३. अरूको मदत स्वीकार्नुहोस्
तपाईं कसरी बाइबल बुझ्न सक्नुहुन्छ?
३. अरूको मदत स्वीकार्नुहोस्
अन्वेषक एडवर्ड जोन एरले अनकन्टार नुलाबोर फाँटको लामो अनि कठिन यात्रा गर्दा स्थानीय आदिवासीहरूको मदत स्वीकारे। तिनीहरूले तिनलाई बालुवाको ढिस्को र तारपीनको रूखबाट कसरी पानी निकाल्ने त्यो सिकाए। त्यहाँको जमीनमा भिजेका मानिसहरूबाट मदत स्वीकार्दा पछि एरको ज्यान जोगियो।
यो उदाहरणले देखाएझैं कुनै पनि गाह्रो काम फत्ते गर्न प्रायः आफूभन्दा अनुभवी मान्छेको मदत लिनु आवश्यक छ। बाइबल पढ्न सुरु गर्ने सन्दर्भमा पनि यही कुरा लागू हुन्छ।
चेलाहरूले अरूको मदतविना नै बाइबल बुझेको येशूले आशा गर्नुभएन। एकपल्ट “धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूका समझ खोलिदिनुभयो।” (लूका २४:४५) बाइबल पढ्नेहरूलाई धर्मशास्त्रीय शिक्षा बुझ्न मदत चाहिन्छ भनेर येशूले बुझ्नुभयो।
मदत कसबाट?
येशूले आफ्ना साँचो चेलाहरूलाई यो मदत उपलब्ध गराउन आज्ञा दिनुभयो। स्वर्गारोहण हुनअघि येशूले यस्तो आज्ञा दिनुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०) ख्रीष्टियानहरूको प्रमुख काम सिकाउनु हो। यसमा बाइबलका सिद्धान्तहरू दैनिक जीवनमा कसरी लागू गर्न सकिन्छ त्यो बताउनु समावेश छ। साँचो ख्रीष्टियानहरू अरूलाई बाइबल बुझ्न मदत गर्छन्।
येशूले त्यो आज्ञा दिएको केही समय नबित्दै एउटा रोचक घटना घट्यो। इथियोपियाका एक शाही अफिसरले यशैयाको भविष्यवाणीको एउटा अंश पढिरहेका थिए भनी बाइबल बताउँछ। तिनले आफूले पढिरहेको प्रेरित ८:३२, ३३; यशैया ५३:७, ८.
त्यो अंश बुझ्नै सकेनन्। बाइबल विवरणअनुसार त्यो अलमल्याउने अंश यस्तो थियो: “मारिनलाई लगेको थुमा र आफ्नो ऊन कत्रनेको सामु भेडा लाटो भएझैं उसले आफ्नो मुख खोलेन। उसलाई अत्याचार गरियो, र दोष लगाएर ऊ लगियो। उसको पुस्तामध्येको कसले विचार गऱ्यो, कि ऊ जीवितहरूको देशबाट अलग गरियो र मेरो प्रजाको अपराधको निम्ति उसमाथि कुटाइ पऱ्यो?”—ती अफिसरले धर्मशास्त्रमा पोख्त भएका अनुभवी ख्रीष्टियान फिलिपलाई सोधे: “अगमवक्ताले यो कसको विषयमा भनेका हुन्, उनको आफ्नै विषयमा कि अरू कसैको विषयमा?” (प्रेरित ८:३४) ती निष्कपट इथियोपियाली उपासना गर्न पहिले नै यरूशलेम गइसकेका थिए अनि सम्भवतः तिनले डोऱ्याइको लागि प्रार्थना गरेका थिए। स्पष्ट छ तिनी उत्सुक भई अनि नम्र मनोवृत्तिका साथ पढ्दै थिए। तर तिनले अझै पनि यो अंश बुझ्न सकेका थिएनन्। नम्रतापूर्वक तिनले फिलिपलाई मदत मागे। फिलिपले बुझाइदिएपछि तिनी यत्ति रमाए कि आफै ख्रीष्टियान बन्न अग्रसर भए।—प्रेरित ८:३५-३९.
a— “बाइबलका प्रश्नहरूको चित्तबुझ्दो जवाफ” भन्ने पेटी हेर्नुहोस्।
फिलिप अनि सुरु-सुरुका अन्य ख्रीष्टियानहरूको कामलाई अहिले पनि यहोवाका साक्षीहरूले निरन्तरता दिइरहेका छन्। तिनीहरूले २३५ भन्दा बढी मुलुकमा अरूलाई बाइबलले वास्तवमा के सिकाउँछ, त्यो बुझ्न स्वेच्छापूर्वक मदत दिंदै आएका छन्। बाइबलको विषयगत अध्ययन गराएर तिनीहरू त्यसो गर्छन्। क्रमिक रूपमा अध्यायहरू छलफल गर्दै जाने बाइबल अध्ययनको यस तरिकामा कुनै खास विषयबारे बाइबलले के बताउँछ त्यो जाँच्नु समावेश छ।‘सबै प्रश्नहरूको जवाफ पाएँ’
सुरुको लेखमा उद्धरण गरिएका स्टिभन, बाल्बानेरा, अनि जोआनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन सुरु गरे। स्टिभन भन्छन्, “मलाई त साह्रै छक्क लाग्यो। बाइबलका केही सिद्धान्तहरू वा विवरणहरूलाई दाँजेर हेर्दा मात्र पनि खोजेको जवाफ पाइहालें। बाइबल अध्ययन गर्न अगाडि कसैले पनि मलाई यसो गर्न सिकाएको थिएन। बाइबल, सन्तोषजनक जवाफ नदिने अनि आपसमा बाँझिने विचारहरू भएको किताब होइन रहेछ भनेर थाह पाउँदा मलाई एकदमै हाइसन्चो भयो।”
बाल्बानेरा पनि यो कुरामा सहमत छिन्। तिनी भन्छिन्: “सबै कुरा एकदमै सुसंगत अनि तार्किक छ। चर्चले सिकाएकोले मात्र कुनै कुरा विश्वास गर्ने होइन तर हरेक कुराको तार्किक पक्ष हुँदो रहेछ भनेर मैले थाह पाएँ।” जोआन भन्छिन्: “तथ्य कुरा के हो भने सबै प्रश्नहरूको जवाफ बाइबलबाटै पाएकीले यसका लेखकप्रति मेरो हृदय श्रद्धाले भरिएको छ। किनभने उहाँले मानिसहरूलाई अलमल्याउने थुप्रै प्रश्नहरू हुन्छन् भनेर बुझ्नुभयो र त्यसको सन्तोषजनक जवाफ बाइबलमा लिपिबद्ध गराउनुभयो।”
के तपाईं कुनै यहोवाको साक्षीलाई चिन्नुहुन्छ? त्यसो हो भने तिनलाई यो बाइबल अध्ययन कार्यक्रम कसरी गरिन्छ देखाउनुहोस् भने कसो होला? यदि तपाईं व्यक्तिगत रूपमा कुनै पनि यहोवाका साक्षीलाई चिन्नुहुन्न भने कृपया यस पत्रिकाको पृष्ठ ४ मा दिइएका कुनै एउटा ठेगानामा पत्राचार गर्नुहोस्। परमेश्वरको पवित्र आत्मा, पूर्वाग्रहविनाको अध्ययन अनि अनुभवी बाइबल शिक्षकको व्यक्तिगत मदतद्वारा परमेश्वरको वचन तपाईंको लागि बन्द किताब हुनेछैन। तपाईं बाइबल बुझ्न सक्नुहुन्छ! ( w 09 7/1)
[फुटनोट]
a बाइबलको विषयगत अध्ययनको लागि धेरैलाई मदत गरेको एउटा किताब हो, यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ?
[पृष्ठ ८-मा भएको पेटी/चित्र]
बाइबलका प्रश्नहरूको चित्तबुझ्दो जवाफ
बाइबल अध्ययन कार्यक्रममा यहोवाका साक्षीहरूले छलफल गर्ने केही विषयहरू:
• पृथ्वीको लागि परमेश्वरको उद्देश्य के हो?
• मरिसकेकाहरू कहाँ छन्?
• के हामी “आखिरी दिनमा” बाँचिरहेका छौं?
• परमेश्वरले किन दुःखकष्ट रहिरहन दिनुहुन्छ?
• म आफ्नो पारिवारिक जीवनलाई कसरी आनन्दित बनाउन सक्छु?
[पृष्ठ ७-मा भएको चित्रहरू]
बाइबल बुझ्न . . . परमेश्वरलाई पवित्र आत्मा माग्नुहोस्, पूर्वाग्रह नराखी पढ्नुहोस् अनि अरूको मदत स्वीकार्नुहोस्