मानसिक सुस्वास्थ्यबारे ईश्वरको प्रतिज्ञा
ईश्वरले बाइबलमार्फत मानसिक तनावसित जुझ्न डोऱ्याइ र सान्त्वना दिनुभएको छ।
त्यसको साथै उहाँले मानसिक तनाव गराउने सबै कुरा सदाका लागि हटाउने प्रतिज्ञा पनि गर्नुभएको छ।
उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएपछि भावनात्मक चोट, मानसिक तनाव र विगतका तीता अनुभवहरू ‘फेरि सम्झनामा आउनेछैनन्; ती कुराहरू हामीले फेरि कहिल्यै आफ्नो मनमा खेलाउनेछैनौँ।’—यसैया ६५:१७.
यो मन छुने प्रतिज्ञा ईश्वरले कहिले र कसरी पूरा गर्नुहुनेछ भनेर तपाईँलाई बुझाउन यहोवाका साक्षीहरू खुसी हुनेछन्।