिन सक्छन्?
हित १५:२३; एफि ४:२९; फिलि १:१३, १४; कल ४:६; १थि ५:१४
२को ७:१३, १५, १६ पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
१स २३:१६-१८—जोनाथन सङ्कष्टमा परेको आफ्नो साथी दाउदलाई भेट्न गए र हौसला दिए
-
युह १६:३३—येसुले अनुयायीहरूलाई बलियो पार्न आफूले यस संसारलाई जितेको कुरा बताउनुभयो र तिनीहरूले पनि त्यसो गर्न सक्छन् भन्नुभयो
-
प्रे २८:१४-१६—प्रेषित पावल पुर्पक्षको लागि रोम जाँदा तिनलाई भेट्न र प्रोत्साहन दिन टाढाबाट आएका भाइहरूलाई देखेर साहसी हुन सके
-
हामी अरूको अनादर गर्ने वा गनगन गर्ने मनोवृत्तिदेखि टाढा बस्नु किन महत्त्वपूर्ण छ?
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
गन ११:१०-१५—भविष्यवक्ता मोसा इस्राएलीहरूको नकारात्मक र अनाज्ञाकारी मनोवृत्ति देखेर निरुत्साहित भए
-
गन १३:३१, ३२; १४:२-६—विश्वास कमजोर भएका १० जना जासुसले मानिसहरूलाई निरुत्साहित पारे र विद्रोह मच्चाए
-
हामी भाइबहिनीसित सरसङ्गत गर्दा किन प्रोत्साहन पाउँछौँ?
हित २७:१७; रोमी १:११, १२; हिब्रू १०:२४, २५; १२:१२
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
२इ २०:१-१९—राजा यहोसापातलाई एउटा विशाल सेनाबाट धम्की आएपछि तिनले यहोवालाई प्रार्थना गर्न मानिसहरूलाई एक ठाउँमा भेला गराए
-
प्रे १२:१-५, १२-१७—प्रेषित याकुबलाई मृत्युदण्ड दिइएपछि अनि प्रेषित पत्रुसलाई झ्यालखानामा हालिएपछि यरुसलेमको मण्डलीका भाइबहिनीहरू प्रार्थना गर्न एक ठाउँमा भेला भए
-
परीक्षाको सामना गर्दा भविष्यको आशाबारे मनन गऱ्यौँ भने हामी कसरी अघि बढिरहन सक्छौँ?
प्रे ५:४०, ४१; रोमी ८:३५-३९; १को ४:११-१३; २को ४:१६-१८; १प १:६, ७
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
उत्प ३९:१९-२३; ४०:१-८—युसुफलाई झूटो आरोप लगाइयो अनि अन्यायपूर्ण तरिकामा झ्यालखानामा हालियो तर तिनी यहोवाप्रति वफादार रहे अनि अरूलाई मदत गर्न इच्छुक भए
-
२रा ६:१५-१७—भविष्यवक्ता एलिसा खतरा आइपर्दा निडर रहे अनि तिनको चाकरलाई पनि त्यस्तै दृष्टिकोण राख्न मदत गर्नुहोस् भनेर प्रार्थना गरे
-
यहोवाको वचनमा पाइने प्रोत्साहन
यहोवाले हामीलाई कस्तो आश्वासन दिनुभएको छ?
यहोवाको धैर्य र कृपाबारे विचार गर्दा हामी किन प्रोत्साहन पाउन सक्छौँ?
यहोवा कमजोर महसुस गर्नेहरूलाई कसरी मदत गर्नुहुन्छ?
भज ४६:१; यसै १२:२; ४०:२९-३१; फिलि ४:१३
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
१स १:१०, ११, १७, १८—यहोवाले हन्नाको प्रार्थना सुन्नुभयो अनि उनी दुःखी र निराश हुँदा मनोशान्ति दिनुभयो
-
१रा १९:१-१९—भविष्यवक्ता एलिया निरुत्साहित हुँदा यहोवाले तिनलाई व्यावहारिक मदत दिनुभयो। उहाँले तिनलाई भविष्यको आशा दिएर प्रोत्साहन र सान्त्वना दिनुभयो
-
हामी बाइबलले भविष्यबारे दिने आशाबाट कसरी साहस बटुल्न सक्छौँ?
२इ १५:७; भज २७:१३, १४; हिब्रू ६:१७-१९; १२:२
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
अयु १४:१, २, ७-९, १३-१५—असाध्यै निराश भएका अय्युबले फेरि जीवित हुने आशाबाट सान्त्वना पाए
-
दा १२:१३—लगभग १०० वर्ष पुगेका भविष्यवक्ता दानिएलले एक जना स्वर्गदूतबाट भविष्यमा आफूले पाउने इनामबारे थाह पाउँदा प्रोत्साहन पाए
-
यहोवालाई प्रार्थना गर्दा र उहाँबारे मनन गर्दा हामी कसरी प्रोत्साहन पाउन सक्छौँ?
भज १८:६; ५६:४, ११; हिब्रू १३:६
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
१स ३०:१-९—कठिनाइको सामना गर्दा राजा दाउदले यहोवासित मदत मागे अनि उहाँबाट बल पाए
-
लुका २२:३९-४३—सबैभन्दा गाह्रो परीक्षाको सामना गर्दा येसुले यहोवालाई व्यग्र बिन्ती गर्नुभयो अनि यहोवाले उहाँलाई प्रोत्साहन दिन एक जना स्वर्गदूत पठाइदिनुभयो
-
प्रोत्साहनजनक रिपोर्टहरू सुन्दा र त्यसबारे अरूलाई बताउँदा हामी कसरी हौसला पाउन सक्छौँ?
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
प्रे १५:२-४—प्रेषित पत्रुस र बर्णाबास विभिन्न मण्डलीमा गए अनि तिनीहरूबाट भाइबहिनीले धेरै प्रोत्साहन पाए
-
३यु १-४—आफूले सुसमाचार सुनाएका भाइबहिनीहरूले वफादार भई सेवा गरिरहेका छन् भनेर सुन्दा वृद्ध प्रेषित युहन्नाले धेरै प्रोत्साहन पाए
-