जीवनी
अरूप्रति चासो देखाउँदा थुप्रै आशिष् पाइन्छ
“एङ्ग्लिकन चर्चले सत्य सिकाउँदैन; त्यसैले तिमीहरूले सत्य खोजी रहनुपर्छ” भनेर हजुरआमाले आमालाई भन्नुभयो। त्यसैले आमाले साँचो धर्म खोज्न थाल्नुभयो। तर उहाँ यहोवाको साक्षीसित कुरा गर्न चाहनुहुन्न थियो। क्यानाडाको टोरोन्टोको हाम्रो घरमा तिनीहरू आए भने उहाँ मलाई लुक्न भन्नुहुन्थ्यो। सन् १९५० मा सानीआमाले साक्षीहरूसँग बाइबल अध्ययन सुरु गर्नुभयो र आमाले पनि उहाँसँगसँगै अध्ययन गर्नुभयो। अध्ययन सानीआमाको घरमा हुन्थ्यो र पछि उहाँहरूले बप्तिस्मा गर्नुभयो।
बुबा क्यानाडा युनाइटेड चर्चमा एल्डर हुनुहुन्थ्यो। त्यसैले हरेक हप्ता आइतबार बिहान चर्चले आयोजना गर्ने स्कुलमा म र बहिनीलाई पठाउनुहुन्थ्यो। त्यसपछि ११ बजे भने बुबासँगै चर्चमा जान्थ्यौँ। अनि दिउँसो भने आमासँगै सभाभवनमा जान्थ्यौँ। यसरी दुई ठाउँमा जाँदा दुइटा धर्मबीचको भिन्नता देख्न सक्यौँ।
आमाले आफ्नो नयाँ विश्वासबारे पुराना साथीहरू बब र मेरिअन हट्सनलाई बताउनुभयो। उहाँहरू पछि यहोवाको साक्षी बन्नुभयो। सन् १९५८ मा हट्सन अङ्कल र आन्टीले उहाँहरूको तीन जना छोरासँगै मलाई पनि न्यु योर्कमा भएको आठ दिने “ईश्वरीय इच्छा” भन्ने अन्तरराष्ट्रिय सम्मेलनमा लैजानुभयो। उहाँहरूले मलाई त्यो सम्मेलनमा लैजान कत्ति दुःख गर्नुभएको थियो भनेर अहिले म सम्झन्छु। त्यो सम्मेलन म कहिल्यै बिर्सन सक्दिनँ।
भाइबहिनीको मायाले सही लक्ष्य राख्न मदत गऱ्यो
म किशोर छँदा हामीले गाईवस्तु, बङ्गुर, भेडा अनि कुखुराहरू पालेका थियौँ। तिनीहरूको हेरविचार गर्ने काम मलाई धेरै मन पर्थ्यो। त्यसैले मैले भेटनरी डाक्टर हुने लक्ष्य राखेँ। आमाले यो कुरा मण्डलीको एल्डरलाई बताउनुभयो। हामी “अन्तको दिन”-मा बाँचिरहेका छौँ; त्यसैले उच्च शिक्षा हासिल गर्दा यहोवासितको सम्बन्धलाई कस्तो असर गर्छ भनेर उहाँले मलाई मायालुपूर्वक सम्झाउनुभयो। (२ तिमो. ) यस्तो सल्लाह पाएपछि मैले विश्वविद्यालयमा नजाने निर्णय गरेँ। ३:१
स्कुल सकेपछि के गर्ने भनेर म अझै पनि दोधारमै थिएँ। हुनत म हरेक सप्ताहन्त क्षेत्र सेवामा भाग लिन्थेँ। तर मलाई साक्षीकार्य त्यत्ति रमाइलो लाग्दैनथ्यो र अग्रगामी सेवा मेरो लागि होइन जस्तो लाग्थ्यो। त्यसैबेला बुबा र काका, जो यहोवाको साक्षी हुनुहुन्न, उहाँहरूले मलाई ठूलो बिमा कम्पनीमा काम गर्न भन्नुभयो। काका त्यस कम्पनीको ठूलो पोस्टमा हुनुहुन्थ्यो। त्यसैले मैले त्यहीँ काम गर्न थालेँ।
म कम्पनीको काममा धेरै व्यस्त भएँ र यहोवामा विश्वास नगर्ने मान्छेहरूसित धेरै समय बिताउन थालेँ। त्यसले गर्दा सभा र साक्षीकार्यमा नियमित रूपमा भाग लिन सकिनँ। सुरुमा त म टोरोन्टोमा हजुरबुबासँग बस्थेँ। उहाँ यहोवाको साक्षी हुनुहुन्नथ्यो। उहाँ बित्नुभएपछि बस्नको लागि मैले अर्को ठाउँ खोज्नुपऱ्यो।
मलाई १९५८ को अधिवेशनमा लैजानुहुने हट्सन अङ्कल-आन्टी मेरो आमाबुबाजस्तै हुनुहुन्थ्यो। उहाँहरूले मलाई आफ्नै घरमा बस्न बोलाउनुभयो र आध्यात्मिक रूपमा उन्नति गर्न मदत गर्नुभयो। सन् १९६० मा उहाँहरूको छोरा जोनसँगै मैले बप्तिस्मा गरेँ। जोनले अग्रगामी सेवा गर्न थाले। उनको जोस देखेर म पनि साक्षीकार्यमा अझ धेरै समय बिताउन उत्प्रेरित भएँ। मण्डलीका भाइहरूले मेरो आध्यात्मिक उन्नति याद गर्नुभयो र म ईश्वरतान्त्रिक सेवा स्कुल सेवक a नियुक्त भएँ।
असल जीवनसाथी र अग्रगामी सेवा
सन् १९६६ मा मैले जोसिलो अग्रगामी ऱ्यान्डी बर्गसित विवाह गरेँ। उनी आवश्यकता धेरै भएको ठाउँमा सेवा गर्न चाहन्थिन्। हाम्रो परिभ्रमण निरीक्षकले हामीमा चासो देखाउनुभयो र ओन्टारियोको ओरिल्लियाको मण्डलीलाई मदत गर्न प्रोत्साहन दिनुभयो। हामी तुरुन्तै त्यहाँ सऱ्यौँ।
ओरिल्लिया पुग्नेबित्तिकै मैले नियमित अग्रगामी सेवा सुरु गरेँ। साक्षीकार्यप्रति ऱ्यान्डीको जोसले मलाई पनि जोसिलो हुन उत्प्रेरित गऱ्यो। मन लगाएर अग्रगामी सेवा गर्न थालेपछि बाइबल प्रयोग गर्न पाउँदा र मानिसहरूले बाइबलको सत्य बुझेको देख्दा आनन्दित हुन सकेँ। मैले ओरिल्लियाको एक दम्पतीलाई
बाइबल सत्य सिक्न र जीवनमा परिवर्तन गर्न मदत दिएँ। तिनीहरू यहोवाको सेवक बनेको देख्न पाउनु मेरो लागि साँच्चै आशिष्को कुरा थियो!नयाँ भाषा र नयाँ सोचाइ
टोरोन्टो जाँदा मैले आर्नोल्ड म्याकनामारा दाइलाई भेटेँ। उहाँ बेथेलमा नेतृत्व लिने भाइहरूमध्ये एक हुनुहुन्थ्यो। उहाँले हामीलाई विशेष अग्रगामीको रूपमा सेवा गर्न चाहनुहुन्छ कि भनेर सोध्नुभयो। मैले तुरुन्तै यस्तो जवाफ दिएँ: “पक्कै चाहन्छौँ! क्युबेकबाहेक जहाँ पनि जान तयार छौँ!” त्यतिबेला फ्रान्सेली भाषी मानिसहरू क्युबेकमा स्वतन्त्र राज्यको माग गर्दै आन्दोलन गरिरहेका थिए। अनि क्यानाडाका अङ्ग्रेजी भाषी मानिसहरू तिनीहरूलाई नकारात्मक दृष्टिकोणले हेर्थे। त्यसले मलाई पनि असर गरेको थियो।
आर्नोल्ड दाइले यस्तो भन्नुभयो: “अहिले शाखा कार्यालयले क्युबेकमा मात्र विशेष अग्रगामीहरूलाई पठाइरहेको छ।” म त्यहाँ जान तुरुन्तै राजी भएँ। ऱ्यान्डी त्यहाँ सेवा गर्न उत्सुक छिन् भनेर मलाई थाह थियो। यो निर्णय मैले जीवनमा गरेका सबैभन्दा राम्रा निर्णयहरूमध्ये एक थियो भनेर पछि महसुस गरेँ!
पाँच हप्ते फ्रान्सेली भाषाको कक्षामा बसेपछि हामी र अर्को एउटा दम्पती रिमोस्कीमा गयौँ। यो मन्ट्रिअलबाट लगभग ५४० किलोमिटर उत्तरपूर्वमा पर्छ। हामीले भाषा सिक्न अझ धेरै मेहनत गर्नुपर्छ भनेर मैले एकचोटि सभामा घोषणाहरू पढ्दा महसुस गरेँ। मैले आउँदो अधिवेशनमा थुप्रै “अष्ट्रियन प्रतिनिधिहरू” आउनुहुनेछ भन्नुपर्ने ठाउँमा “अस्ट्रिच प्रतिनिधिहरू” पो भनेछु।
रिमोस्कीमा हामी चार जनासँगै अरू चार जना जोसिला बहिनी, ह्युबर्डो दम्पती अनि उहाँहरूका दुई जना छोरी सेवा गर्नको लागि आउनुभयो। ह्युबर्डो दम्पतीले एउटा ठूलो घर भाडामा लिनुभयो। हामी सबै मिलेर भाडा तिर्ने गर्थ्यौँ। हामी त्यस घरलाई ह्वाइटहाउस भन्थ्यौँ किनभने त्यो पूरै घर अनि त्यसका पिलरहरू सेता थिए। हामी प्रायजसो १२ देखि १४ जना त्यहाँ बस्ने गर्थ्यौँ। ऱ्यान्डी र म विशेष अग्रगामी भएकोले बिहान, दिउँसो र साँझ पनि साक्षीकार्यमा जान्थ्यौँ। साँझ-साँझ कठ्याङ्ग्रिने जाडोमा समेत कोही न कोही साथी पाउने भएकोले हामी निकै खुसी थियौँ।
हामी ती वफादार अग्रगामीहरूसित घनिष्ठ भयौँ। उहाँहरू हाम्रो परिवारजस्तै हुनुभयो। हामी कहिलेकाहीँ सँगै आगो ताप्थ्यौँ अनि कहिलेकाहीँ भने सँगै मिलेर खानेकुरा पकाउँथ्यौँ। एक जना भाइलाई बाजा बजाउन आउँथ्यो। हामी शनिबार साँझ प्रायजसो नाचगान गर्थ्यौँ।
रिमोस्कीमा बाइबल सत्य सिक्न चाहनेहरू थुप्रै थिए। पाँच वर्षभित्र केही बाइबल विद्यार्थीले उन्नति गरेर बप्तिस्मा गरे अनि प्रकाशकहरूको सङ्ख्या बढेर लगभग ३५ पुग्यो।
क्युबेकमा हामीले साक्षीकार्यमा प्रभावकारी हुन उत्कृष्ट तालिम पायौँ। यहोवाले साक्षीकार्यमा कसरी मदत गर्नुहुन्छ अनि हाम्रो भौतिक आवश्यकता कसरी पूरा गर्नुहुन्छ भनेर अनुभव गऱ्यौँ। साथै हामीले फ्रान्सेली भाषा बोल्ने मानिसहरू, तिनीहरूको भाषा र संस्कृतिलाई प्रेम गर्न सिक्यौँ। यसले गर्दा हामीलाई अरू संस्कृतिहरू पनि मन पर्न थाल्यो।—२ कोरि. ६:१३.
तर शाखा कार्यालयले हामीलाई पूर्वतिर पर्ने न्यु ब्रन्स्विकको ट्राकेडी सहरमा सर्न भन्यो। नयाँ ठाउँमा सर्नुपर्ला भनेर हामीले सोचेकै थिएनौँ। यो हाम्रो लागि निकै चुनौतीपूर्ण थियो किनभने हामीले भर्खरै मात्र एउटा अपार्टमेन्ट लिन र एउटा स्कुलमा हप्तामा केही समय काम गर्न सम्झौता गरेका थियौँ। अनि हाम्रा केही बाइबल विद्यार्थी पनि भर्खरै प्रकाशक भएका थिए र सभाभवन निर्माण गर्ने काम पनि चलिरहेको थियो।
हामीले ट्राकेडीमा सर्नेबारे पूरै सप्ताहन्त प्रार्थना गऱ्यौँ र त्यो मला. ३:१०) सधैँजस्तै ऱ्यान्डीको बलियो आध्यात्मिकता, आत्मत्यागी मनोभाव र हँसीमजाक गर्ने बानीले गर्दा नयाँ ठाउँमा सर्न त्यत्ति गाह्रो भएन।
ठाउँ हेर्न पनि गयौँ। ट्राकेडी रिमोस्कीभन्दा धेरै फरक थियो। तर यहोवाले हामी त्यहाँ गएको चाहनुभएकोले हामीले त्यहाँ जाने निर्णय गऱ्यौँ। हामीले यहोवालाई जाँचेर हेऱ्यौँ र उहाँले हाम्रो बाटोमा आइपरेका प्रत्येक बाधालाई हटाइदिनुभयो। (नयाँ मण्डलीमा रोबर्ट रोस मात्र एल्डर हुनुहुन्थ्यो। उहाँ आफ्नी श्रीमती लिन्डासँगै अग्रगामी गर्दै हुनुहुन्थ्यो। उहाँहरूको छोरा जन्मेपछि उहाँहरूले त्यहीँ बस्ने निर्णय गर्नुभयो। आफ्नो सानो छोराको लालनपालनमा व्यस्त हुनुभए तापनि उहाँहरूले हामीलाई अतिथि-सत्कार गरेर र साक्षीकार्यमा जोसिलो भएर प्रोत्साहन दिनुभयो।
आवश्यकता भएको ठाउँमा सेवा गर्दा पाएका आशिष्हरू
ट्राकेडीमा दुई वर्ष अग्रगामी सेवा गरिसकेपछि हामीले आशै नगरेको अर्को असाइनमेन्ट पायौँ। हामीले परिभ्रमणकार्यमा सेवा गर्ने निम्तो पायौँ। हामीले अङ्ग्रेजी भाषाको क्षेत्रमा सात वर्ष सेवा गऱ्यौँ। त्यसपछि हामीलाई क्युबेकको फ्रान्सेली भाषाको क्षेत्रमा खटाइयो। क्युबेकमा हाम्रो जिल्ला निरीक्षक लाओन्स क्रापोले मेरा भाषणहरू सुनेपछि प्रशंसा गर्नुहुन्थ्यो। तर पछि सधैँ यस्तो प्रश्न सोध्नुहुन्थ्यो: “यसलाई कसरी अझै व्यवहारमा लागू गर्न सकिने तरिकामा प्रस्तुत गर्न सकिन्छ होला?” b उहाँको यस्तो चासोले गर्दा मैले आफ्ना भाषणहरूलाई अझ बुझ्न सजिलो बनाउन र लागू गर्न सकिने बुँदाहरू तोकेरै बताउन मदत पाएँ।
सन् १९७८ मा मन्ट्रिअलमा “विजयी विश्वास” भन्ने अन्तरराष्ट्रिय अधिवेशन भएको थियो। त्यतिबेला पाएको असाइनमेन्ट म कहिल्यै बिर्सन सक्दिनँ। मलाई भोजन सेवा विभागमा खटाइएको थियो। अधिवेशनमा ८० हजार मानिस आउने अनुमान गरिएको थियो। यसपालि भने खानेकुराको सम्बन्धमा नयाँ प्रबन्ध लागू गरिएको थियो। सबै कुरा नयाँ थियो: सरसामान, मेन्यु र खानेकुरा पकाउने तरिका। हामीसित २० वटा ठूला फ्रिज थिए, जुन बेलाबेलामा कामै गर्दैनथ्यो। अधिवेशन सुरु हुनुभन्दा अघिल्लो दिन हामी रङ्गशालामा पस्न पाएनौँ, मध्यरातमा मात्र पस्न पायौँ। किनभने अघिल्लो दिन त्यहाँ गेम चलिरहेको थियो। हामीले बिहानको खाजा बनाउन झिसमिसेमै ओभन चलाउनुपर्थ्यो। हामी धेरै थाकेका थियौँ तर सँगै काम गरेका भाइबहिनीहरूको कडा मेहनत, परिपक्वता र हँसीमजाकबाट मैले थुप्रै कुरा सिक्न सकेँ। हामी उहाँहरूसित निकै घनिष्ठ भयौँ। अहिले पनि हामी
मिल्ने साथी हौँ। सन् १९४० र ५० को दशकमा क्युबेकका भाइबहिनीले भीषण खेदोको सामना गर्नुपरेको थियो। अहिले यही ठाउँमा ऐतिहासिक अधिवेशनमा उपस्थित हुन पाउनु साँच्चै खुसीको कुरा थियो!मन्ट्रिअलमा भएका ठूला अधिवेशनहरूमा सँगै सेवा गर्ने निरीक्षकहरूबाट मैले धेरै कुरा सिकेँ। एकचोटि अधिवेशनको निरीक्षक डेभिड स्प्लेन हुनुहुन्थ्यो, जो अहिले परिचालक निकायको सदस्य हुनुहुन्छ। अर्को वर्ष भने त्यो जिम्मेवारी मलाई दिइयो। त्यो जिम्मेवारी सम्हाल्न डेभिड दाइले धेरै मदत गर्नुभयो।
हामीले ३६ वर्षसम्म परिभ्रमणकार्य गऱ्यौँ। त्यसपछि २०११ मा मैले मण्डलीका एल्डरहरूका लागि स्कुलमा प्रशिक्षकको रूपमा सेवा गर्ने निम्तो पाएँ। हामी दुई वर्षभित्र ७५ वटा फरक-फरक खाटमा सुत्यौँ। तर हामीले गरेको कुनै पनि त्याग खेर गएन। प्रत्येक हप्ताको अन्तमा एल्डरहरू परिचालक निकायले उनीहरूको आध्यात्मिकताको कत्ति ख्याल राख्छ भनेर महसुस गर्थे र यसले गर्दा तिनीहरू निकै कृतज्ञ हुन्थे।
पछि मैले राज्य प्रचारकहरूका लागि स्कुलमा सिकाएँ। विद्यार्थीहरू हरेक दिन लगभग ७ घण्टा कक्षामा बस्नुपर्थ्यो, तिनीहरूले हरेक रात तीन घण्टा होमवर्क गर्नुपर्थ्यो र हरेक हप्ता चार-पाँच वटा असाइनमेन्ट दिनुपर्थ्यो। यस्तो व्यस्त तालिकाले गर्दा तिनीहरू प्रायजसो थकित अनि तनावमा हुन्थे। म र अर्को प्रशिक्षकले विद्यार्थीहरूलाई यहोवाको मदतविना यो सब गर्न सकिँदैन भनेर बुझाउँथ्यौँ। यहोवामा भर परेर आफूले सोचेको भन्दा धेरै गर्न सकेकोमा तिनीहरू आफै अचम्ममा पर्थे।
अरूलाई चासो देखाउँदा पाएका आशिष्हरू
आमा बाइबल विद्यार्थीहरूलाई चासो देखाउनुहुन्थ्यो। यसले गर्दा तिनीहरूले उन्नति गर्न मदत पाए। साथै सत्यप्रतिको बुबाको सोचाइ पनि परिवर्तन भयो। आमा बित्नुभएको तीन दिनपछि बुबा जनभाषण सुन्न सभाभवनमा आउनुभयो। हामी तीनछक पऱ्यौँ। त्यस दिनदेखि उहाँ लगातार २६ वर्षसम्म सभामा आउनुभयो। हुनत उहाँले बप्तिस्मा गर्नुभएन तर हरेक हप्ता सभामा सबैभन्दा पहिला उहाँ नै पुग्नुहुन्थ्यो भनेर एल्डरहरूले मलाई बताउनुभयो।
आमाले म अनि बहिनीहरूको लागि पनि राम्रो उदाहरण बसाल्नुभयो। तीनै जना बहिनी-ज्वाइँ वफादार भई यहोवाको सेवा गर्दै हुनुहुन्छ। एउटी बहिनी पोर्चुगलको शाखा कार्यालयमा अनि अर्की बहिनी हाइटीको शाखा कार्यालयमा सेवा गर्दै छिन्।
अहिले ऱ्यान्डी र म ओन्टारियोको ह्यामिल्टनमा विशेष अग्रगामी सेवा गर्दै छौँ। परिभ्रमणकार्यमा हुँदा हामीलाई मण्डलीका भाइबहिनीको पुनःभेट र अध्ययनहरूमा जान रमाइलो लाग्थ्यो। तर अहिले आफ्नै बाइबल विद्यार्थीले आध्यात्मिक उन्नति गरेको देख्दा साह्रै खुसी लाग्छ। हामी नयाँ मण्डलीका भाइबहिनीसित घनिष्ठ भएका छौँ। यहोवाले तिनीहरूलाई सुखदुःखमा साथ दिनुभएको देख्न पाउँदा हामीले प्रोत्साहन पाएका छौँ।
हामीलाई अहिलेसम्म चासो देखाउनुभएका भाइबहिनीप्रति हामी मनैदेखि आभारी छौँ। हामीले पनि “गहिरो चासो” देखाउँदै यहोवाको सेवामा सक्दो गर्न अरूलाई प्रोत्साहन दिएका छौँ। (२ कोरि. ७:६, ७) एउटा परिवारमा आमा, छोरा र छोरी अग्रगामी सेवा गर्थे। मैले त्यस परिवारको बुबालाई तपाईँले अग्रगामी गर्नेबारे सोच्नुभएको छ कि भनेर सोधेँ। उहाँले तीन जनालाई अग्रगामी गर्न मदत गर्दै छु भनेर भन्नुभयो। मैले सोधेँ, “के तपाईँ उहाँहरूलाई यहोवाले भन्दा राम्रो तरिकामा मदत गर्न सक्नुहुन्छ र?” मैले उहाँलाई उहाँको परिवारले जस्तै अग्रगामी सेवाको आनन्द उठाउन प्रोत्साहन दिएँ। छ महिना पनि नबित्दै उहाँले अग्रगामी सेवा सुरु गर्नुभयो।
हामी “आउने पुस्तालाई” यहोवाका “आश्चर्यजनक कामहरूबारे” सुनाइरहनेछौँ। आशा छ, तिनीहरू हामीजस्तै यहोवाको सेवामा रमाउनेछन्।—भज. ७१:१७, १८.
a अहिले जीवन र सेवा सभाको निरीक्षक भनिन्छ।
b लाओन्स क्रापोको जीवनी फेब्रुअरी २०२० अङ्कको प्रहरीधरहरा, पृ. २६-३० मा हेर्नुहोस्।