सीधै सामग्रीमा जाने

हार्दिक निमन्त्रणा

येसुको मृत्युको सम्झना गर्ने कार्यक्रम

शनिबार, अप्रिल १२, २०२५

यी दुई वटा निश्‍शुल्क कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ:

बाइबलमा आधारित विशेष भाषण

“के सत्य भेट्टाउन सकिन्छ?”

येसुले सत्यबारे के भन्‍नुभयो र हामीलाई सत्य भेट्टाउन कसरी मदत गर्नुभयो, थाह पाउनुहोस्‌।

विशेष भाषण हुने ठाउँ खोज्ने

येसुको मृत्युको सम्झना गर्ने कार्यक्रम

हरेक वर्ष यहोवाका साक्षीहरू येसुको आज्ञाअनुसारै उहाँको मृत्युको सम्झना गर्छन्‌।—लुका २२:१९.

अक्सर सोधिने प्रश्‍नहरू

को-को आउन सकिन्छ?

पूरै परिवार आउन सकिन्छ; सबैलाई न्यानो स्वागत छ!

कार्यक्रम कति लामो हुन्छ?

विशेष भाषण आधा घण्टा लामो हुन्छ। त्यसपछि श्रोतासित बाइबलमा आधारित प्रकाशनबाट एक घण्टा जति छलफल हुन्छ।

स्मरणार्थ कार्यक्रम लगभग एक घण्टाको हुन्छ।

कार्यक्रम कहाँ हुन्छ?

कार्यक्रम हुने ठाउँ पत्ता लगाउन माथि भएको “स्मरणार्थ कार्यक्रम हुने ठाउँ खोज्ने” वा “विशेष भाषण हुने ठाउँ खोज्ने” ट्याब क्लिक गर्नुहोस्‌।

प्रवेश शुल्क लाग्छ?

लाग्दैन।

चन्दा उठाइन्छ?

उठाइँदैन। यहोवाका साक्षीहरूको सभाहरूमा कहिल्यै पनि चन्दा उठाइँदैन।​—मत्ति १०:८.

पहिरनको सन्दर्भमा कुनै नियम तोकिएको छ?

छैन। तर यहोवाका साक्षीहरू शालीनता झल्किने अनि भद्र पहिरन लगाउँछन्‌।

स्मरणार्थ कार्यक्रममा के हुन्छ?

सुरुमा गीत गाएपछि एक जना यहोवाको साक्षीले प्रार्थना गर्छन्‌। त्यसपछि दिइने बाइबलमा आधारित भाषणबाट येसुको मृत्युको महत्त्वबारे बुझ्नेछौँ। परमेश्‍वर र येसुले हाम्रो लागि जे गर्नुभएको छ, त्यसबाट कसरी लाभ उठाउन सक्छौँ भनेर पनि सिक्नेछौँ। अन्तमा फेरि गीत र प्रार्थना हुनेछ।

थप जानकारीको लागि “यहोवाका साक्षीहरू किन चर्चहरूभन्दा फरक तरिकामा प्रभुको साँझको भोज मनाउँछन्‌?” लेख हेर्नुहोस्‌।

आगामी स्मरणार्थ कार्यक्रमहरू कहिले हुनेछन्‌?

२०२५: शनिबार, अप्रिल १२

२०२६: बिहीबार, अप्रिल २

२०२७: सोमबार, मार्च २२

थप जानकारीको लागि यी भिडियोहरू हेर्नुहोस्‌:

येसुको मृत्युको दिनको सम्झना गर्नुहोस्‌

स्मरणार्थमा कस्तो कार्यक्रम हुन्छ भनेर थाह पाउनुहोस्‌ र येसुको मृत्युले गर्दा सम्भव हुने उज्ज्वल भविष्यको पूर्वझलक हेर्नुहोस्‌।

येसु किन मर्नुभयो?

येसु हामीलाई पापबाट छुटकारा दिन मर्नुभयो भनेर तपाईँले सुन्‍नुभएको होला। तर के एक जनाको मृत्युबाट लाखौँ मानिसले लाभ उठाउन सम्भव छ?

सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌?

कार्यक्रम कस्तो हुन्छ भनेर थाह पाउन तपाईँहरू आफै आएर हेर्नुभए कसो होला?

यो निम्तोपर्ची छाप्न मिल्ने फर्म्याटमा डाउनलोड गर्नुहोस्‌