सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू किन तपाईंकहाँ घरी-घरी आइरहन्छन्‌?

यहोवाका साक्षीहरू किन तपाईंकहाँ घरी-घरी आइरहन्छन्‌?

यहोवाका साक्षीहरू किन तपाईंकहाँ घरी-घरी आइरहन्छन्‌?

यहोवाका साक्षीहरू जुन लगनशीलताका साथ घर-घरको सेवकाईमा जान्छन्‌, त्यसको लागि तिनीहरू विश्‍वभर चिनिन्छन्‌। विशेष गरी साक्षीहरूको सन्देशमा पहिला खासै चासो नदेखाएकाहरूकहाँ पनि तिनीहरू किन घरी-घरी आइरहेका होलान्‌ भनेर कतिपय मानिसहरू भन्‍ने गर्छन्‌। रूसबाट प्राप्त दुईवटा पत्रले यसको कारण प्रस्ट्याउन मदत गर्छ।

खाबारोभ्स्ककी १९ वर्षीया मासा यस प्रकार स्वीकार्छिन्‌, “कुरा नलुकाई भन्‍ने हो भने, पहिले-पहिले म महामारीदेखि टाढा बसेजस्तै यहोवाका साक्षीहरूदेखि पनि सक्दो टाढै बस्ने कोसिस गर्थें।” तथापि, साक्षीहरूले प्रकाशित गरेका केही पत्रिकाहरू पढेपछि तिनले आफ्नो मनोवृत्ति परिवर्तन गरिन्‌। मासा यस्तो लेख्छिन्‌, “पत्रिकामा भएका कुराहरू एकदमै रोचक हुनुका साथै शिक्षामूलक छन्‌ तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा त, यसले कुनै पनि व्यक्‍तिलाई संसारप्रति भिन्‍न दृष्टिकोण राख्न मदत गर्छ। मानिसहरूलाई बाँच्न दिइनुको उद्देश्‍य मैले बिस्तारै बुझ्न थालेकी छु।”

भ्लाडिभोस्टकदेखि लगभग ८० किलोमिटर टाढा अस्युरिस्क सहरकी स्वेटलानाले यस्तो लेखिन्‌: “मैले प्रहरीधरहराब्यूँझनुहोस्‌! पढ्‌न थालेको त्यति धेरै भएको छैन। यी पत्रिकाहरू हाम्रो वर्तमान समयको लागि निकै आवश्‍यक छन्‌। मलाई सम्पूर्ण लेखहरू पढ्‌न साह्रै रमाइलो लाग्छ। यी लेखहरू अति रोचक, जानकारीमूलक तथा शिक्षामूलक छन्‌। यस संसारमा हुनुभएकोमा र यस्तो दयालु तथा महत्त्वपूर्ण कार्य गर्नुभएकोमा तपाईंहरूलाई धेरै-धेरै धन्यवाद!”

संसारभरिका यहोवाका साक्षीहरूले प्रेरित पावलको सोच्न लगाउने यस प्रश्‍नलाई गम्भीरतासाथ लिने गर्छन्‌: “प्रचार गर्नेविना तिनीहरूले कसरी सुन्‍नसक्लान्‌?” (रोमी १०:१४) परमेश्‍वरको वचन बाइबलमा पाइने सान्त्वनाको सन्देशबाट तपाईंले पनि आनन्द उठाउन सक्नुहुन्छ।