अध्ययन लेख ९
यहोवाले तपाईँलाई दिलासा देऊन्
“जब चिन्ता र फिक्रीले मलाई छोप्यो, तब तपाईँले मलाई सान्त्वना र दिलासा दिनुभयो।”—भज. ९४:१९.
गीत ४४ दुःखी मानिसको प्रार्थना
परिचय *
१. कस्ता कारणले हामी चिन्तित हुन सक्छौँ? यसले हामीमा कस्तो असर पार्न सक्छ?
के तपाईँ कहिल्यै चिन्ताले पिरोलिनुभएको छ? * सायद अरूले भनेको वा गरेको कुराले तपाईँको चित्त दुखेको हुन सक्छ। अथवा आफैले भनेको वा गरेको कुराले तपाईँ चिन्तित हुनुभएको होला। जस्तै, कुनै गल्ती गरेकोले गर्दा यहोवाले तपाईँलाई कहिल्यै क्षमा दिनुहुन्न भन्ने चिन्ता लागेको हुन सक्छ। साथै चिन्तामा डुब्नुको कारण आफूसित विश्वासको कमी भएको अनि आफू खराब मानिस हुँ जस्तो लागेकोले हुन सक्छ। यस्तो सोचाइले चिन्ता झनै बढाउँछ। तर के यस्तो सोचाइ सही हो?
२. चिन्तित हुनु भनेको विश्वासको कमी हुनु होइन भनेर बाइबलका कस्ता उदाहरणहरूले देखाउँछ?
२ बाइबलका केही उदाहरणहरू विचार गर्नुहोस्। भविष्यवक्ता समुएलकी आमा हन्ना निकै बलियो विश्वास भएकी स्त्री थिइन्। तैपनि परिवारको एक जना सदस्यले तिनीसित रुखो व्यवहार गर्दा तिनलाई चिन्ताले पिरोल्यो। (१ समु. १:७) प्रेषित पावल बलियो विश्वास भएका पुरुष थिए। तैपनि “सबै मण्डलीको चिन्ताले” तिनलाई सताइरहन्थ्यो। (२ कोरि. ११:२८) राजा दाउद बलियो विश्वास भएका मानिस थिए; त्यसैले यहोवाले तिनलाई मन पराउनु भयो। (प्रेषि. १३:२२) तैपनि दाउद गल्ती गर्न पुगे, जसले गर्दा तिनले चिन्ताको गह्रौँ भारीले थिचिएजस्तै महसुस गरे। (भज. ३८:४) यहोवाले यी प्रत्येकलाई सान्त्वना र दिलासा दिनुभयो। यिनीहरूको उदाहरणबाट कस्तो पाठ सिक्न सक्छौँ, विचार गरौँ।
बलियो विश्वास भएकी हन्नाबाट के सिक्न सक्छौँ?
३. अरूको बोलीले कसरी हामीलाई चिन्तित बनाउन सक्छ?
३ अरूले हामीसित घोच्ने बोली बोल्दा अथवा रुखो व्यवहार गर्दा हामीलाई चिन्ता लाग्न सक्छ। विशेषगरि घनिष्ठ साथी अथवा नातेदारले त्यस्तो व्यवहार गर्दा झनै चिन्ता लाग्छ। त्यस्तो हुँदा तिनीसितको हाम्रो सम्बन्ध टुट्यो जस्तो लाग्न सक्छ। कहिलेकाहीँ कसैले सोचविचार नगरी बोलेकोले हाम्रो चित्त दुख्न सक्छ, जसले गर्दा हामीलाई तरबारले घोचेजस्तै महसुस हुन्छ! (हितो. १२:१८) अथवा कसै-कसैले भने जानाजानी घोच्ने बोली बोल्छन्। एक जवान बहिनीले यस्तै अनुभव गरिन्। तिनी भन्छिन्: “मैले घनिष्ठ ठानेको साथीले केही वर्षअघि इन्टरनेटमा मेरो बारेमा गलत कुरा फैलाइन्। त्यसबारे थाह पाउँदा मेरो एकदमै चित्त दुख्यो र म चिन्तित भएँ। उनले किन त्यस्तो घोच्ने व्यवहार गरेकी होलिन् भनेर मैले बुझ्नै सकिनँ।” तपाईँलाई पनि आफ्नो घनिष्ठ साथी अथवा नातेदारले चित्त दुख्ने व्यवहार गरेको छ भने हन्नाको उदाहरणबाट थुप्रै कुरा सिक्न सक्नुहुन्छ।
४. हन्नाले कस्ता गाह्रा परिस्थितिहरूको सामना गर्नुपऱ्यो?
४ हन्नाले गाह्रा परिस्थितिहरूको सामना गर्नुपरेको थियो। थुप्रै वर्षसम्म हन्नाका कुनै सन्तान थिएनन्। (१ समु. १:२) इस्राएली समाजमा बाँझी स्त्रीलाई श्रापित ठानिन्थ्यो। यसले गर्दा हन्नाले साह्रै अपमानित महसुस गरिन्। (उत्प. ३०:१, २) त्यसमाथि उनको सौता पनिन्नाहको भने छोराछोरी थिए। पनिन्नाहले हन्नाको डाह गर्थिन् र “दिनरात खिल्ली उडाएर उनलाई दुःख दिइरहन्थिन्।” (१ समु. १:६) सुरु-सुरुमा हन्नालाई यी सब सहन निकै गाह्रो भयो। उनी यत्ति निराश भइन् कि “केही नखाई रोएर बसिरहन्थिन्।” उनी “अत्यन्तै लाचार” भएकी थिइन्। (१ समु. १:७, १०) यस्तो अवस्थामा हन्नाले कहाँबाट सान्त्वना पाइन्?
५. प्रार्थनाले हन्नालाई कसरी मदत गऱ्यो?
५ हन्नाले प्रार्थनामार्फत यहोवालाई आफ्नो मनको बह पोखिन्। प्रार्थना गरेपछि उनले प्रधानपुजारी एलीलाई आफ्नो अवस्था बताइन्। एलीले उनलाई यसो भने: “ढुक्क भएर जाऊ! इस्राएलका परमेश्वरले तिम्रो मनोकामना पूरा गरिदेऊन्।” त्यसपछि के भयो? हन्ना “त्यहाँबाट गइन् र केही खाइन्। त्यसपछि उनी फेरि उदास भइनन्।” (१ समु. १:१७, १८) प्रार्थनाले हन्नालाई फेरि मनोशान्ति पाउन मदत गऱ्यो।
६. हन्ना अनि फिलिप्पी ४:६, ७ बाट प्रार्थनाबारे हामी कस्ता पाठ सिक्न सक्छौँ?
१ समु. १:१२) हामी पनि आफ्ना चिन्ता, डर अनि कमीकमजोरीबारे यहोवासँग लामो समय कुरा गर्न सक्छौँ। हाम्रा प्रार्थनाहरू कवितात्मक अथवा मीठा शब्दहरूले भरिएको हुनुपर्छ भन्ने छैन। कहिलेकाहीँ यहोवालाई आफ्नो मनको बह पोखाउँदा हाम्रो आँखाबाट आँसुको धारा पनि बग्न सक्छ। तैपनि यहोवा हाम्रो कुरा सुनेर कहिल्यै थाक्नुहुन्न। हामीले प्रार्थनामा आफ्ना समस्याहरूबारे बताउने मात्र नभई फिलिप्पी ४:६, ७ मा दिइएको सल्लाह पनि याद गर्नुपर्छ। (पढ्नुहोस्) हामीले प्रार्थनामार्फत यहोवालाई धन्यवाद चढाउनुपर्छ, उहाँलाई कृतज्ञता व्यक्त गर्नुपर्छ भनेर पावलले तोकेरै बताए। हामीसित यहोवालाई धन्यवाद दिने थुप्रै कारण छन्। उदाहरणको लागि, उहाँले हामीलाई दिनुभएको जीवन, उहाँको सुन्दर सृष्टि, उहाँको अटल प्रेम अनि हामीलाई दिनुभएको भविष्यको सुन्दर आशाको लागि हामी उहाँलाई धन्यवाद दिन सक्छौँ। हन्नाबाट हामी अरू कस्तो पाठ सिक्न सक्छौँ?
६ प्रार्थनामा लागिरह्यौँ भने हामीले फेरि मनोशान्ति पाउनेछौँ। स्वर्गमा बस्नुहुने आफ्नो बुबासित हन्ना निकै लामो समयसम्म कुरा गरिरहिन्। (७. हन्ना र उनका पति नियमित रूपमा कहाँ जान्थे?
७ विभिन्न समस्याहरू सामना गर्नुपरे तापनि हन्ना आफ्नो पतिसित उपासना गर्न नियमित रूपमा सिलोमा जान्थिन्। (१ समु. १:१-५) हन्ना मन्दिरमै छँदा प्रधानपुजारी एलीले यहोवाले उनको प्रार्थनाको जवाफ देऊन् भनेर कामना गरेका थिए। यो सुनेर हन्नाले निकै सान्त्वना पाएको हुनुपर्छ।—१ समु. १:९, १७.
८. सभाहरूमा उपस्थित भइरह्यौँ भने हामीलाई कस्तो फाइदा हुन्छ? व्याख्या गर्नुहोस्।
८ सभामा नियमित रूपमा उपस्थित भइरह्यौँ भने फेरि मनोशान्ति पाउनेछौँ। सभाको सुरुमा गरिने प्रार्थनामा अक्सर परमेश्वरको पवित्र शक्तिको लागि बिन्ती गरिन्छ। शान्ति पवित्र शक्तिको फलको एउटा पक्ष हो। (गला. ५:२२) तनावमा पर्दा पनि सभाहरूमा उपस्थित भइरह्यौँ भने यहोवा र हाम्रा भाइबहिनीबाट प्रोत्साहन पाउने मौका पाइरहेका हुन्छौँ अनि त्यसले गर्दा फेरि मनोशान्ति पाउनेछौँ। यहोवाले हामीलाई दिलासा दिनुहुने मुख्य तरिकाहरू भनेकै प्रार्थना अनि सभाहरूद्वारा हो। (हिब्रू १०:२४, २५) हन्नाको अनुभवबाट सिक्न सकिने अर्को पाठ पनि विचार गरौँ।
९. हन्नाले कस्तो अवस्था सहिरहनुपऱ्यो तर उनलाई केले मदत गऱ्यो?
९ हन्नाले समस्या भोग्नुपरेको कारण यथावतै थियो। मन्दिरमा उपासना गरेर फर्केपछि हन्ना फेरि पनिन्नाहसँग एउटै घरमा बस्नुपर्थ्यो। साथै पनिन्नाहको मनोभाव परिवर्तन भयो भनेर बाइबलमा उल्लेख गरिएको छैन। त्यसैले हन्नाले पक्कै पनि आफ्नो सौताको घोच्ने बोली सहिरहनुपरेको हुनुपर्छ। तर उनले आफ्नो मनोशान्ति फेरि पाइन् र त्यसलाई कायम राख्न सकिन्। याद गर्नुहोस्, हन्नाले आफ्नो मनको बह यहोवालाई पोखेपछि उनी फेरि निराश भइनन्। यहोवाले सान्त्वना अनि दिलासा दिनुहुँदा उनले स्विकारिन्। त्यसको केही समयपछि यहोवाले हन्नाको प्रार्थनाको जवाफ दिनुभयो अनि उनले छोराछोरी जन्माइन्।—१ समु. १:१९, २०; २:२१.
१०. हन्नाको उदाहरणबाट के सिक्न सक्छौँ?
१० हामीले भोगिरहेको समस्याको कारण यथावतै रहे तापनि फेरि मनोशान्ति पाउन सक्छौँ। व्यग्र प्रार्थना गर्दा अनि नियमित रूपमा सभामा उपस्थित हुँदा पनि केही समस्याहरू जस्ताको तस्तै रहिरहन सक्छ। तर हन्नाको उदाहरणबाट सिकेजस्तै हाम्रो चिन्तित हृदयलाई दिलासा दिनदेखि यहोवालाई कुनै कुराले रोक्न सक्दैन। यहोवा हामीलाई कहिल्यै बिर्सनुहुन्न; त्यसैले ढिलो होस् वा चाँडो, हामीले देखाएको विश्वासको लागि उहाँले इनाम दिनुहुनेछ।—हिब्रू ११:६.
प्रेषित पावलबाट के सिक्न सक्छौँ?
११. पावललाई चिन्तित बनाउने कस्ता कारणहरू थिए?
११ पावललाई चिन्तित बनाउने थुप्रै कारणहरू थिए। उदाहरणको लागि, पावल आफ्ना भाइबहिनीलाई प्रेम गर्थे; त्यसैले तिनीहरूले भोगिरहेका समस्याले तिनलाई २ कोरि. २:४; ११:२८) पावलले प्रेषितको रूपमा जिम्मेवारी सम्हाल्दा तिनलाई पिट्ने र झ्यालखानामा हालिदिने विरोधीहरूको सामना गर्नुपऱ्यो। तिनले आफूलाई चिन्तित बनाउने अन्य कठिनाइहरू पनि सामना गर्नुपऱ्यो। जस्तै, तिनले ‘अभावमा जीवन बिताउनुपऱ्यो।’ (फिलि. ४:१२) अनि तिनी चढेको जहाज तीन-तीन चोटि क्षतिग्रस्त भयो। त्यसैले जहाजबाट यात्रा गर्नुपर्दा तिनलाई पक्कै पनि चिन्ता लागेको हुनुपर्छ। (२ कोरि. ११:२३-२७) पावललाई चिन्ताको सामना गर्न केले मदत गऱ्यो?
असाध्यै पिरोल्थ्यो। (१२. पावलको चिन्ता कम गर्न केले मदत गऱ्यो?
१२ आफ्ना भाइबहिनीले समस्याको सामना गर्नुपर्दा पावललाई चिन्ता लाग्थ्यो। तर तिनी एक्लैले ती सबै समस्याको समाधान गर्न खोजेनन्। पावलले आफ्नो सीमितता बुझेका थिए। त्यसैले तिनले मण्डलीको हेरचाह गर्न अरूसित मदत मागे। उदाहरणको लागि, तिनले तिमोथि र तितसजस्ता भरोसायोग्य भाइहरूलाई थुप्रै जिम्मेवारी सुम्पे। ती भाइहरूको साथ पाउँदा पक्कै पनि पावलको चिन्ता कम भएको हुनुपर्छ।—फिलि. २:१९, २०; ति. १:१, ४, ५.
१३. एल्डरहरूले कसरी पावलको अनुकरण गर्न सक्छन्?
१३ अरूसित मदत माग्नुहोस्। पावलजस्तै आज थुप्रै दयालु एल्डरहरू समस्या भोगिरहेका मण्डलीका भाइबहिनीहरूको लागि चिन्ता गर्छन्। तर एक जना एल्डरले मात्रै मण्डलीका सबैलाई मदत गर्न सक्दैनन्। आफ्नो सीमितता बुझ्ने एल्डरले परमेश्वरको बगालको हेरचाह गर्न अरू योग्य पुरुषहरूसित मदत माग्नेछन् अनि जवान भाइहरूलाई तालिम दिनेछन्।—२ तिमो. २:२.
१४. पावलले कुन कुराको चिन्ता गरेनन्? तिनको उदाहरणबाट के सिक्न सक्छौँ?
१४ आफूलाई सान्त्वना चाहिन्छ भनेर स्विकार्नुहोस्। पावल नम्र थिए। त्यसैले तिनले आफ्ना साथीहरूबाट प्रोत्साहन खोजे र तिनले त्यो पाए। अरूबाट सान्त्वना पाएको कुरा स्विकार्दा अरूले तिनलाई कमजोर व्यक्तिको रूपमा हेर्नेछन् भनेर तिनले कुनै चिन्ता गरेनन्। फिलेमोनलाई लेखेको पत्रमा पावलले यसो भने: “तिम्रो प्रेमबारे सुनेर मैले निकै आनन्द र सान्त्वना पाएको छु।” (फिले. ७) पावललाई गाह्रो समयमा प्रोत्साहन दिएका अरू थुप्रै सङ्गी सहयोगीबारे पनि तिनले उल्लेख गरेका छन्। (कल. ४:७-११) प्रोत्साहनको खाँचो भएको कुरा नम्र भई स्विकाऱ्यौँ भने हाम्रा दाजुभाइ दिदीबहिनीले खुसीसाथ हामीलाई मदत गर्नेछन्।
१५. कठिन परिस्थितिहरूको सामना गर्नुपर्दा पावलले कसरी सान्त्वना पाए?
१५ परमेश्वरको वचनमा भर पर्नुहोस्। धर्मशास्त्रबाट सान्त्वना पाइन्छ भनेर पावललाई थाह थियो। (रोमी १५:४) जस्तोसुकै परीक्षा सहन चाहिने बुद्धि धर्मशास्त्रबाट पाउन सकिन्छ भनेर पनि तिनलाई थाह थियो। (२ तिमो. ३:१५, १६) रोममा दोस्रो चोटि झ्यालखानामा पर्दा आफ्नो मृत्यु नजिकै छ जस्तो पावललाई लाग्यो। त्यस्तो कठिन परिस्थितिमा तिनले के गरे? तिनले तिमोथिलाई छिट्टै आउन अनि “मुठाहरू” पनि सँगै ल्याउन आग्रह गरे। (२ तिमो. ४:६, ७, ९, १३) किन? किनभने ती मुठाहरू सायद हिब्रू धर्मशास्त्रका केही अंश थिए, जसलाई पावलले आफ्नो व्यक्तिगत अध्ययनको लागि प्रयोग गर्न सक्थे। पावलको अनुकरण गर्दै नियमित तवरमा परमेश्वरको वचन अध्ययन गऱ्यौँ भने जस्तोसुकै समस्या सामना गर्नुपरे तापनि यहोवाले आफ्नो वचनबाट हामीलाई दिलासा दिनुहुनेछ।
राजा दाउदबाट के सिक्न सक्छौँ?
१६. गम्भीर गल्ती गरेपछि दाउदले कस्तो नतिजा भोग्नुपऱ्यो?
१६ दाउदलाई दोषी अन्तस्करणले सताउनुको जायज कारण थियो। तिनले बेतसेबासित व्यभिचार गरेका थिए, उनको पतिको हत्या गर्ने षड्यन्त्र रचेका थिए अनि केही समयसम्म आफ्नो पाप लुकाउन खोजेका पनि थिए। (२ समु. १२:९) सुरुमा त दाउदले आफ्नो अन्तस्करणको आवाज सुन्न इन्कार गरे। परिणामस्वरूप तिनले आध्यात्मिक तवरमा मात्र नभई मानसिक र शारीरिक तवरमा समेत पीडा भोगे। (भज. ३२:३, ४) आफ्नै कारणले गर्दा आइपरेको चिन्ताको सामना गर्न दाउदलाई केले मदत गऱ्यो? अनि गम्भीर गल्ती गर्दा हामीलाई पनि केले मदत गर्न सक्छ?
१७. दाउदले मनैदेखि पश्चात्ताप गरेको कुरा भजन ५१:१-४ मा कसरी वर्णन गरिएको छ?
१७ क्षमाको लागि प्रार्थना गर्नुहोस्। पछि दाउदले यहोवालाई प्रार्थना गरे। तिनले मनैदेखि पश्चात्ताप गरे अनि आफ्ना पापहरू स्विकारे। (भजन ५१:१-४ पढ्नुहोस्) त्यसपछि तिनले मनोशान्ति पाए र फेरि आनन्दित हुन सके। (भज. ३२:१, २, ४, ५) गम्भीर पाप गर्नुभयो भने त्यसलाई ढाकछोप गर्ने प्रयास नगर्नुहोस्। बरु यहोवालाई प्रार्थना गरेर उहाँसामु आफ्नो पाप स्विकार्नुहोस्। त्यसपछि तपाईँले दोषी अन्तस्करणले गर्दा हुने चिन्ता केही हदसम्म कम भएको महसुस गर्नुहुनेछ। तर यदि यहोवासितको आफ्नो मित्रता फेरि सुमधुर बनाउन चाहनुहुन्छ भने प्रार्थना गर्नु मात्र पर्याप्त छैन।
१८. अनुशासन पाउँदा दाउदले के गरे?
१८ अनुशासन स्विकार्नुहोस्। यहोवाले भविष्यवक्ता नातानलाई दाउदले गरेको पाप उदाङ्ग पार्न पठाउनुहुँदा दाउदले सफाइ दिन खोजेनन् न त आफूले गरेको पापलाई हल्का नै बनाउन खोजे। आफूले बेतसेबाको पतिविरुद्ध मात्र होइन तर सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाविरुद्ध पाप गरेको कुरा दाउदले तुरुन्तै स्विकारे। दाउदले यहोवाको अनुशासन स्विकारे अनि उहाँले तिनलाई क्षमा दिनुभयो। (२ समु. १२:१०-१४) हामीले गम्भीर पाप गरेका छौँ भने यहोवाले हाम्रो हेरचाह गर्न नियुक्त गर्नुभएका गोठालाहरूसित त्यस विषयमा कुरा गर्नुपर्छ। (याकु. ५:१४, १५) अनि हामीले सफाइ दिन खोज्नु हुँदैन। आफूले पाएको अनुशासन जति चाँडो स्विकार्छौँ अनि त्यसैअनुसार चल्छौँ, त्यति नै चाँडो हामीले फेरि मनोशान्ति र आनन्द पाउनेछौँ।
१९. हामी के गर्न कटिबद्ध हुनुपर्छ?
१९ एउटै गल्ती फेरि नदोहोऱ्याउन कटिबद्ध हुनुहोस्। एउटै पाप नदोहोऱ्याउने हो भने यहोवाको मदत चाहिन्छ भनेर राजा दाउदलाई थाह थियो। (भज. ५१:७, १०, १२) यहोवाले क्षमा दिनुभएपछि दाउद आफ्नो मनमा गलत कुराहरू नखेलाउन कटिबद्ध भए। त्यसपछि तिनले फेरि मनोशान्ति पाए।
२०. यहोवाले दिनुहुने क्षमाको मोल गरेको कुरा कसरी देखाउन सक्छौँ?
२० हामीले क्षमाको लागि प्रार्थना गर्दा, अनुशासन स्विकार्दा अनि गल्ती नदोहोऱ्याउन कडा परिश्रम गर्दा यहोवाले दिनुहुने क्षमाको मोल गरेको कुरा देखाइरहेका हुन्छौँ। यी कदमहरू चाल्दा फेरि मनोशान्ति पाउन सक्छौँ। जेम्स नाम गरेका भाइले यस्तै अनुभव गरे, जसले गम्भीर पाप गरेका थिए। तिनी भन्छन्: “एल्डरहरूसामु आफ्नो पाप स्विकार्दा मेरो काँधबाट गह्रौँ बोझ हटाइएजस्तै लाग्यो। मैले फेरि मनोशान्ति पाएको महसुस गर्न थालेँ।” “यहोवा टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ” भनेर थाह पाउँदा हामी कत्ति सान्त्वना पाउन सक्छौँ!—भज. ३४:१८.
२१. यहोवाले हामीलाई दिलासा दिनुभएको चाहन्छौँ भने हामीले के गर्नुपर्छ?
२१ अन्तको दिनको पनि अन्तिम समयमा चिन्ताका कारणहरू झन्-झन् बढ्दै जानेछन्। तपाईँ चिन्तित हुन थाल्नुभयो भने तुरुन्तै मदतको लागि यहोवालाई पुकार्नुहोस्। लगनशील भई बाइबल अध्ययन गर्नुहोस्। हन्ना, पावल अनि दाउदले बसालेका उदाहरणहरूबाट पाठ सिक्नुहोस्। आफू चिन्तित हुनुको कारण पत्ता लगाउन स्वर्गमा बस्नुहुने बुबासित मदत माग्नुहोस्। (भज. १३९:२३) तपाईँको भारी यहोवालाई सुम्पनुहोस्, विशेषगरि आफ्नो वशमा नभएका समस्याहरूको चिन्ता उहाँलाई सुम्पनुहोस्। यसो गर्नुभयो भने तपाईँ पनि भजनरचयिताले जस्तै यसो भन्न सक्नुहुनेछ: “जब चिन्ता र फिक्रीले मलाई छोप्यो, तब तपाईँले मलाई सान्त्वना र दिलासा दिनुभयो।”—भज. ९४:१९.
गीत ४ “यहोवा मेरो गोठालो हुनुहुन्छ”
^ अनु. 5 आफूले सामना गर्नुपर्ने समस्याले गर्दा हामी सबै बेलाबेलामा चिन्तित हुन्छौँ। यस लेखमा चिन्ताको सामना गरेका बाइबलकालीन समयका तीन जना यहोवाका सेवकहरूको उदाहरण विचार गर्नेछौँ। साथै यहोवाले तिनीहरूलाई कसरी सान्त्वना र दिलासा दिनुभयो भनेर छलफल गर्नेछौँ।
^ अनु. 1 थप व्याख्या: चिन्तित हुनु भनेको कुनै कुराले गर्दा अतालिनु अथवा कुनै कुराको फिक्री गर्नु हो। आर्थिक, शारीरिक, पारिवारिक अथवा व्यक्तिगत समस्याले गर्दा यस्तो हुन सक्छ। विगतमा गरेको गल्तीले अथवा भविष्यमा चुनौती आइपर्ला भन्ने फिक्रीले पनि हामी चिन्तित हुन सक्छौँ।