टुरसम्बन्धी जानकारी
टुरमा आउनुअघि के तपाईँले अग्रिम बुकिङ गर्नुपर्छ? पर्छ। तपाईँहरू टुर गर्न आउनुहुँदा भीडभाड नहोस् र सबै जनाले आनन्द उठाउन सक्नुहोस् भन्ने हामी चाहन्छौँ। त्यसैले टुरमा जति जना आउनुभए पनि अग्रिम बुकिङ गर्न हामी तपाईँहरूलाई आग्रह गर्छौँ।
अग्रिम बुकिङ गर्नुभएको छैन भने पनि के तपाईँले टुर गर्न पाउनुहुनेछ? टुरको अग्रिम बुकिङ गर्नुभएको छैन भने तपाईँलाई टुरमा समावेश गराउन गाह्रो हुन सक्छ। ठाउँ पर्याप्त नभएकोले हरेक दिन सीमित सङ्ख्याका पाहुनाहरूले मात्र टुर गर्न सक्नेछन्।
टुरको लागि तपाईँ कतिखेर आइपुग्नुपर्छ? टुर सुरु हुने समयदेखि त्यसको आधा घण्टाअघिसम्म जहिले आइपुग्नुभए पनि हुन्छ। तर भीडभाड नहोस् भनेर कृपया त्योभन्दा अझै चाँडोचाहिँ नआउनुहोस्।
तपाईँ कसरी टुर बुकिङ गर्न सक्नुहुन्छ? ? “बुकिङ गर्ने” बटन थिच्नुहोस्।
के तपाईँले टुर बुकिङ परिवर्तन वा रद्द गर्न सक्नुहुन्छ? सक्नुहुन्छ। त्यसको लागि “बुकिङ हेर्ने वा परिवर्तन गर्ने” बटन थिच्नुहोस्।
तपाईँले चाहनुभएको मितिमा टुर बुकिङ उपलब्ध छैन भने नि? बेलाबेलामा वेबसाइट चेक गर्नुहोस्। कुनै बुकिङ परिवर्तन वा रद्द भएमा तपाईँले बुकिङ गर्ने मौका पाउन सक्नुहुन्छ।
बुकिङ गर्ने
बुकिङ हेर्ने वा परिवर्तन गर्ने
टुर पुस्तिका डाउनलोड गर्नुहोस्
ठेगाना र फोन नम्बर
BUDAPEST
Kövirózsa u. 1.
H-1163
MAGYARORSZÁG – HUNGARY
+36 1 401 1100
बाटो