सीधै सामग्रीमा जाने

संसारभरिका सङ्‌घसंस्थाहरूका लागि जानकारीमूलक पुस्तिकाहरू

 

यहोवाका साक्षीहरू र समुदायमा उनीहरूको भूमिका

यहोवाका साक्षीहरू आफू बसिरहेको समुदायका मानिसहरूको हितको लागि बाइबलआधारित शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्छन्‌ र मानवीय सहायता दिन्छन्‌।

यहोवाका साक्षीहरू र उनीहरूको साक्षीकार्य

यहोवाका साक्षीहरू अरूसित बाइबलको सुसमाचार बाँड्‌नुलाई उपासनाको आधारभूत भाग ठान्छन्‌। उनीहरू अरूलाई साक्षी दिन कस्ता तरिकाहरू अपनाउँछन्‌ र साक्षीकार्यले समुदायका मानिसहरूमा कस्तो सकारात्मक प्रभाव पार्छ?

यहोवाका साक्षीहरू र उनीहरूको पारिवारिक जीवन

यहोवाका साक्षीहरू परिवारमा बाइबल सिद्धान्तहरू लागू गर्न सक्दो गर्छन्‌ र त्यसले गर्दा पति, पत्नी अनि छोराछोरीलाई निकै लाभ हुन्छ। नतिजास्वरूप परिवारमा सुरक्षित र मायालु वातावरण छाउँछ। छोराछोरीलाई बाइबलका सिद्धान्तहरू सिकाउने कुरालाई आमाबुबा गम्भीर जिम्मेवारी ठान्छन्‌।

यहोवाका साक्षीहरू—अक्सर सोधिने प्रश्‍नहरू

यहोवाका साक्षीहरूबारे अक्सर सोधिने दस प्रश्‍नका जवाफहरू।

यहोवाका साक्षीहरू र एकसाथ भेला हुने उनीहरूको अभ्यास

यहोवाका साक्षीहरू एकसाथ भेला हुनुलाई आफ्नो धार्मिक आस्थाको अभिन्‍न भाग ठान्छन्‌। उनीहरूको सभा अक्सर सभाभवनहरूमा हुने गर्छ, जहाँ बाइबलआधारित शिक्षा सिकाइन्छ। त्यहाँ जो कोही उपस्थित हुन सक्छन्‌।