अब्राहाम र सारा तपाईं तिनीहरूको विश्वासको अनुकरण गर्न सक्नुहुन्छ!
अब्राहाम र सारा तपाईं तिनीहरूको विश्वासको अनुकरण गर्न सक्नुहुन्छ!
तिनलाई “विश्वास गर्नेहरू सबैका पिता” भनिन्छ। (रोमी ४:११) तिनकी प्रिय पत्नीसित पनि त्यो गुण थियो। (हिब्रू ११:११) तिनीहरू ईश्वरभीरु कुलपिता अब्राहाम र तिनकी भक्त पत्नी, सारा थिए। तिनीहरू किन विश्वासका त्यस्तो असल उदाहरण भए? तिनीहरूले सहेका केही परीक्षाहरू के थिए? अनि तिनीहरूको जीवनीले हाम्रो लागि कस्तो महत्त्व राख्छ?
परमेश्वरले अब्राहामलाई आफ्नो घर छोड्ने आज्ञा दिनुहुँदा तिनले विश्वास देखाए। यहोवाले यसो भन्नुभयो: “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका जहानबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा।” (उत्पत्ति १२:१) विश्वासी कुलपिताले आज्ञा माने किनभने यसो भनिएको छ: “विश्वासैबाट बोलावट भएपछि अधिकारको निम्ति आफूले पाउने ठाउँमा निस्केर जानालाई अब्राहामले आज्ञा पालन गरे, र कता जाने हो, सो नजानीकनै उनी निस्केर गए।” (हिब्रू ११:८) त्यसरी अर्कै ठाउँ जानुमा के कस्ता कुराहरू समावेश थिए, विचार गर्नुहोस्।
अब्राहाम ऊरमा बस्थे र यो ठाउँ हाल दक्षिणी इराकमा पर्छ। ऊर, एउटा फस्टाउँदो मेसोपोटामियाली केन्द्र थियो र यसले फारसको खाडी तथा सम्भवतः सिन्धुघाटीसित व्यापार गर्थ्यो। ऊरको व्यवस्थित उत्खनन कार्य सुपरिवेक्षण गरेका सर लिओनार्ड वुलीले औंल्याएअनुसार अब्राहामको समयमा त्यहाँका प्रायजसो घरहरू इँटाले बनाइएका अनि त्यसको भित्ता प्लास्टर गरेर सेतो रङ पोतिएको हुन्थ्यो। उदाहरणका लागि, एक जना संवृद्ध नागरिकको घर दुई तले र बीचको चोकमा ढुङ्गा छापिएको हुन्थ्यो। भुइँतलामा घरेलु कामदार र पाहुनाहरू बस्थे। पहिलो तलामा चारैतिर काठले बनाइएको बार्दली हुन्थ्यो र यहाँबाट परिवारका सदस्यहरूको कोठा-कोठामा जान सकिन्थ्यो। यस्तो १० देखि २० वटा कोठा भएका घरहरू “तुलनात्मक हिसाबले ठूला, सजिला, आरामदायी अनि पूर्वी स्तरअनुसार विलासी हुन्थे” भनी वुली बताउँछन्। ती “अक्सर उच्च ओहदाका सभ्य मानिसहरूका घर हुन्थे अनि अति विकसित सहरी जीवनको लागि उपयुक्त हुन्थे।” अब्राहाम र साराले पालमा बस्न त्यस्तो घर छोडे भने तिनीहरूले यहोवाको आज्ञा पालन गर्न अवश्य ठूला त्यागहरू गरेको हुनुपर्छ।
सर्वप्रथम, अब्राहाम आफ्नो परिवारसित हारान पुगे र यो उत्तरी मेसोपोटामियामा पर्छ। त्यसपछि तिनीहरू कनानमा गए। त्यो १,६०० किलोमिटर टाढा थियो—एउटा वृद्ध दम्पतीको लागि यात्रा गर्न यो चानचुने दूरी थिएन! हारान छोड्दा अब्राहाम ७५ वर्षका र सारा ६५ वर्षकी थिइन्।—उत्पत्ति १२:४.
१ पत्रुस ३:५, ६) यो सम्बोधनलाई कोही-कोही शास्त्रविद्हरू साराले अब्राहामप्रति “सधैं देखाउने आदरपूर्ण मनोवृत्ति र व्यवहार थियो” र यसले उनको “सोचाइ र भावनाको साँचो बानीको” प्रमाण दिन्छ भन्ठान्छन्। तर सबैभन्दा मुख्य कुरा, साराले यहोवामा भरोसा राखिन्। उनको अधीनता र विश्वास, मसीही पत्नीहरूका लागि असल उदाहरण हो।
अब्राहामले अब ऊर छोड्नुपर्नेछ भनेर सारालाई सुनाउँदा उनलाई कस्तो लाग्यो होला? आफ्नो आरामदायी घर छोड्ने, अपरिचित भूमि तथा सम्भवतः वैरी मुलुकमा बसोबास गर्ने अनि न्युन जीवनस्तर बिताउने कुराले उनलाई चिन्तित बनाएको हुन सक्छ। तैपनि, साराले अब्राहामलाई आफ्नो “स्वामी” मानेर अधीनमा बस्थिन्। (हो, परमेश्वरको आज्ञा पालन गर्न हामीलाई आफ्नो घर छोड्नू भनिएको छैन तर कोही-कोही पूर्ण-समय प्रचारकहरूले अर्को देशमा सुसमाचार प्रचार गर्न आफ्नो जन्मभूमि छोडेका छन्। जुनसुकै ठाउँमा सेवा गरे तापनि जबसम्म हामीले आध्यात्मिक कुराहरूलाई आफ्नो जीवनमा प्राथमिकता दिन्छौं, उहाँले हाम्रा आवश्यकताहरूको हेरचाह गर्नुहुनेछ।—मत्ती ६:२५-३३.
आफूले गरेको निर्णयमा नता सारा न अब्राहाम नै पछुताए। प्रेरित पावलले यसो भने, “साँच्चिनै यदि तिनीहरू जुन देशबाट निस्केर गएका हुन् त्यही देश सम्झेका भएदेखि ता तिनीहरूलाई फर्कने अवसर मिल्नेथियो।” तर तिनीहरू फर्केनन्। यहोवाले “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ” भन्ने कुरामा विश्वस्त हुँदै तिनीहरूले उहाँका प्रतिज्ञाहरूमा विश्वास गरे। यहोवालाई पूरा तनमनले भक्ति चढाइरहने हो भने हामीले पनि उहाँका प्रतिज्ञाहरूमा विश्वास गरिरहनै पर्छ।—हिब्रू ११:६, १५, १६.
आध्यात्मिक तथा भौतिक धन
अब्राहाम कनान पुगेपछि परमेश्वरले तिनलाई यसो भन्नुभयो: “म तेरा सन्तानलाई यो देश दिनेछु।” अब्राहामले यहोवाको नाउँमा एउटा वेदी बनाएर अनि “परमप्रभुको [“यहोवाको,” NW] नाउँ पुकारा” गरेर प्रत्युत्तर उत्पत्ति १२:७, ८) यहोवाले अब्राहामलाई सम्पन्न बनाउनुभयो अनि पालमा तिनीसित बस्नेहरू थुप्रै भए। एक चोटि, तिनले आफ्नो घरमा जन्मेर तालिम पाएका ३१८ जना दासलाई भेला गरेका थिए र भनिन्छ, “तिनको समूहमा एक हजारभन्दा बढी पुगेको हुनुपर्छ।” कारण जेसुकै होस्, मानिसहरूले तिनलाई “एक शक्तिशाली शासक” ठान्थे।—उत्पत्ति १३:२; १४:१४; २३:६.
दिए। (अब्राहामले उपासनामा नेतृत्व लिए, आफ्ना घरानालाई “धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई” सिकाए। (उत्पत्ति १८:१९) वर्तमान समयका मसीही परिवारका शिरहरूले अब्राहामको उदाहरणबाट प्रोत्साहन पाउन सक्छन्, जसले आफ्नो घरानाका सदस्यहरूलाई यहोवामा भरोसा राख्न र धार्मिक मार्गमा चल्न सिकाएका थिए। त्यसकारण साराको मिश्री दासी हागार, कुलपिताको जेठो दास र अब्राहामको छोरा इसहाक यहोवा परमेश्वरमा भर पर्नु कुनै अचम्मको कुरा होइन।—उत्पत्ति १६:५, १३; २४:१०-१४; २५:२१.
अब्राहामले शान्ति खोजे
अब्राहामको जीवनमा घटेका घटनाहरूले अब्राहामको ईश्वरीय व्यक्तित्व थियो भनेर देखाउँछ। आफ्नो र आफ्ना भतिजा लूतका गोठालाहरूबीच झगडा भइरहन दिनुको साटो अब्राहामले छुट्टिने सुझाव दिए अनि आफूभन्दा कान्छो लूतलाई उनले चाहेको जमिन रोज्न दिए। अब्राहाम शान्ति खोज्ने मानिस थिए।—उत्पत्ति १३:५-१३.
आफ्नो अधिकारमा जिद्दी गर्ने वा शान्ति कायम गर्न केही त्याग गर्नुपर्ने कुराबीच छनौट गर्नुपर्ने अवस्था आइपऱ्यो भने अब्राहामले लूतलाई पहिलो मौका दिएकोमा यहोवाले अब्राहामलाई वञ्चित गराउनुभएन भन्ने कुरा हामी याद गर्न सक्छौं। त्यसको विपरीत, आफ्नो आँखाले भ्याउन्जेल चारै दिशामा भएको जमिन अब्राहाम र तिनको सन्तानलाई दिनेछु भनी परमेश्वरले प्रतिज्ञा गर्नुभयो। (उत्पत्ति १३:१४-१७) “धन्य मेल-मिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्वरका पुत्र कहलाइनेछन्” भनी येशूले भन्नुभयो।—मत्ती ५:९.
अब्राहामको सन्तान को हुनेछ?
सन्तानको प्रतिज्ञाको बावजुद सारा बाँझी थिइन्। अब्राहामले यो कुरा परमेश्वरलाई पोखे। के तिनको दास एलीएजर तिनको सबै सम्पत्तिको मालिक हुने थियो? हुने थिएन किनभने यहोवाले यसो भन्नुभयो: “यो मानिस चाहिं तेरो उत्तराधिकारी, हुनेछैन, तर जो तेरो आफ्नै छोरा हुन्छ त्यहीनै तेरो उत्तराधिकारी हुनेछ।”—उत्पत्ति १५:१-४.
तैपनि तिनीहरूको सन्तान जन्मिएको थिएन अनि ७५ वर्षीया साराले गर्भवती हुने आशा मारिसकेकी थिइन्। यसैकारण उनले अब्राहामलाई यसो भनिन्: “हेर्नुहोस्, परमप्रभुले मेरो कोख बन्द गरिदिनुभएको छ। यसकारण मेरी कमारीकहाँ जानुहोस्। सायद त्यसबाट मेरो निम्ति सन्तान हुनसक्छ होला।” त्यसपछि अब्राहामले हागारलाई आफ्नी उपपत्नीको रूपमा लिए, ऊसित सम्बन्ध राखे अनि ऊ गर्भवती भई। हागारले आफू गर्भवती भएको कुरा थाह पाउने बित्तिकै आफ्नी मालिक्नीलाई तुच्छ दृष्टिले हेर्न थाली। साराले अति विचलित हुँदै अब्राहामलाई गुनासो गरिन् अनि हागारसित कठोर व्यवहार गर्न थालिन् जसले गर्दा त्यो दासी भागेर गई।—उत्पत्ति १६:१-६.
अब्राहाम र साराले आफूलाई उचित लागेअनुसार त्यतिबेलाको स्वीकार्य चलनअनुसार कदम चाले। तथापि, यो अब्राहामको सन्तान जन्माउने यहोवाको तरिका थिएन। हाम्रो देशको संस्कृतिले विभिन्न अवस्थामा केही व्यवहारहरू ठीकै ठहराउला तर त्यसो भन्दैमा यहोवा पनि सहमत हुनुहुनेछ भन्ने होइन। हाम्रो परिस्थितिप्रति उहाँको दृष्टिकोण बिलकुलै फरक हुन सक्छ। यसर्थ, हामीले परमेश्वरको निर्देशन खोज्नुपर्छ र हामीले कस्तो व्यवहार गरेको चाहनुहुन्छ देखाउनुहोस् भनी प्रार्थना गर्नुपर्छ।—भजन २५:४, ५; १४३:८, १०.
यहोवाको निम्ति “कुनै कुरो औधी कठिन” छैन
अन्ततः हागारले अब्राहामको निम्ति इश्माएल नाउँको छोरा जन्माई। यद्यपि, ऊ प्रतिज्ञा गरिएको सन्तान थिएन। ढल्कँदो उमेरको बावजुद साराले नै सन्तान जन्माउनुपर्ने थियो।—उत्पत्ति १७:१५, १६.
उत्पत्ति १७:१७) साराले सुन्ने गरी स्वर्गदूतले सन्देश दोहऱ्याएपछि उनी पनि ‘मनमनै हाँसिन्।’ तर यहोवाको लागि “कुनै कुरो औधी कठिन” छैन। उहाँले चाहनुभएको सबै कुरा गर्न सक्नुहुन्छ भनी हामी पनि विश्वास राख्न सक्छौं।—उत्पत्ति १८:१२-१४.
साराले आफ्नो पतिको लागि छोरा जन्माउनेछिन् भनेर परमेश्वरले बताउनुभएपछि “अब्राहाम घोप्टो परी मनमनै हाँसेर भने, ‘के सय वर्ष पुगिसकेकोलाई सन्तान होला? नब्बे वर्ष पुगेकी साराले बालक जन्माउलिन् र?’ ” (“विश्वासैबाट साराले पनि आफ्नो उमेर ढल्किसकेपछि गर्भधारण गर्ने शक्ति पाइन्। किनभने प्रतिज्ञा गर्नुहुनेलाई तिनले विश्वासयोग्यका गनेकी थिइन्।” (हिब्रू ११:११) समयमा साराले इसहाकलाई जन्माइन् जसको नाउँको अर्थ हो, “हाँसो।”
परमेश्वरका प्रतिज्ञाहरूमा पूर्ण भरोसा
यहोवाले इसहाक नै चिरप्रतीक्षित सन्तान हुन् भनेर चिनाउनुभयो। (उत्पत्ति २१:१२) त्यसैले परमेश्वरले अब्राहामलाई तिनको सन्तान बलि चढाऊ भन्नुहुँदा तिनी अवाक् भएको हुनुपर्छ। यद्यपि, परमेश्वरमाथि पूर्ण भरोसा राख्ने अब्राहामसित ठोस कारण थियो। के यहोवाले इसहाकलाई मृत्युबाट बिउँताउन सक्नुहुन्न थियो र? (हिब्रू ११:१७-१९) के परमेश्वरले नै इसहाकको जन्म सम्भव गराउन अब्राहाम र साराको प्रजनन शक्तिलाई चमत्कारपूर्ण ढङ्गमा पुनर्जीवित पार्नुभएको थिएन र? आफ्ना प्रतिज्ञाहरू पूरा गर्ने परमेश्वरको क्षमतामा विश्वस्त भई अब्राहाम आज्ञा पालन गर्न तयार थिए। हो, तिनलाई आफ्नो छोरामाथि छुरी प्रहार गर्नदेखि रोकियो। (उत्पत्ति २२:१-१४) तैपनि, यस सन्दर्भमा अब्राहामको भूमिकाले यहोवा परमेश्वरलाई पनि ‘आफ्नो एकमात्र पुत्रमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्’ भनेर आफ्नो पुत्रलाई अर्पण गर्न कति गाह्रो भएको हुनुपर्छ भनेर बुझ्न हामीलाई मदत गर्छ।—यूहन्ना ३:१६; मत्ती २०:२८.
यहोवाले प्रतिज्ञा गर्नुभएको सन्तानले कनानको भूमिमा झूटो उपासकसित विवाह गर्न सक्दैनन् भन्ने कुरा परमेश्वरमाथिको विश्वासले गर्दा अब्राहामलाई स्पष्ट भयो। ईश्वरभीरु आमाबाबुले आफ्ना छोराछोरीको विवाह यहोवाको उपासना नगर्ने व्यक्तिसित गर्न कसरी अनुमति दिन सक्छन् र? यसकारण अब्राहामले आफू बसेको ठाउँबाट ८०० किलोमिटर पर मेसोपोटामियामा आफ्ना नातेदारहरूमाझ इसहाकको निम्ति सुहाउँदो पत्नी खोजे। परमेश्वरले इसहाककी दुलही र मसीहको पुर्खा हुन रोज्नुभएकी स्त्री रिबेका नै हुन् भनी सङ्केत गर्नुभएर यो प्रयासमाथि आशिष् दिनुभयो। हो, यहोवाले “सबै कुरामा अब्राहामलाई आशिष् दिनुभएको थियो।”—उत्पत्ति २४:१-६७; मत्ती १:१, २.
सबै राष्ट्रहरूको निम्ति आशिष्
अब्राहाम र सारा परीक्षाहरू सहन तथा परमेश्वरका प्रतिज्ञाहरूमा विश्वास राख्न उदाहरणीय थिए। ती प्रतिज्ञाहरूको पूर्ति मानिसजातिका अनन्त प्रत्याशाहरूसित सम्बन्धित छन् किनभने यहोवाले अब्राहामलाई उत्पत्ति २२:१८.
यस्तो आश्वासन दिनुभयो: “तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्।”—निस्सन्देह, अब्राहाम र सारा हामी जस्तै असिद्ध थिए। तथापि, परमेश्वरको इच्छा प्रस्ट भएपछि जस्तोसुकै मूल्य चुकाउनुपरे तापनि तिनीहरूले उहाँको आज्ञा पालन गर्न ढिला-सुस्ती गरेनन्। त्यसैकारण अब्राहामलाई “परमेश्वरका मित्र” र सारालाई “परमेश्वरमा आशा राख्ने पवित्र स्त्री” भनेर सम्झना गरिन्छ। (याकूब २:२३; १ पत्रुस ३:५) अब्राहाम र साराको विश्वास अनुकरण गर्ने प्रयास गर्दै हामी पनि परमेश्वरसित अनमोल घनिष्ठ सम्बन्ध राख्न सक्छौं। यहोवाले अब्राहामलाई गर्नुभएका अनमोल प्रतिज्ञाहरूबाट हामी पनि लाभ उठाउन सक्छौं।—उत्पत्ति १७:७.
[पृष्ठ २६-मा भएको चित्र]
तिनीहरूको विश्वासले गर्दा यहोवाले अब्राहाम र सारालाई बुढेसकालमा छोरा दिएर आशिष् दिनुभयो
[पृष्ठ २८-मा भएको चित्र]
अब्राहामको उदाहरणले हामीलाई यहोवाले आफ्नो एक मात्र पुत्र मर्न पठाउनुहुँदा कस्तो महसुस गर्नुभयो भनेर बुझ्न मदत गर्छ