गीत ६७
“वचन प्रचार गर”
-
१. दिए है आज्ञा याहले;
पालन गर न भनी तिमीले।
तयार हुनू है जैले पनि,
मनभित्रका आशा बाँड्न तिमी।
(कोरस)
सुनाऊ वचन,
छ यो धेरै जरुरी!
सुनाऊ न,
अन्त नजिकै छ नि!
सुनाऊ है,
बुझाऊ नम्रलाई तिमी!
सुनाऊ है,
संसारभरि!
-
२. आउनेछ धेरै चुनौती,
सतावटले पार्ला लाजमा पनि,
प्रचार असम्भव देखिएला
तर भरोसा छ यहोवामा।
(कोरस)
सुनाऊ वचन,
छ यो धेरै जरुरी!
सुनाऊ न,
अन्त नजिकै छ नि!
सुनाऊ है,
बुझाऊ नम्रलाई तिमी!
सुनाऊ है,
संसारभरि!
-
३. सुन्नेछन् सन्देश धेरैले,
सिकाउनुपर्छ तिनलाई हामीले।
मुक्तिको बाटो देखाउनेछौँ,
याहको नाउँ पवित्र पार्नेछौँ।
(कोरस)
सुनाऊ वचन,
छ यो धेरै जरुरी!
सुनाऊ न,
अन्त नजिकै छ नि!
सुनाऊ है,
बुझाऊ नम्रलाई तिमी!
सुनाऊ है,
संसारभरि!
(मत्ति १०:७; २४:१४; प्रेषि. १०:४२; १ पत्रु. ३:१५ पनि हेर्नुहोस्)