सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

दैलोमा देखाउनुपर्ने राम्रो व्यवहार

दैलोमा देखाउनुपर्ने राम्रो व्यवहार

ख्रीष्टियनहरू यस ‘संसारका लागि तमासा भएको’ छ भनी बाइबल बताउँछ। (१को ४:९) त्यसैले हामीले थाह नै नपाउने गरी घरधनीले हामीलाई झ्यालबाट हेर्दा वा घरभित्रै बसेर हाम्रो कुराकानी सुन्दा हामी अचम्म मान्दैनौं। कुनै-कुनै घरहरूमा सुरक्षाका लागि सि.सि. क्यामरा, माइक्रोफोन राखिएका हुन्छन्‌। अनि घरधनीहरूले त्यसबाट हामीलाई देख्न, सुन्न वा हाम्रो गतिविधि रेकर्ड गर्न सक्छन्‌। त्यसैले दैलोमा उभिंदा हामी कसरी राम्रो व्यवहार देखाउन सक्छौं, निम्न सुझावहरू विचार गर्नुहोस्।—२को ६:३.

व्यवहारद्वारा (फिलि १:२७):

  • झ्याल ढोकाबाट नचियाएर, दैलोमा उभिंदा खानेपिउने, फोन गर्ने वा मेसेज पठाउने जस्ता कुराहरू नगरेर घरधनीको आदर गरेको देखाउनुहोस्

बोलीद्वारा (एफि ४:२९):

  • दैलोमा उभिंदा घरधनीलाई अप्ठ्‌यारो लाग्ने कुरा नगर्नुहोस्। केही प्रकाशकहरू त्यतिकै केही बोल्नुको साटो सोचविचार गरेर मात्र जवाफ दिने निर्णय गर्छन्‌

दैलोमा उभिंदा अरू कस्ता तरिकामा राम्रो व्यवहार देखाउन सक्छौं?